काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको सहकार्य

सराङकोट न्यूज
17 May, 2019 12:53 pm
Advertisements

काठमाडौं प्रहरी परिसर र अपराध महाशाखा वीच सहकार्य गर्ने घोषणा गरिएको छ । वैशाख २९ गते आइतवार परिसरको कार्यालय टेकुमा आयोजित पत्रकार सम्मेलनमा परिसर इञ्चार्ज वरिष्ठ प्रहरी उपरिक्षक उमेशराज सुवेदी र अपराध महाशाखाका प्रमुख सहकुल थापाले यस्तो घोषणा गरेका हुन् ।
काठमाडौं प्रहरी परिसरमा यसै हप्ता वहाल भएका वरिष्ठ प्रहरी उपरिक्षक सुवेदीले पहिलो पत्रकार सम्मेलनमा आफू साइवर अपराध, आर्थिक अपराध, हिडनक्राइम नियन्त्रणमा सकृय रहने खुलाए तर संगठित अपराध नियन्त्रणमा उनले केहि वताएनन् । एस.एस.पी. सुवेदीले आफू सेलिव्रेटी हुन नयाँ हल्ला गर्ने गरी काम नगर्ने वताए ।
यस अघि समानान्तर शक्तिको रुपमा काम गर्दै आएका प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाले सहकार्य गर्ने वताइएको छ । दुवै निकायको कार्यगत एकताले सार्थक रुप लिएमा काठमाडौं भ्यालीको शान्ती सुरक्षा सुध्रन्छ वा विग्रन्छ त्यो भन्न भन्न सकिन्न । यस अघिका एसएसपी वसन्त लामालाई हेडक्वाटरले ताने लगत्तै सुवेदी इञ्चार्ज भएका हुन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: