परिचय सहकारीको वार्षिकोत्सव तथा क्यालेण्डर विमोचन

सराङकोट न्यूज
14 April, 2019 8:32 am
Advertisements

पोखराको न्यूरोडमा रहेको परिचय बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ७ औं वार्षिकोत्सव मनाएको छ । वैशाख १ गते एक कार्यक्रमका वीच सहकारीले वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवकै अवसरमा सहकारीले आफ्नो संस्थाको भित्ते पात्रो २०७६ विमोचन गरेको छ । सहकारीका अध्यक्ष दिपक तिमल्सिनाले भित्ते पात्रो विमोचन गर्दै क्यालेण्डर प्रचार प्रसार र बजार प्रवद्र्धनको ससक्त माध्यम रहेको बताए । वर्षभरिको कार्यक्रमलाई लागू गर्ने क्यालेण्डरले सहज गर्ने वताउँदै यसलार्य अनुसाशनको आधार पनि मान्नुपर्ने बताए ।
सहकारीका उपाध्यक्ष यदुनाथ बञ्जाराले सहकारीमा कार्यरत सम्पूर्ण कर्मचारीको मनोवल उच्च राख्ने गरी निति निर्माण गरीने वताए । सहकारीका संचालक र कर्मचारीको लगनसिलता र इमान्दारिताले सहकारी र यसका सदस्यहरुको उन्नयन हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको संचालक सचिव वलराम वडालले गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: