हस्पिटल र परिवारलाई विचल्ली पार्दै ए एण्ड वि हस्पिटलका अध्यक्ष फरार !

सराङकोट न्यूज
13 March, 2019 4:58 am

पोखराको एक नाम चलेको हस्पिटलका अध्यक्ष एवम् चर्चित डाक्टरले १४ महिना देखि पोखरा छोडेर हराइदिँदा हस्पिटल नेतृत्व विहिन वन्न पुगेको छ भने परिवारको चिल्ली विल्ली भएको छ । पोखरा महानगरपालिका वार्ड नं. २ मा रहेको ए एण्ड वि इन्टरनेशनल हस्पिटल प्रा.लि.का संस्थापक समेत रहेका हालका अध्यक्ष अनिलवावु पराजुली विगत एक वर्ष देखि अस्पतालमा उपस्थित छैनन् । उनि चितवनमा नयाँ घरजम गरेर वसेको उनि निकटका आफन्त र चिनजानका व्यक्तिहरुले वताए ।
अध्यक्ष पराजुली अस्पतालको प्रत्यक्ष सम्पर्कमा नहुँदा अस्पतालले अपेक्षाकृत गति लिन नसकेको त छदैछ अस्पताल विस्तार गर्ने पूर्व निर्धारित योजना समेत अलपत्र परेको छ । ४९ प्रतिशत लगानी रहेका अनिलवावुको प्रत्यक्ष उपस्थिति नरहेपनि वाहिरै वसेर अस्पतालको रिमोट चलाइरहेको शेयर सदस्यहरुको दावी रहेको छ । हरेक महिना वैठकको लागि पोखराको कुनै होटलमा आउने र उतैवाट चितवन जाने गरेको उनका विश्वास पात्र मेडिकल डाइरेक्टर डा. रविमोहन ढकालले वताए । हस्पिटलका प्रवन्ध निर्देशक ऋषि खतिवडाले पनि अध्यक्ष अनिलवावु पराजुली चितवन रहेको वैठकको लागि होटलमा आउने स्वीकार गरे तर होटलको विवरण खुलाएनन् ।
हस्पिटलका संस्थापक समेत रहेका अध्यक्ष अनिल वावु पराजुलीले किन छोडे पोखरा ? यस विषयमा हामीले वुझ्ने प्रयास स्वरुप उनका दुईवटा मोवाइलमा सम्पर्क प्रयास ग¥यौ तर मोवाइल उठेन । पराजुलीले हस्पिटलले वैठकमा लुकि लुकि पोखरा आउनु पर्ने कारण वारे उनको परिवार सँग वुझ्दा आफूलाई छुटाउन षडयन्त्र भइरहेको जानकारी पाइयो । अनिल वावु पराजुलीकी श्रीमती एस लतालक्ष्मी पराजुलीले आफ्नो श्रीमान् पराजुलीले विगत १४ महिना देखि आफ्नो श्रीमान् आफ्नो प्रत्यक्ष सम्पर्कमा नरहेको वताइन् । उनले चितवनमा अर्कि महिला सँग दोस्रो विहे गरेर बसेको खवर पाएको सुनाइन् । आफ्नो साथमा १० वर्षकी छोरी रहेकोले उनको लालन पालन र अभिभावकत्वको लागि पनि आफूले पटक पटक घर फर्कन आग्रह गरेको भएपनि मलाई जवर्जस्ती घरवाट निकालेर माइती देश भारत लखेट्न खोजेको र त्यसमा सासु लगायत घर पक्षका नातेदारहरु वाट डर, धाक धम्की दिदै आएको खुलाइन् ।
आफू भारतीय चेली भएकोले यहाँ कसैलाई नचिनेकोले अन्याय पर्दा पनि साथ नपाएको गुनासो गर्दै घरेलु हिसांको शिकार हुनवाट वचाउन मानव अधिकार, महिला अधिकारकर्मी संघ संस्थाहरु सँग सहयोगको याचना गरेकि छिन्। लता लक्ष्मीले आफू र छोरीको सुरक्षा चिन्ता परेको भन्दै वाँच्न, खान र वस्न पाउने अधिकारको ग्यारेन्टी हुनुपर्ने अपेक्षा गरेकिछिन्।
अनिल वावु पराजुलीले भारतको मद्रासमा फिजियोथेरापी पढ्दा सोही लेजमा पढ्ने एस लता लक्ष्मी सुव्रम्हनियमसँग प्रेम सम्बन्ध गाँसेका थिए । पछि पढाइ सकेर नेपाल आउँदा गुद्देश्वरी मन्दिर काठमाडौंमा विवाह गरी घर भित्र्याएका थिए । लता नेपालको कानून वमोजिम, विवाह दर्ता, नागरिकता, छोरीको जन्मदर्ता सवै कानूनी अधिकार पाएकि छिन् । उनि परिवारले जति नै यातना र तिरस्कार गरेपनि आफू घर छोडेर नजाने दुःख संघर्ष गरेर नेपालमै वस्न चाहेको राज्यले सुरक्षा प्रत्याभूति गर्न आग्रह गरिन् ।
अंश र वंशको अधिकार रक्षाका लागि लता लक्ष्मीले न्यायालयको ढोका ढक्ढक्याएको वताइन् । श्रीमान् र घर परिवारले कपटपूर्ण ढंगले आफ्नो सम्पत्ति अंशवण्डा गरेको दावी गर्दै न्याय निरुपण को माग गर्दै मुद्दा दायर गरेको वताईन्। श्रीमान्ले कपटपूर्ण ढंगले सम्पत्ति वेचेर अन्यत्र लगेको, अंश लगाएको भन्ने जानकारी समेत नपाएको वताईन् । विगतलाई सम्झदै उनले भनिन् “म नेपाल जान्न यतै वसेर काम गरौ भन्दा तिमी नेपाल नगए रेलको पटरीमा आत्महत्या गर्छु” भन्दै मलाई नेपाल ल्याए तर अहिले छोरी र मलाई विचल्ली पारेर भोक भोकै भारत लखेट्न षडयन्त्र गरिरहेको छन् भन्दै चिन्ता व्यक्त गरेकि थिइन् ।
पा“च महिना देखि तलव विहिन
एस लता लक्ष्मी ए एण्ड वि इन्टरनेश्नल हस्पिटलको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत कर्मचारी रहेको वताइन् । अस्पताल संचालक समितिको मिति २०७५ असार ६ गतेको वैठकको निर्णय अनुसार मिति २०७५ असार १५ गते सिइयो पदमा नियूक्ती पाएकी वताइन् । मासिक १ लाख ५० हजार तलव दिने गरी ४ वर्षको लागि नियूक्ती करार गरिएको भएपनि विगत पाँच महिनादेखि आफूले एक रुपैयाँ पनि तलव नपाएकीले आफू र छोरीको प्राण धान्न समस्या परेको वताइन्। हस्पिटल वोर्ड आफूलाई वैंकवाट ऋण लिन कागजमा हस्ताक्षर गर्न दवाव दिएको र आफूले हस्ताक्षर नगरेको वताउँदै तलव नदिएको लताले हामीसँग वताइन्। हस्पिटलले आफूलाई ऋणमा फसाउन तलव सँग वार्गेनिङ गरेको हुन सक्ने आशंका व्यक्त गरिन् ।
ए एण्ड वि इन्टरनेश्नल हस्पिटलले आफू विरुद्ध जिल्ला अदालतमा चलेका लिखत वदर एवम् जालसाजी मुद्दाहरु फिर्ता लिने सर्तमा प्रभावित पारेर सिइओ पदमा नियूक्ती दिइएको र मुद्दा फिर्ता गरेपछि कुनै जिम्मेवारी समेत नदिएको लताले वताइन् । प्रमुख कार्यकारी अधिकृतको पद दिइएपनि वितेका आठ महिनामा आफूले कुनै काम र भूमिका नपाउनुमा आफ्नै श्रीमान् अनिलवावुको प्रमुख निर्देशन वमोजिम वोर्डले काम गरेको वताइन्।
मेडिकल डाइरेक्टर डा. रवि मोहन ढकालले सि.इ.ओ एस. लता लक्ष्मीको तलव रोक्का गर्न वोर्डले निर्देशन दिएको वताए । सि.इ.ओ को कार्यशैली विरुद्ध स्पस्टिकरण सोधिएको जवाफ नआएपछि तलव रोक्का गरिएको डा. ढकालले वताए । तर सिओ लतालक्ष्मी आफू कार्यालय प्रमुख भएको तर जानकारी नै नदिई काम गर्न थालेको काम रोक्न भनेको विषयलाई ईसु वनाएर दुख दिने नियतले तलव नदिएको वताउँछिन् ।
ए एण्ड वि इन्टरनेश्नल हस्पिटलको संस्थापक मध्य एस. लता लक्ष्मी पराजुलीको नाममा ३१ प्रतिशत अध्यक्ष अनिल वावुको नाममा ४९ प्रतिशत र वाँकी २२ जनाको नाममा २० प्रतिशत शेयर लगत कायम गरिएको छ । मेडिकल डाइरेक्टर डा. रवि मोहन ढकालका अनुसार हस्पिटलको कुल सम्पत्ति करिव १८ करोड रहेको छ । यथार्थमा १८ करोड भएपनि कागजमा न्यून मूल्य कायम गरिएको वुझिन आएको छ त्यसको रहस्य र कारण क्रमश खुल्दै जाने नै छ ।
हस्पिटलका अध्यक्ष १४ महिना देखि भूमिगत छन् । श्रीमती लखेट्ने योजना सहित घर छोडेको अंश लगाएको देखाएर सम्पत्ति लुकाएको, वोर्ड सदस्य र जुनियर कर्मचारी लगाएर एउटा महिला माथि सुनियोजित हिंसा गरिएको घरेलु हिंसा र प्रताडना दिएको, वच्चा र आमालाई खान वस्न समेत नदिएको कुरा पोखरा महानगरको सुगम र सुसोभित वस्तीमा छरपस्ट छ । महिला अधिकारकर्मी, वाल अधिकारवादी र मानवअधिकार संघ संगठन र निकायले राज्यको ध्यानाकर्षण गर्नु पर्ने टड्कारो विषय वनेको छ । अंश माना सामल सम्वन्धि विवाद अदालतमा विचारधिन रहेकोले वाहेकका विषयमा राज्यका निकायले निसाफ दिनु अहम दायित्व हुने छ । अस्पताल वोर्डले पनि एउटा महिला माथिको हिंसाका वारेमा अध्यक्षलाई उभ्याएर दुःधको दुध पानीको पानी गर्नु असम्भव थिएन तर शक्ति र भक्तीको आडमा दवाव र प्रभावको खेल प्रयोग गर्नु निउरोलाई वञ्चरो चलाउनु जतिनै भएको छ ।
घरको श्रीमती र वच्चालाई खुवाएर रमाउदै हिड्ने, पोखरामा कोठे बैठक वसेर षडयन्त्रका तानावाना वुन्ने अस्पतालका अध्यक्ष अनिलवावु पराजुली कुनै कुना कोठरीमा वसेर नयाँ जिन्दगीको सपना वुनिरहेका त होलान् तर अस्पताललाई नेतृत्व विहिन वनाएर परिवार रुवाएको आसुले वाटो पाउँलान् त ? प्रतिक्षा गरौंं जवाफ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: