हाकिमको चाकडीको नजिर, मन्त्रीका पि.ए. पत्नीलाई जागिर

सराङकोट न्यूज
28 May, 2019 7:43 am
Advertisements

यो देशमा हाकिम र मन्त्रीले चाहे के हुदैन ? नियम कानून भन्दा माथि रहेर धमाधम काम गर्दा पनि छुट छ उनिहरुलाई । सरकारी कोषबाट तलव भत्ता खाने जागिरमा भर्ति हुन कुनै परिक्षा र अन्तरवार्ता सामना गर्नु पनि पर्दैन। कानून वनाउने र कार्यान्वयन गर्ने मन्त्री मात्र हैन मन्त्रीका पिए र सचिवालयका कर्मचारी समेतलाई नियम कानून लाग्दैन ।
पछिल्लो यस्तै उदाहरण पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको नियुक्तिलाई लिन सकिन्छ । केहि समय अगाडि पोषण कार्यक्रममा रिक्त अनमी पदमा विना प्रतिस्पर्धा दुर्गा आचार्यलाई नियुक्ति गरिएको छ। आचार्य उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका पि.ए. रामेश्वर पराजुलीका श्रीमती हुन् ।
आचार्यलाई विज्ञापन नगरी सुटुक्क नियुक्ती गर्ने कार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भि.सी. डा. वुद्धि वहादुर थापा र अस्पतालका निर्देशक डा. अर्जुन आचार्यको मुख्य भूमिका रहेको पाइएको छ । असारसम्मको लागि भनेर लिइएको भनेपनि वर्षौसम्म उनलाई सुरक्षित राखिनेछ एक कर्मचारीले नाम नवताउने सर्तमा सराङकोटलाई वताए ।
प्रतिष्ठानका भिसी थापा र निर्देशक आचार्यले मन्त्री पिएको श्रीमतीलाई जागिएर खुवाएर मन्त्रीको चाकडी गरेर आफ्नो पदलाई सुरक्षित पार्ने जमर्को गरेका हुन् । राज्य कोषबाट तलव भत्ता खाने कुनै पनि पदमा विज्ञापन ननिकाली सिधै कर्मचारी भर्ना गर्न पाइदैन तर विधि र प्रकृयालाई लत्याएर मन्त्रीका मान्छे, पिएका मान्छे र नेताका मान्छेलाई सिधै नियुक्ति दिइदै आएको घटना यो मात्र नयाँ भने होइन ।
यस अघि स्वास्थ्य मन्त्री खगराज अधिकारीका पि.ए. दिलिप न्यौपानेले पनि आफ्नो श्रीमती पार्वती घिमिरे न्यौपाने लाई देखावटी प्रकृयामात्र पु¥याएर लिखित परीक्षा समेत नलिई कोरम पु¥याएको नौटंकी गरेर नियुक्ती दिइएको थियो जुन अहिले सम्म कार्यरत रहेकीछिन् ।
केहिदिन अगाडि नियुक्ती गरिएको २० जना नर्स, अनमी लगायतका कर्मचारीहरुमा पनि दक्षलाई भन्दा सेटिङ मिलेकालाई छानिएको चर्चा चलेको छ । यो देशमा निस्पक्ष र विधिको साशन कहिले चल्छ ? यस्ता नातावाद कृपावाद दलवाद र हुलवादवाट नेपाल कहिले मुक्त हुने ? सोझा, साधारण आम निम्छरा नागरिकले कहिले न्याय अनुभूति गर्ने ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: