पद्मको वैधानिकता छिनोफानोमा ढिलाई

सराङकोट न्यूज
25 June, 2019 5:44 am

कलेज वन्द हुने सम्भावना, विद्यार्थीको भविष्य अन्यौल

सिटिइभिटिले देशभरका कलेजहरुलाई आफ्नो कार्यक्रम नविकरण गर्न निकालेको सूचना असार १० गतेवाट समाप्त हुदैछ । सिटिइभिटीको स्तर निर्धारण महाशाखाले मिति २०७६÷२÷१३ गते निकालेको सूचना अनुसार ३० दिन अर्थात् असार १० गतेभित्र रित पूर्वक कागजपत्र विवरण सहित नविकरण गर्न सूचना आव्हान गरिसकेको छ तर पोखराको पद्म नर्सिङ होम स्कूल अफ नर्सिङ भने अस्तव्यस्त अवस्थावाट गुज्रिरहेको छ ।
यस अघि सिटीइभिटी र नर्सिङ काउन्सिलका पदाधिकारी तथा कर्मचारीहरुलाई आर्थिक प्रभाव र दवावमा पारेर ५० वेड पनि नभएको पद्म नर्सिङ होमलाई देखाएर वर्षेनी ४० जना विद्यार्थी भर्ना लिइरहेको स्कूल अफ नर्सिङलाई यो पटक पनि नविकरण गर्नु फलामको च्यूरा जस्तै असम्भव वन्न पुगेको छ ।
विगत वर्षका अनियमितता वारे अख्तियारले छानविन थालेपछि सिटीइभिटी र नर्सिङ काउन्सिल कानुन वमोजिम गर्न गराउन वाध्यकारी वनेका छन् । नियमानुसार माग गरेका डकुमेन्ट पु¥याउन कलेजलाई पसिना मात्र छुटेको छैनकी कलेज नै अस्तित्वको संकटमा फसेको छ ।
सिटीइभिटीले कार्यक्रम चलाउने कलेजको आ.व. २०७५÷७६ को संस्था दर्ता नियमन कार्यालयको नविकरण वा अध्यावधिक गरेको पत्र, आ. व. २०७४÷०७५ को कर चुक्ता र प्रयोगात्मक कक्षा संचालर्ना वेड संख्या विवरण सहितको एकिन कागजपत्र अनिवार्य पेश गर्न सूचना गरेको छ तर पद्म नर्सिङ कलेज यि तिनवटै डकुमेन्ट पुरा गर्न असमर्थ रहेको वुझिन आएको छ छ । पद्म नर्सिङ कलेजले आ.व. २०७२÷७३ देखि नै करचुक्ता लिएको छैन ।
पद्म नर्सिङ कलेजको मातृ संख्या पद्म नर्सिङ होम सरकारलाई वुझाउनु पर्ने, आयकर, पुजिगत लाभकर, भ्याट सम्बन्धी विवादको दलदलमा फसेको छ । कर, राजस्व नै नवुझाएको पद्म नर्सिङ होम विरुद्ध आन्तरिक राजस्व कार्यालय पोखराले कारोवार रोक्का समेतको कारवाही गर्ने तयारी गरिरहेको वुझिएको छ। राजस्व कार्यालय स्रोतले भन्यो कारवाहीको लागि हामी अन्तिम प्रकृयामा छौ । जुन सुकै समयमा तालावन्दी हुन सक्ने आन्तरिक राजस्व कार्यालय पोखराले वताएको छ ।
यस्तो कर विवाद र राजस्व छलि गरेको विवादको दलदलमा फसेको संस्थाले न त कर चुक्ता पेश गर्न सक्छ न कम्पनी दर्ता कार्यालयवाट नविकरण अध्यावधिक नै गराउन ।
अर्को महत्वपूर्ण र जटिल विषय प्रयोगात्मक कक्षाको लागि अस्तपाल रहेको छ । सय वेडको अस्पताल हुनुपर्ने ठाउँमा ५० वेड पनि नविकरण नभएको पद्म नर्सिङ होमलाई प्रयोग गरेका उनिहरुको झुटको पुलिन्दा च्यातिएको छ । नर्सिङ होम र कलेजका संचालक सदस्यहरु कतिपय ज्वाइन्ट मेम्वर भए पनि कतिपय एकातर्फ मात्र भएका कारण स्वार्थ समूह विभाजित वनेका छन् ।
गत श्रावण देखि चर्केको वैधानिकता विवाद उत्कर्षमा पुगेको छ । नर्सिङ होम तर्फ मात्र शेयर रहेकाहरु र केहि संयूक्त शेयरवालाहरु सहितले नर्सिङ होमले प्रकृया पु¥याउन नसक्ने देखेर कलेज संचालकको स्वामित्व छोड्ने पक्षमा निर्णय लिएपनि कतिपय सदस्यहरु अझै पनि कलेज विक्री गर्न पाए हुन्थ्यो भन्दै रकम वार्गेनिङ गरिरहेका छन्। आफूले प्रकृया पुरा गर्न नसकेपछि अवको विकल्प कलेज वन्द गर्नु वा स्वामित्व छोड्नु मध्य एउटा रहेको पद्म नर्सिङ होमका केहि संचालक सदस्यको निस्कर्ष रहेको पाइन्छ ।
अस्पतालका प्रवन्ध निर्देशक समेत रहेका वरिष्ठ चिकित्सक यज्ञमान शाक्य भन्छन् “म त विवादमा पर्न चाहान्न तर साथीहरुले निकास नै दिएनन् ।” कलेज छोड्दा पैसाको वार्गेनिङ भइरहेको पनि प्रष्ट छ तर आफू वलियो र प्रमाणिक नभएका कारण कति पैसा लिने भन्ने वारेमा कसैले मुख खोलेका छैनन् ।
संचालक सदस्य मध्यका केहि कलेजलाई मर्न दिन नहुने भन्दै पद्म नर्सिङ होमको स्वामित्व लिएर सय वेडको अस्पतालसँग सम्वन्धन लिएर चलाउनु पर्ने वताइरहेका छन् तर नविकरणको अन्तिम क्षणमा आइपुग्दा समेत पद्म नर्सिङ कलेज वोर्डले कुनै निर्णय गर्न सकेको छैनन्। आफै कानूनी अड्चन र करको फन्दामा परेको पद्म नर्सिङको वोर्डले १२० जना विद्यार्थी र तिनका अभिभावकलाई अनिर्णयको वन्दी मात्र वनाएको छैन कि उनिहरुको लगानी र शैक्षिक भविष्य समेत अन्योलमा फसाएका छन् ।

कास्की प्रशासनमा उजुरी
कलेजमा अध्ययन रत विद्यार्थी र तिनका अभिभावकले जारी विवाद अन्त्य गरी शैक्षिक भविष्य सुनिश्चित गर्न आवश्यक पहल गरिदिन कास्की प्रशासनमा उजुरी दिएको वताएका छन् । उनिहरुले आफ्नो पठन पाठन र प्रयोगात्मक अभ्यास अन्यौल रहेको जनाउँदै साढेको जुधाईमा आफूहरुलाई मिचाईवाट जोगाउन उजुरी हालेको एक अभिभावकले वताएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले उजुरी उपर कलेज पक्षलाई वोलाएर सोमवार छलफल गरेको वताए । प्रशासनले वैधानिकता पुष्टि गर्न कागज मागेको कलेज स्रोतले वतायो । सिटिइभिटी गण्डकी प्रदेश प्रमुख भुवनेश्वर ढुंगाना नियमानुसार कारवाही हुने वताउँदै आएकाछन् । विद्यार्थी र अभिभावकले नियमानुसार कलेज चलाउन वा मार्ग प्रशस्त गरी विकल्प दिन माग गरेका छन् ।
असार १० गते कलेजले नया पाठ्यक्रम संचालनका लागि नविकरण गरिसक्नुपर्नेछ । दोव्वर दस्तुर तिरेर एक हप्ताको म्याद पाउने सूचनामा उल्लेख छ । वाँकी हप्ता भित्र यि सवै प्रकृया पुरा नगरिए कलेज वन्द होला तर १२० जना अध्ययनरत विद्यार्थीको भविष्यमाथि गंभिर प्रश्न उठ्न सक्छ।
केहि संचालकहरुले कानूनी रित नपुगेपनि पेलेरै कलेज चलाउने वारेमा पहल नगरेका पनि होइनन् तर यस पटक अख्तियारले छानविन गरिरहेका कारण सिटिइभिटी र नर्सिङ काउन्सिल कलेजको दवाव र प्रभावमा फसेर आफैलाई वर्वाद पार्ने सोचमा छैनन् । त्यसले पनि अनियमित गर्नेहरु खुम्चिएका हुन् उनिहरुलाई पद्म नर्सिङ कलेज नखाउँ भने दिनभरको सिका खाउ भने कान्छा वावुको अनुहार जस्तै भएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: