पुरुञ्चौरको जनसेवा सहकारी चोरी प्रकरण अझै गोलमाल

सराङकोट न्यूज
21 March, 2019 7:42 am
Advertisements

६ वर्ष भयो पुरुञ्चौर कास्कीको जनसेवा सहकारी संस्था फोरेर चोरी भएको । सेफमा राखिएको ६ लाख १९ हजार चार सय वीस रुपैया गायव भएको । हो मिति २०७० साल वैशाख २६ गते राती रहस्यमय ढंगवाट फोरिएको सहकारी चोरी प्रकरण ६ वर्ष गुज्रिसक्दा पनि अत्तो पत्तो लाग्न सकेको छैन ।
जनसेवा सहकारीको चोरी प्रकरण छानविनमा कास्की प्रहरीले जतिनै सक्रियता देखाए पनि माखो पार्न सकेन । वस्तीको वीचमा रहेको सहकारीवाट ढोका फोरेर मात्र हैन भल्ट (सेफ) को पैसा चोरी भएको थियो । सेफको साँचो खोलेर चोरी गरीएको कास्की प्रहरी मात्र हैन छानविन समितिका संयोजक समेत रहेका निर्मल गौतमले वताए ।
प्रहरी प्रसाशनले सरोकारवाला र स्थानिय वुद्धिजिवी भनिनेहरुको असहयोगका कारण सहकारी चोरी प्रकरण रहस्यकै गर्भमा रहेको वताइएको छ । चोरीको घटना घट्दा सहकारीका अध्यक्ष रहेका कृष्ण प्रसाद गौतम अहिले वार्ड नं. १९ का वार्ड सदस्य रहेका छन् । उनले गौतम छानविन कार्यदलले प्रतिवेदन नदिएको कारण थप गुमराहमा पारेको वताए तर छानविन समितिका संयोजक निर्मल गौतम आफूले पहिल्यै प्रतिवेदन वुझाई सकिएको वताए । समिति र कर्मचारीको मिलमतोमा भल्टको चावी मिलाएर रकम चोरिएको संयोजक गौतमले वताए । उनले भने सत्यतथ्य वाहिर आएमा ठूलावडालाई समस्या पर्न सक्ने देखिएपछि तथस्थ छानविनको प्रयास नगरिएको वताए । सहकारीको वरिपरी ठूलो गिरोहको जालो रहेको र त्यहि गिरोहले छानविन र कारवाहीलाई फितलो बनाएको संयोजक निर्मल गौतमले वताए । छानविन कार्यदलमा भरतराज काफ्ले र माधव गौतम सदस्य रहेका थिए । काफ्ले निजामती तर्फ शाखा अधिकृत छन् भने गौतम शिक्षक हुन् ।
सहकारी चोरी प्रकरण रहस्यमयी किन पनि छ भने हरेक दिन साँझ वैंकमा राख्न पोखरा ल्याइने पैसा त्यो दिन सहकारी मै राखिएको थियो । सहकारीका व्यवस्थापक नविन ढुंगाना र अध्यक्ष कृष्ण गौतमसँग सेफको चावी थियो । सेफ फुटाएको जस्तो मात्र गरी सामान्य कुच्चाइएको तर चावी वाटै सेफ खोलिएको प्रारम्भिक तथ्य वाहिर आएको थियो । ति चावीवाहक प्रवन्धक हाल पोर्चुगलमा रहेका छन् । मौकामा प्रहरीले छानविन र अनुसन्धानलाई प्रभावकारी वनाउन नसकेको कारण चोरी गिरोहको भण्डाफोर नभएको ठम्भ्याई सर्वत्र छ । यता स्थानिय युवाहरुले सहकारी चोर पत्ता लगाइ शेयरधनीहरुको रकम फिर्ता गर्न ३ महिनाको अल्टिमेटम दिएका छन् । शनिबार पुरुञ्चौरको टैकरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपस्थित युवा तथा महिलाहरुले एकै स्वरमा यस्तो चेतावनी दिएका छन् ।
पुरुञ्चौर सहकारी वाहेक अन्यत्र पनि चोरी भएका सहकारीको चोर पत्ता लगाइए पनि जनसेवा सहकारी चोरी प्रकरण पत्ता लगाउन जनसेवा सहकारी चोरी प्रकरण पत्ता लगाउन नसक्नुले पनि प्रहरी र सरोकारवाला निकायको निकम्वापन लाई उजागर गरेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: