“देश बचाऔं अभियान” – पिपल्स एक्सन पार्टी नेपाल (People’s Action Party Nepal)

सराङकोट न्यूज
10 April, 2019 12:13 pm

शान्ति, सुरक्षा र समृद्धिलाई मुल निति लिएर कृयासिल पिपल्स एक्सन पार्टी नेपालले “देश बचाऔं अभियान” सुरु गरेको छ । सम्पूर्ण नेपाली जनतालाई जागरुक गराउने उद्देश्यले नेपालमा रहेका सम्पूर्ण जातजाती, भाषाभाषी समुदायलाई सहभागी गराउँदै आगामी चैत्र ३० गते पोखराको अमरसिंह चौरमा विहान ११ः०० बजे झाँकी सहितको वृहत् ¥यालीको आयोजना गर्ने तयारी पुरा गरेको जनाएको छ ।
पिपल्स एक्सन पार्टी नेपालको आयोजनामा हुने देश बचाऔं अभियानमा सहभागी हुने विभिन्न झाँकी टिमहरु मध्ये उत्कृष्ठ झाँकी टिमहरु छनौट गरी प्रथमलाई एक लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार नगद पुरस्कार सम्मान स्वरुप प्रदान गरिने आयोजनाले बताएको छ ।
पिपल्स एक्सन पार्टी नेपालले खुल्ला सिमाना अन्त्य गर्नुपर्ने, राष्ट्रियताको अधिकार सुनिश्चित सम्बन्धमा, भ्रष्टाचार अन्त्य गर्ने, सामाजिक हक अधिकार सुनिश्चित सम्बन्धमा, रोजगारी, अनिवार्य निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्यको व्यवस्था सम्बन्धमा एवम् राष्ट्रिय स्वाधिनता सम्वन्धि विषयलाई मुख्य मुद्दा बनाएको छ ।
चैत्र ३० गते आयोजना गरिने वृहत् ¥यालीमा सम्पूर्ण देशप्रेमी नेपाली जनतालाई आफ्नो आफ्नो ठाउँबाट र्याली गर्दै पोखराको अमरसिंह चौरमा भेला भईदिनुहुन पिपल्स एक्सन पार्टी नेपालले अनुरोध गरेको छ । देश बचाउ अभियानमा आम नागरिकलाई जनचेतना दिने मुख्य उद्देश्य रहेको पिपल्स एक्सन पार्टी नेपालले जनाएको छ । पोखरामा यो कार्यक्रम सम्पन्न भएपछि देशव्यापी रुपमा अभियानलाई अगाडि वढाइने आयोजक संस्था पिपल्स एक्सन पाटी नेपालका प्रेसिडेन्ट वलराम थापा मगरले दावी गरेका छन् ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: