पोखरामा महानगर र प्रदेश वीच क्षेत्राधिकार विवाद : विद्यालय मासेर अस्पताल बनाउने खेल

सराङकोट न्यूज
7 May, 2019 11:07 am
Advertisements
Advertisements

यतिखेर पोखरा १६ वाटुलेचौरमा दुईवटा विषय चर्चामा रहेको छ । पहिलो हेल्थ पोस्टमा रहेको श्रावणकुमार जेष्ठ नागरिक सेवा केन्द्र वनाउन संरक्षण गरिएको जग्गा कोमागाने मातृशिशु मितेरी अस्पतालको स्टाफ क्वाटर वनाउनेगरी कागजी प्रकृया अगाडि वढेपछि विवाद चर्किएको छ । करिव साढें दुई रोपनी क्षेत्रफल रहेको उक्त जग्गा गत वर्ष महानगरको वजेटमा जेष्ट नागरिक सेवा केन्द्र वनाउन भन्दै संरक्षण गरिएको थियो ।
उक्त स्थानमा सेवा केन्द्र बनाउन यो वर्ष पनि महानगरले १५ लाख रुपैयाँ वजेट दिएको वताइएको छ । अध्यक्ष दान बहादुर वानियाँले भने –“काठमाडौंको एउटा वाणिज्य वैंकले ५० लाख रुपैयाँ घोषणा गरेको छ” भने स्वतस्फूर्त रुपमा आर्थिक सहयोग उल्लेख्य मात्रामा जुटेको पनि वानियाँले वताए ।
श्रवण कुमार जेष्ठ नागरिक सेवा केन्द्र निर्माणको तयारी भइरहँदा उक्त जग्गा हस्पिटलमा गाभ्ने गरी काम अगाडि वढेको छ । वडा नं. १६ को सिफारिस प्रदेश सांसद कृष्ण थापाको पहलमा उक्त जग्गा स्टाफ क्वाटरका लागि हस्पिटलमा गाभ्ने तयारी भएको वुझिन आएको छ । तर सार्वजनिक जग्गाको संरक्षण र सम्वद्र्धन गर्ने मुल दायित्व रहेको महानगरपालिकालाई यस वारेमा कुनै जानकारी समेत गराइएको छैन । पोखरा महानगरका मेयर मान बहादुर जिसीले भने मलाई औपचारिक कुनै जानकारी छैन वाहिरवाट सुनेको मात्र हो । जग्गा हस्पिटललाई चाहिएकै भएपनि महानगरको निर्णय अनुसार जानुपर्ने हुन्छ मेयर जिसीले भने । जिसीले भने पोखरा १६ मा जेष्ठ नागरिक सेवा केन्द्र (आश्रम) वन्छ जसको लागि हामीले वजेट समेत दिएका छौं ।
समग्र पोखरा १६ लाई लक्षित गरेर सुविधा सम्पन्न जेष्ठ नागरिक सेवा केन्द्र (आश्रम) वनाउने योजना पुरानै रहेको उक्त संस्थाका अध्यक्ष दान बहादुर वानियाँले वताए। अस्पतालमा प्रदेश सरकारले वजेट दिए लगत्तै प्रकृया समेत नपु¥याई आश्रमको जग्गा खोस्ने प्रयास गरिएको वानियाँले वताए। एकपक्षिय निर्णयका कारण समस्या आए पनि प्रकृया पुरा नगरी वलपूवर्क आएको योजना कार्यान्वयनमा आउन चुनौती रहेको बताए ।
विद्यालय मासेर अस्पताल विस्तार गर्ने तयारी
यो दोस्रो विवाद वनेको छ । पोखरा १६ डाँडाथोकमा रहेको चण्डिका आधारभूत विद्यालयलाई विन्ध्यवासिनी मा.वि.मा गाभेर उक्त विद्यालय भएको ठाउँमा मातृशिशु मितेरी अस्पताल विस्तार गर्ने धेयले नयाँ अभ्यास सुरु भएको छ । विद्यालय गाभ्ने वारेमा पनि माथिल्लो तहवाट घनघोर प्रयत्न भइरहेको वुझिन आएको छ तर मर्ज जिम्मा लिनु पर्ने विन्ध्यवासिनी माध्यमिक विदालय व्यवस्थापन समितिलाई त्यसको औपचारिक कुनै जानकारी गराइएको छैन ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयवाट पाँच करोड रुपैया मातृशिशु अस्पताललाई प्राप्त हुने भएपछि प्रदेश सांसद कृष्ण थापाको पहलमा चण्डिका प्रा.वि. हटाएर हस्पिटल विस्तार योजनामा सकृयता देखाइएको छ ।
सरकारी विद्यालय एक आपसमा मर्ज गर्ने कुरा स्थानिय निकायको क्षेत्राधिकार भित्रको कुरा हो भने दुवै विद्यालयका व्यवस्थापन समिति वीच नितिगत सहमती र स्वीकृति आवश्यक रहन्छ । यि दुवै पक्षलाई आधिकारिक जानकारी नै नदिई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको क्षेत्राधिकार भित्रको अस्पतालको लागि महानगरको क्षेत्राधिकार भित्र पर्ने विद्यालय मासेर हस्पिटल विस्तार तर्फ लागिएको विषय उत्तिकै विवादित वनेको छ ।
पोखरा महानगरका मेयर मानवहादुर जिसी महानगर भित्रको विद्यालय मर्ज गर्न आवश्यक भए नभएको कुरा निर्णय गर्ने अधिकार महानगरको रहेको वताउँछन् । वहा शिक्षा समितिले दुवै व्यवस्थापन समिति वीचको वैठकको निर्णय अनुसार महानगरमा सिफारिस गर्ने र महानगरले आवश्यकता अनुसार नितिगत निर्णय गर्ने मेयर जिसीले वताए । महानगरका प्रमुखलाई समेत जानकारी नगराई क्षेत्राधिकार मिचेर प्रदेश सांसद र मन्त्रालयले काम गर्न थाल्ने हो भने त्यसले जटिलता थप्न सक्ने वुझिएको छ ।
विन्ध्यवासिनी मा.वि. जहाँ स्थान अभावका कारण संयौ विद्यार्थीलाई फर्काउन वाध्य छ । वोर्डिङ स्कुल छोडेर सामुदायिक विद्यालय रोजेर भर्नाको लागि आउने संयौ विद्यार्थीहरुका लागि विन्ध्यवासिनी मा.वि. आफै जग्गा खोज्न लगिरहेको वेलामा ५ सय मिटरमा रहेको विद्यालय चण्डिका प्रा.वि. लाई समेटेर अगाडि वढ्न सके झण्डै दुई हजार विद्यार्थी पठाउन सक्छ । वोर्डिङको मंहंगो शुल्क वाट ढाड सेकिएका भए खाने वर्गका छोराछोरीलाई पढाउन विन्ध्यवासिनी मा.वि.लाई यो प्रदेशकै शैक्षिक हव वनाउने पहल गर्न जरुरी छ । जनताले निजि स्कुलको चर्को शुल्कवाट मुक्ती दिलाउने काम जननिर्वाचित प्रतिनिधिकै हुनुपर्छ । वोर्डिङ विस्थापन गर्नका लागि सामुदायिक विद्यालय मासेर गाभेर हैन विस्तार गरेर अघि वढ्नु आवश्यक छ । शिक्षालय उखेलेर अस्पताल विस्तार गर्नु भन्दा सवै गरिवहरुले पढ्ने गरी सामुदायिक विद्यालय विस्तार गर्न उचित हुने स्थानिय वासिन्दाको आग्रह रहि आएको छ ।
यो शैक्षिक सत्रमा भर्ना हुन आएका झण्डै तीन सय वढी विद्यार्थी पोखरा १६ वाटुलचौर स्थित विन्ध्यवासिनीवाट वाहिरिन वाध्य भएका छन् । उनिहरु कुनै वोर्डिङको मुखमा छिरिसकेका छन् । कक्षा कोठाको अभाव झेल्दै आएको विन्ध्यवासिनी मा.वि.को लागि कक्षा कोठा वनाउने जग्गाको चरम संकट परिरहेको वेला छेउमै रहेको चण्डिका प्रा.वि.े एउटा उत्तम विकल्प हुन सक्छ तर प्रदेश सरकारले स्थानिय सरकारको अधिकार क्षेत्र समेतलाई हस्तक्षेप गरेर विद्यालय मासेर अस्पताल विस्तार गर्ने तयारी गरिरहँदा आउँदा दिनमा पनि संयौ विद्यार्थीहरु महंगा वोडिङमा डासि न वाध्य हुने अवसस्था आउने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: