दर्ता नगर्ने ६ मदिरा व्यवसायी राजस्वको फन्दामा

सराङकोट न्यूज
21 May, 2019 8:34 am

अन्त सुल्क इजाजत नलिई मदिरा जन्य व्यवसाय गर्ने ६ जनालाई आन्तरिक राजस्व कार्यालय पोखराले नियन्त्रणमा लिएर छानविन अगाडि वढाएको छ । कार्यालयले आइतवार पोखरा महानगरपालिका वार्ड नं. २ अन्तर्गत पर्ने वाग्लुङ वसपार्क भिमसेन टोल आसपासका पसलहरुमा अनुगमन गर्दा ६ जना मदिरा व्यवसायी लाई नियन्त्रणमा लिएर धरौटीमा रिहा गरेको छ ।
अन्तशुल्क ईजाजत नलिइ व्यापार गरिरहेकाहरुको पुरै मदिरा जफत गरी सो वरावर विगो कायम गरी धरौटी लिइएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशव प्रसाद उप्रेतीले वताए । उनिहरुवाट १० हजार देखि ९४ हजार सम्म धरौटी लिइएको प्रमुख उप्रेतीले वताए ।
आन्तरिक राजस्व कार्यालय पोखराले अन्तशुल्क अनुगमनलाई तिव्रता दिएको छ । होटल वार लगायतका रात्री व्यवसायमा पनि छड्के अनुगमन गरी लाखै रुपैयँ दण्ड जरिवाना स्वरुप राजस्व असुल गरिएको आन्तरिक राजस्व कार्यालय पोखराले वताएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: