जगदम्वाको वरोन ह्विस्की पोखरामा

सराङकोट न्यूज
9 April, 2019 4:51 am
Advertisements
Advertisements

मदिरा पारखीहरुका लागि पोखरामा नयाँ ह्विस्की लञ्च गरिएको छ । जगदम्वा अल्को विहेव्स प्रा.लि. कञ्चनपुरले उत्पादन गरेको ह्वीस्की चैत्र १५ गते वाट औपचारिक लञ्च गरिएको हो ।
सत्यम शुभम ट्रेडर्स प्रा.लि. पोखराले कास्की र आसपासका जिल्लाहरुमा दिनहरुमै मदिरा पारखी ग्राहकहरुको मन जित्न सफल भएको कम्पनीले दावी गरेको छ । जगदम्वा अल्को विह्वस प्रा.लि. का मार्केटिङ विभागका प्रमोद कँडेलले पोखरामा छोटो समयमै अपेक्षा गरे भन्दा राम्रो विक्री भएको वताए । सत्यम शुभम् ट्रेडर्स प्रा.लि. पोखराका संचालक विजय पौडेलले ग्राहकको क्रय शक्ति र गुणस्तरमा समेत लक्षित गरेर वजारमा आएको वेरोन ह्वीस्की एक हप्तामा ५ सय कार्टुन वढी विक्री भएको दावी गरे ।
पर्यटकीय नगरी पोखरा र आसपासका जिल्ला तनहुँ स्याङ्जा मा समेत वजार विस्तार गरिएको पौडेलले वताए । सत्यम् शुभम् टे«डर्सले मार्तवोरो चुरोट र अन्तर्राष्ट्रिय स्तरका ब्राण्डेड मदिराको आयात तथा वजारिकरण गर्दै आएको छ ।
जगदम्वा अल्को ह्विसको अर्को उत्पादन व्लु फिन जिनले पनि वजारमा पकड जमाउदै गएको छ । वजारमा पाइने कम गुणस्तरका जिन र ह्वीस्कीका कारण स्वास्थ्य समस्यावाट जोगिन कम्पनीले सुपथ मूल्यमा ४० प्रतिशत अण्डर प्रुफ ह्वीस्की उत्पादन गरिएको कम्पनीका प्रमोद कडेलले वताए। हामी गुणस्तरमा कम्प्रमाइज गर्दैनौ स्वास्थ्य प्रतिस्पर्धामा विश्वास राख्छौं कडेलले भने । वजारको माग अनुसार कम्पनीले नयाँ र फरक स्वादका गुणस्तरीय ह्वीस्की र जिनहरु उत्पादनमा केन्द्रीत रहने निति लिएको वताइएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: