पकेटमारी र महिला हिंसा रोक्न काठमाडौं प्रहरीको नयाँ योजना

सराङकोट न्यूज
17 May, 2019 12:46 pm
Advertisements
Advertisements

समुदायमा हुने अपराध नियन्त्रणका लागि काठमाडौं प्रहरी परिसर टेकुले नयाँ कार्ययोजना लागू गरेको छ । वैशाख ३० गतेवाट काठमाडौं प्रहरीले ९० जना प्रहरीलाई सादा पोशाकमा खटाउने भएको छ ।
सोमवारबाट खटिने प्रहरी जवान देखि प्रहरी निरिक्षक सम्मका ९० जना सादा पोशाकका प्रहरीले सार्वजनिक यातायातमा महिला यात्रु माथि हुने हेडखानी, यौन हिंसामा संलग्न माथि निगरानी र नियन्त्रण लिने जनाइएको छ । सार्वजनिक यातायातमा हुने भिडभाडमा फाइदा उठाउँदै पकेटमारी नियन्त्रण गर्ने प्रयास गर्ने काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक होविन्द्र वोगटीले वताए।
सार्वजनिक यातायात मात्र हैन शहरका मुख्य चोक गल्ली र भिडभाड हुने ठाउँमा पनि सादा पोशाकका प्रहरीले गोप्य गस्ती गर्ने छन् । यात्रु वसमा हुने अनियमित भाडा असुली, ट्राफिक नियमको अवज्ञा गर्नेहरु समेत नियन्त्रण हुने प्र.ना.उ. वोगटीले वताए ।
काठमाडौं प्रहरीले समग्र विषयमा ध्यान केन्द्रित गरेर आम नागरिकको सुरक्षामा ध्यान दिने प्रहरी दावी छ ।
फिल्डमा खटिने प्रहरीहरुलाई एक दिने प्रशिक्षण दिदै आम सर्वसाधारण नागरिकको हकमा सकृय रहने निर्देशन दिएका प्र.ना.उ. होविन्द्र वोगटीले भने यस अघि पनि यस्तै अभियान संचालन गरिएको र अपेक्षाकृत सफल भएको दावी गरेका छन्।
काठमाडौं प्रहरी परिसरका उपरीक्षक अशोक सिंहले सादा पोशाकको प्रहरी निगरानीले शहरमा घट्न सक्ने संगठित र सांघेतिक अपराध पनि नियन्त्रणमा आउने दावी गरेका छन् । प्रहरीले नागरिकलाई शान्ती सुरक्षा अनुभूत गराउन जुनसुकै कदम उठाउन पछि नपर्ने एस.पि. सिंहले वताए । एस.पि. सिंह कास्की प्रमुख रहँदा सिण्डिकेट पक्षधरहरु को हड्ताल तुहाउन स्वयम् सडकमा उत्रिएर हड्तालकारीलाई तितर वितर वनाएका थिए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: