मासु महंगियो – मिसावट बढ्यो, थुने पनि सुध्रेनन् मासु व्यापारी

सराङकोट न्यूज
29 May, 2019 2:53 am

केहि वर्ष अघि पोखरा ८ सभागृहको सिर्जना फ्रेस हाउका सञ्चालक मुल्लाह बाख्रीको मासुलाई खसीको मासु भन्दै विक्री गर्दा गर्दै रंगेहात पक्राउ परे । उनले वाख्रीको पछिल्लो सपेटामा खसीकोे लोगो टाँसेको प्रमाण समेत फेला प¥यो । उनलाई कास्की प्रहरीले कालोवजारी मुद्दा चलायो । छुटेपछि उनले पसलको नामै परिवर्तन गरी हलाल फ्रेस हाउस राखे ।
केहि दिन पहिला मुल्लाहकै समूह फेरि पक्राउ प¥यो पोखरा जाल्पारोडबाट । हुसेन मासु पसल संचालन गर्दै आएका नजिर हुसेन शाहको पसल वाट वोरामा प्याक गरी अन्य पसलमा विक्रका लागि लान ठिक्क पारेको आधा क्वीन्टल मासु सहित पसल सञ्चालिका खानी सातुन पक्राउ परेकी हुन् । पसलमा काम गर्ने कामदार समेत प्रहरी नियन्त्रणमा परेका छन् ।
कामदारहरुले प्रहरीलाई दिएको जानकारी अनुसार ४ वटा वाख्री काटेको र उक्त मासु सिर्जना चोकको हलाल फ्रेस हाउस र सिमलचौरको विसमिल्लाह फ्रेस हाउसमा लान ठिक्क पारिएको वताएको थिए । वाख्री काट्ने हुसेन फ्रेस हाउसका संचालक नजिर हुसेन फरार रहेको कास्की प्रहरीले वताएको छ ।
गत हप्ता पोखरा १४ चाउथेका खसी वोका व्यापारी तिल कुमार श्रेष्ड आफ्नो पसल शिवालय चोकमा विक्रीको लागि लैजाने मासु वाख्रा काट्दै गर्दा पक्राउ परेका थिए । कालावजारी ऐन वमोजिम मुद्दा चलाइएका उनलाई आइतवार एक लाख धरौटी लिएर तारेखमा छोडिएको छ । श्रेष्ठ रिहा हुनु दुई दिन अगाडि वाख्रीको मासु काट्ने र वजारभरी सप्लाई गर्ने गिरोह नै प्रहरी नियन्त्रणमा परेको छ ।
हुसेन फ्रेस हाउसले वाख्रीको मासु काट्ने लाइसेन्स लिएको छ । २०७० सालमा पोखरा महानगरले ५ जना व्यापारीलाई वाखीको मासु वेच्ने लाइसेन्स दिइएको छ । महानगरले पसलवाट खुद्रा मासु विक्री गर्न दिइएको लाइसेन्सको दुरुपयोग गरी पसलमा वाख्री काटेर अन्य पसल र क्याटरिङमा सप्लाई गर्दै आएको खुल आएको छ ।
पोखरा महानगरपालिका वरिष्ठ कानून अधिकृत नारायण शर्मा स्त्री चौपाया वध गर्न अनुमती दिन नहुने वताउँछन् । उनले विगतमा दिइउका वाख्री काट्ने लाइसेनस रद्द गर्न प्रकृया अगाडि वढाउने वताए ।
कास्की प्रहरीले मासुमा हुने मिसावट र कालावजारिया नियन्त्रणका लागि कडा निगरानी थालेको छ । डि.एस.पि. रविन्द्र गुरुङले भने जनता ठग्ने मासु व्यापारीलाई कडा कारवाही गरिनेछ । प्रहरीले आम उपभोक्तावाट सूचना माग्नुका साथै सादा पोसाकका प्रहरीलाई निगरानीमा खटाएको डि.एस.पि. गुरुङले वताए ।
केहि क्याटरिङ र होटलहरुले सस्तो मासु खोज्ने गरेका कारण वाख्री काट्ने गरिएको वताइएको छ । प्रहरीले गुणस्तरहिन सस्तो मासु किनेर उपभोक्तालाई महंगोमा विक्री गरेर ढाड सेक्ने क्याटरिङ व्यवसायीलाई पनि कारवाही गर्नु पर्ने माग वढेको छ ।
भारतवाट आयात हुने खसी वोकामा नेपाल सरकारले क्यारेन्टाइन जाँच प्रमाण पत्र खोजेपछि भारतीय खसी वोका नेपालमा ठप्प प्राय छ । खसी वोका ठप्प भए पछि जिउँदो खसीवोका व्यवसायी र केहि मासु पसल हरुले यहाँका लोक्कल वाख्रीहरु काट्दा नेपाली लोक्कल उत्पादन नै ह्रास हुन सक्ने अवस्था आएको छ । माउहरु नै मासे पछि उत्पादन प्रभावित हुने खसी वोका व्यवसायी गंगा वहादुर भण्डारीले वताए । स्थानिय जातका खसी वोका उत्पादन गर्न र नेपाललाई मासुमा आत्म निर्भर हुन् पनि वाख्री काट्ने कार्य रोक्न कडाई गर्नुपर्ने भण्डारीले वताए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: