जन्मोत्सवको अवसरमा पौडेलले गरे सामाजिक कार्य

पदम श्रेष्ठ
6 May, 2019 3:51 pm
Advertisements
Advertisements

पदम श्रेष्ठ÷पोखरा

जन्मोत्सवको अवसरमा सोमबार पोखरा–१८ मा अवस्थित बात्स्यायन बृद्धाश्रममा रहेका बृद्ध बृद्धाहरुलाई जनक पौडेलले खाना पकाउने राईसकुकर तथा फलफूल सामाग्रीहरु वितरण गरेका छन्।
बृद्धाश्रममा रहेका २५ जना बृद्ध बृद्धाहरुको लागि खाना पकाउनको लागि समस्या भएको जानकारी आएपछि पौडेलले ३५ जनालाई खाना पकाउन सकिने राईसकुकर तथा जुस प्रदान गरेका थिए। उक्त सहयोगबाट बोल्दै पौडेलले आफुले फजुल खर्चमा गरिने वर्थ डे पार्टी को रकमलाई सामाजिक कार्यमा खर्च गर्दा यसले सहयोग मात्र नभई मनमा समेत शान्ति मिलेको जनाएका थिए। त्यसैगरी अन्य महानुभावहरुलाई आफ्नो जन्मोत्सवको अवसरमा गरिने पार्टीको खर्चलाई व्यवस्थित गरेर सामाजिक कार्यमा खर्च गर्न समेत जानकारी गराएका थिए।
बृद्धाश्रमका सचिव युवराज बाग्लेले यो सहयोगले आफू लगायत बृद्धाश्रममा रहनुभएका सम्पूर्ण बुबाआमाहरु खुसी रहनुभएको समेत जानकारी गराएका थिए। यस सहयोगले अन्य महानुभावहरुलाई समेत सकरात्मक सन्देश दिने समेत बताएका थिए।
फलेवास नगरपालिका वडानं. १ मा जन्मिएका पौडेलले आफ्नो कर्मथलो पोखरा–५ मालेपाटन रहेको छ।
जन्मोत्सवको बाहाना पार्दै विभिन्न पार्टी र कार्यक्रम गर्नेहरुलाई पौडेलको यो अनुकरणीय कार्यले गतिलो पाठ सिकाएको छ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: