राजमार्गको अवैध असुली प्रहरीले हटायो

सराङकोट न्यूज
29 May, 2019 2:49 am
Advertisements

पोखरा उद्योग वाणिज्य संघले वर्षौ देखि राजमार्गमा उठाउँदै आएको अनियमित अवैध असुली कास्की प्रहरीले हटाइदिएको छ । पृथ्वीराजमार्गको डाँडाको नाक र छोरेपाटनमा पोस्ट खडा गरेर पोखरा तर्फ भित्रिने मालवाहक ट्रक तथा कन्टेनरसँग पोखरा उद्योग वाणिज्य संघ र हार्डवेयर व्यवसायी संघ पोखराले प्रतिगाडी सय सय रुपैया असुल गर्दै आएका थिए ।
मुलुककै जेठो संस्था दावी गर्ने पोखरा उद्योग वाणिज्य संघले पृथ्वी राजमार्गको डाँडाको नाक र सिद्धार्थ राजमार्गको छोरेपाटनमा कर्मचारी खटाएर वर्षौ देखि असुली धन्दा गर्दै आएको थियो । संघले आफ्नो सदस्यहरुसँग स्वेच्छिक सहयोग उठाएको दावी गरेको छ। जवकी संघले हरेक वर्ष सदस्यता नविकरणको लागि छुट्टै शुल्क उठाउँदै आएको छ ।
पोखरा उद्योग वाणिज्य संघ र हार्डवयर व्यवसायी संघले उठाएको प्रति ट्रिप दुई सय रुपैया उपभोक्ता ले नै व्यहोर्नु पर्ने निश्चित छ । राजमार्गका प्रहरी पोष्ट अगाडि पैसा उठाउने पोष्ट खडा थियो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी राजमार्गमा गरिएको पोखरा उद्योग वाणिज्य र हार्डवेयर व्यवसायी संघ व्यवसायी संघको असुली गैह्र कानूनी भएको वताउँछन् । लेखनाथ उदोग वाणिज्य संघको क्षेत्रमा पोखरा उद्योग वाणिज्य संघले गरेको असुलीको वारेमा आफूले यस अघि पनि प्रश्न उठाएको अध्यक्ष भण्डारीले वताए ।
राष्ट्रिय राजमार्गमा राज्यको निकायवाट अनुमती नलिई असुली भएको वारे सर्वत्र आलोचना भएपनि प्रहरी प्रशासन मौनता साँधेर वसेका थिए । ट्रक व्यवसायी र व्यापारीहरुको गुनासो आए पछि सराङकोट साप्ताहिक र युनाइटेड पोष्टले खवर सार्वजनिक गरे लगत्तै कास्की प्रहरी प्रमुख एस.पि. ओम वहादुर रानाले डाँडाको नाकको पोष्ट तत्काल हटाइदिएका थिए भने छोरेपाटन चौकी अगाडि वसेर असुली गर्ने कार्य पनि शुक्रबार वाट वन्द गरिएको छ ।
यस वारेमा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष पवन प्रजापति उद्योग वाणिज्य संघले आम्दानीको विकल्प खोज्ने वताउँछन् । राजमार्गमा गरिने असुली नियमानुसार नभएका कारण पटक पटक अवरोध आइरहेको वताउँछन् । यस्तै पोखरा हार्डवेयर एसोसियशनका अध्यक्ष कृष्ण मुरारी आचार्य पनि आफ्ना व्यवसायीवाट असुली गरेको वताउँछन् ।
सिण्डिकेटलाई पक्षपोषण गर्न राष्ट्रिय राजमार्गलाई प्रयोग गर्दै आएका यि दुई संस्थालाई राज्यले अव के गर्छ त्यो भने समयले वताउने नै छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: