राष्ट्रिय पशु प्रजनन् कार्यालयको कन्टेनर खरिद टेण्डरमा घोटाला

सराङकोट न्यूज
9 April, 2019 4:41 am

वढि मूल्य हाल्नेलाई आसय पत्र, ५० लाख डुब्दै

सरकारी काम काज कति मज्जाको सेटिङमा हुन्छ भन्ने बारेमा पटक पटक सार्वजनिक हुदै आएका छन् । पछिल्लो यस्तै एउटा प्रकरण पोखरा स्थित एक सरकारी कार्यालयमा फेला परेको छ । राज्यको ढुकुटी वाट गरिने खरिदको टेण्डर आफू अनुकुलका पाटीलाई दिन गरिने प्रपञ्च र त्यसले राज्यलाई पर्ने हानी नोक्सानीको फेहरिस्त यहाँ प्रस्तुत छ ।
राष्ट्रिय पशु प्रजनन कार्यालय लामापाटन पोखराको नाइट्रोजन कन्टेनर खरिदका लागि मंसिर २८ गते टेण्डर आव्हान ग¥यो। विभिन्न ६ साइजका कन्टेनर र एउटा ट्रकको लागि वोलपत्र निकालेकोमा करिव ४ महिना पछि चैत्र २५ गते मात्र आसय पत्र जारी गरेको छ । चार महिना लामो कसरत र सेटिङमा सार्वजनिक खरिद ऐन नियम, विपरित वढि मूल्यमा टेण्डर हाल्ने वोलपत्र वालालाई पक्षपोषण गर्ने गरी आसय पत्र जारी गरिएको पाइएको छ ।
राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराले सोमवार जारी गरेको आसय पत्र अनुसार वढि मूल्य राख्ने विडरलाई ठेक्का दिइँदा करिव ५० लाख रुपैयाँ राज्यले गुमाउनु पर्ने भएको छ । कार्यालयले जारी गरेको आसय पत्र उपर कुनै उजुरी वा छानविन गरिएन भने राज्यकोषको ५० लाख रुपैयाँ ठेकेदार मार्फत् गुम्ने लगभग निश्चित छ । स्वीकृत ठेक्का मध्य एउटा आइटम वाहेक ५ वटा वस्तु खरिदमा वढि मूल्य हाल्ने ठेकेदारको मूल्य प्रस्ताव स्वीकार गरिएको पाइएको हो ।
यस्तो छ ठेक्काको सिक्वेन्स
क्र.सं. १ ठेक्का नं. ०७ ए ५० लिटरको नाइट्रोजन कन्टेनर को खरिद ठेक्का मेट ग्रुप काठमाडौंलाई पारिएको छ । ३२ लाख अस्सी हजारमा मेट ग्रुपले पाएको ठेक्कामा ए.एस. इन्टरप्राइजेजले १५ लाख ७८ हजारमा दिने गरी टेण्डर हालेको थियो । ३ वटा वोलपत्र परेकोमा मेट ग्रुपको सवभन्दा महंगो दर रेटलाई आसयपत्र जारी गरिएको छ । यसमा करिव १७ लाख डुव्दै छ ।
क्र.सं. २ ठेक्का नं. ०७ वी नाइट्रोजन कन्टेनर स्टोरेज टाइप ५० लिटरको टेण्डरको आसयपत्र पनि मेटग्रुपलाई पारिएको छ। ३४ लाख ४७ हजार ५ सय रुपैयाँमा पाएको ठेक्कामा ए.एस इनटरप्राइजेजको सव भन्दा कम २० लाख १६ हजारको बोलपत्रलाई अस्वीकृत गरिएको छ । चारवटा वोलपत्र परेकोमा मेट ग्रुप सवभन्दा वढि दर हाल्ने ठेकेदार हो । यसमा करिव १४ लाख रुपैयाँ राज्यको डुव्दै छ ।
क्र.सं. ३ ठेक्का नं. ०७ सी नाइड्रोजन कन्टेनर ३० लिटरको टेण्डरको आसय पत्र पनि मेट ग्रुपलाई पारिएको छ । ४४ लाख ६४ हजारमा पारिएको ठेक्कामा पनि ए.एस. इन्टर प्राइजेज को सवभन्दा कम रेट ३५ लाख ३० हजारलाई अस्वीकृत गरिएको छ। चार वटा वोलपत्रमा मेटग्रुपको सवभन्दा वढि हो यसवाट ९ लाख ३४ हजार रुपैयाँ राज्यको डुव्दैछ ।
क्र.सं. ४ ठेक्का नं. ०७ डी नाइड्रोजन कन्टेनर ११ लि को टेण्डरको आसयपत्र टेक लाइन इन्टरनेशनल प्रा.लि. ललितपुरलाई पारिएको छ । १३ लाख ५ हजारमा परेको यो टेण्डर मा पनि ए.एस. इन्टरप्राइजेजको ९ लाख ५६ हजार रुपैयाँ रहेको थियो । ५ जनाले वोलपत्र हालेको यसमा तेस्रोलाई आसय पत्र दिइएको छ यसवाट राज्यलाई ३ लाख ४९ हजार नोक्सान हुदैछ ।
क्र.सं. ५ ठेक्का नं. ०७ इ नाइड्रोजन कनटेनर ७ लिटर खरिद टेण्डर टेकलाइन इन्टरनेशनलाई परेको छ । यो मात्र टेण्डर न्यून दररेटलाई परेको हो ।
क्र.सं. ६ मा ठेक्का नं. ०७ एफ नाइड्रोजन कन्टेनर २ लिटर खरिद टेण्डर जय श्री श्याम ट्रेडिङ कन्सर्नलाई पारिएको छ ३४ लाख ७६ हजार ७ सय एकासी रुपैयाँमा परेको उक्त टेण्डरमा ए.एस. ईन्टरप्राइजेजले न्यून दर २८ लाख ९३ हजार हालेको थियो ४ जनाले वोलपत्र हालेको यसमा पनि नियम मिचेर आसय पत्र दिइएको छ । यस वाट राज्यलाई ५ लाख ८३ हजार रुपैयाँ नोक्सान हुनेछ ।
२०७५ मंसिर २८ गतेको वोलपत्र आव्हान सूचना र चार महिना पछि निकालिएको आसयपत्र सदर भएमा राज्यले करिव ५० लाख रुपैयाँ नोक्सानी व्यहोर्नु पर्ने निश्चित भएको छ। यो नियोजित र योजनावद्ध ढंगले तय गरिएको भन्दा कुनै कम आक्न सकिदैन ।
नाइट्रोजन कन्टेनर खरिद गर्ने गरी आव्हान गरिएको टेण्डरमा सार्वजनिक खरिद ऐन विपरित आसय पत्र दिने कार्यमा राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले कर चुक्ता प्रमाण पत्र समेत सामेल नगरेको वोलपत्रदातालाई आसय पत्र दिइएको वुझिएको छ । कार्यालय कै डा. शोभा शर्माले कर चुक्ता नपाएकालाई आसय पत्र दिइएको स्वीकार गरिन् । उनले भनिन् सम्झौता गर्नु पूर्व माग्नु पर्ला । यसवाट पनि वुझिन्छ कि वोलपत्र स्वीकृत गरिएका कम्पनीहरु प्रति पशु प्रजनन कार्यालय सकारात्मक छ । वढि मूल्य हान्नेलाई ठेक्का दिने कार्यमा कार्यालयले मूल्यांकन समितिमा सिधा स्पेस दिएको खुल्न आएको छ । मुल्यांकन समितिको वैठकमा टेण्डर हाल्ने पक्षका केहि वोलपत्र दातालाई राखिएको थियो जसले गर्दा गोप्य वोल पत्र प्रभावित भएको वुझन् सकिन्छ ।
खरिद तथा मुल्यांकन समितिका संयोजक वरिष्ठ पशु चिकित्सक शिवनाथ महतो को योजनामा राज्यलाई हानी नोक्सानी पु¥याउने गरी वढि दर रेट राख्नेलाई टेण्डर पार्न तारतम्य मिलाएको स्रोतले दावी गरेको छ । 50 लाख रुपैयाँ वढी घाटा पर्ने गरी टेण्डर पारिएकोमा कर्मचारीहरु गल्ती स्वीकार्न अझै तयार छैनन् । उनिहरुले कन्टेनरको गुणस्तर चेक गर्न समय लागेको वताए । कार्यालयकै सेटिङ योजना वमोजिम कन्टेनरको गुणस्तर परीक्षण गरेको बुझिएको छ ।
राज्यका संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र छानविन गरेर सत्य तथ्य वाहिर ल्याउन जरुरी छ । राज्यलाई प्रत्यष हानी नोक्सानी पु¥याउने गरी भएको कार्यले नितिगत भ्रष्टाचारलाई संस्थागत गर्न सक्ने सम्भावना त छ नै त्यसमा संलग्नलाई सवक सिकाउनु पनि उत्तिकै जरुरी छ ।
अघिल्ला वर्षमा किनिएका कन्टेनरहरु प्रयोग नगरी कौडीको मूल्यमा मिल्काएर नयाँ कन्टेनर किन्ने तानावाना वुन्ने र सेटिङ मिलाएर कानून मिच्ने काम भए नभएको बारे तत्काल निस्पक्ष छानविन गर्न आवश्यक रहेको औल्याइएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: