सरकारी अस्पतालमा ओपीडि टिकट ४ सय

सराङकोट न्यूज
1 May, 2019 10:21 am
Advertisements
Advertisements

सरकारी अस्पतालको विस्तारित स्वास्थ्य सेवाको पैसा हाकिम देखि पिएन सम्मलाई

सरकारले सर्वसाधारण जनताको स्वास्थ्य उपचार गर्न भन्दै दुई वजेपछि अतिरिक्त शुलक लिएर विरामीको स्वास्थ्य परिक्षण गर्ने निति कार्यान्वयनमा ल्यायो । समयमै टिकट नपाएर जचाउन नपाएकालाई यो निति राम्रो हुने अपेक्षा गरिएको थियो तर त्यसको कार्यान्वयन पक्ष सुस्त र गैह्र जिम्मेवार हुनाले सर्वसाधारण गरिव जनता विस्तारित सेवाको नाममा ठगिन मात्र पुगेका छन् ।
विस्तारित स्वास्थ्य सेवामा महंगो टिकट काट्नेहरुले न रोजेको चिकित्सकसँग जचाउन पाउँछन् न विशेषज्ञ सेवा नै । निजि को सरह ४ सय रुपैयाको टिकट काटेका सेवाग्राहीहरुले सामान्य भन्दा सामान्य स्वास्थ्य सेवा पाउन उनिहरु असमर्थ छन् । अधिकांस मेडिकल अधिकृतहरुले विस्तारित सेवा धानी रहेका छन् ।
नामी दामी चिकित्सहरु निजि अस्पताल र मेडिकल क्लिनिकमा व्यस्त हुने गरेका कारण सिकारु चिकित्सकहरु इएचएस सेवामा काम गर्दै आएका छन् । उनिहरुवाट पाउने सेवा प्रति विरामीहरुको सन्तुष्टि रहेको छैन । पैसा मात्र वढी रहेछ सेवा त गफै मात्र हो रामवजारकी हरिमाया पुनले भनिन् ।
इएचएस विरामीको पैसा कस–कसले खान्छन् ?
४ सयको ओपिडी टिकटवाट अस्पतालले जम्मा २५ प्रतिशत अर्थात् एक सय रुपैयाँ पाउँछ । वाँकी ७५ प्रतिशत अर्थात् एक सय रुपैयाँ पाउँछ । वाँकी ७५ प्रतिशत (३ सय रुपैयाँ) मा डाक्टरले ५० प्रशित अर्थात् दुई सय, र वाँकी २५ प्रतिशत एक सय रुपैयाँ मध्य मेसुले ४ प्रतिशत, लेखाले ५ प्रतिशत कार्यालय सहायकले ३ प्रतिशत, टिकट काट्ने काउण्टरले ५ प्रतिशत, मेट्रोन र रेकर्डका कर्मचारीले २.५ प्रतिशत र प्रशासनले २.५ प्रतिशत का दरले वाँडचुड गरी खाने गरी नितिगत निर्णय नै गरेका छन् । अस्तापलको खर्चमा चलेको एक्स्रे सिटी स्क्यान र भिडियो एक्स्रेमा समेत ४९ प्रतिशत जनताको पैसा वाँडचुडमा सकिन्छ त्यसमा पनि माथिकै पात्रहरुले हिस्सा पाउँछन् । आठ घण्टा काम गर्नुपर्ने डाक्टर र कर्मचारीहरुले दोहोरा सुविधा कुम्ल्याइरहेको छन् । विस्तारित स्वास्थ्य सेवा प्रति जनता मात्र हैन कतिपय कर्मचारी समेत सन्तुष्टि देखिदैनन् । यसको एउटै कारण सरकारको उदासिनता र ढिलासुस्ती हो ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: