पोखरा महानगरपालिका र पोखरा उद्योग वाणिज्य संघ वीच भएको होर्डिङबोर्ड सम्झौता तोडिएको ३ महिना हुन लाग्दा पनि महानगरपालिकाले वक्यौता असुल गर्न सकेको छैन । पोखरा महानगरपालिकाले विज्ञापन कर उठाउने ठेक्का न्यून मूल्यमा पोखरा उद्योग वाणिज्य संघलाई दिएको थियो ।
पोखरा उद्योग वाणिज्य संघले उक्त ठेक्का तेस्रो पक्ष सँग सम्झौता गरेको थियो । विराटनगरले छायाँ एड्भरटाइजिङ कम्पनीलाई प्रदान गरेको ठेक्का सम्झौता गरेको पोखरा उद्योग वाणिज्य संघले गत श्रावण यताको ठेक्का वापतको रकम महानगरलाई वुझाएको छैन।पोखरा महानगरपालिका कार्यापालिकाको निर्णय अनुसार टेण्डर प्रकृयामा जाने अभिप्रायले ठेक्का सम्झौता २०७५ फागुन १ गते वाट रद्द गरिएको छ । पोखरा उद्योग वाणिज्य संघ संगको सम्mभौता वमोजिम ७ महिनाको विज्ञापन कर उठ्न वाँकी रहेको छ । तेस्रो पक्षले दिनु पर्ने पैसा नदिएका कारण महानगरपालिका लाई पैसा वुझाउन वाँकी रहेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले दावी गरेका छन् ।
तेस्रो पक्ष भनिएको छायाँ एड्भर टाइजिङ कम्पनी प्रा.लि. का संचालक मनोज चौहान पनि कर तिर्नु पर्ने पक्षले रकम नतिरेका कारण केहि वक्यौता रहेको वताउँछन् । चौहानले भने पोखरा महानगरपालिका स्वयम्ले वातावरण विगारेका कारण यो सन्तुलन भताभुङ भएको छ। हामीले नियमानुसार पैसा तिर्दै आएकोमा वीचमै पोखरा उद्योग वाणिज्य संघको सम्झौता तोडेको छ त्यो नै अन्यायपूर्ण कदम हो ।
यो माखे सांङ्लो कहिले तोडिने ? हाम्रो जिज्ञाशाको समाधान यो समाचार तयार पार्दा समेत निरुत्तरीत नै रहेको छ । सम्झौता तोडिएको ३ महिना गुज्रिसक्दा पनि अझै किन महानगरलाई वक्यौता असुल गर्न किन पहल गरने भन्ने हाम्रो जिज्ञाशामा कर अधिकृत शिवहरी शर्माले आफूले वुझेर मात्र प्रतिकृया दिने वताए ।
यो मा होइन पोखरामा विभिन्न क्लव, संघ संस्थाले गरेको मेला महोत्सवहरुले मेला संचालन अनुमती दस्तुर नै तिरेका छैनन् । मेला महोत्सव संचालन गर्दा शुल्क दस्तुर तिर्नु पर्ने हुन्छ तर महानगरपालिकाले उधारो सहमती दिएर मेला सं.चालन गर्न दिदाँ मेला आयोजकहरुले त्यसलाई कमजोरीका रुपमा लिएर शुल्क नै तिरेका छैनन्।
पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ लगायतका संस्थाले मेला महोत्सव शुल्क नतिरेको वताइएको छ । रेवानलाई पनि नतिरिकन स्वीकति लगेकोमा सराङकोट साप्ताहिकले समाचार प्रकाशन गरेपछि मात्र सडक महोत्सव शुल्क तिराइएको थियो ।
Advertisements
Advertisements
Advertisements
Advertisements
Advertisements