पद्म नर्सिङ होमको कारोवार रोक्का, स्कूल अफ नर्सिङ कलेज बन्द हुदै

सराङकोट न्यूज
9 July, 2019 6:59 am
Advertisements

राजस्व मुअकर, आयकर, पुजिगत लाभकर समेत नतिरी अटेर गरेर वसेको पद्म नर्सिङ होम पोखरालाई अर्को झट्का लागेको छ। धर्म राज श्रेष्ठको वुद्ध हस्पिटलको घर जग्गा खरिद गर्दा तिर्नु पर्ने लाभकर छल्न व्यक्तिगत स्वामित्वमा नामसारी गरिएको कारण लाभकर विवाह देखि सेयर स्वामित्व विवादमा समेत मुछिएको पद्म नर्सिङ होमले विगत ३ वर्ष देखि अडिट गरेको छैन भने मु.अ. कर लगायत करोडौं रुपैयाँ सरकारलाई तिर्न वुझाउन वाँकी नै छ ।
आन्तरिक राजस्व कार्यालय पोखराले पटक पटक कर वुझाउन आग्रह, तर ताकेता गर्दा पनि अटेर गर्दै आएको नर्सिङ होमको कारोवार रोक्का गर्न राष्ट्रवैंकलाई पत्राचार गरेको छ । राष्ट्रवैंकले आफ्नो नियमन क्षेत्र भित्र रहेका सम्पूर्ण वैंक तथा वित्तिय संस्थाहरुमा रहेका पद्म नर्सिङ होमको खाता पाता रोक्का गर्ने छ । यस पछि उक्त नर्सिङ होम देशभरका वैंक तथा वित्तिय संस्थाको सेवाबाट वञ्चित भएको छ । खाताबाट रकम जम्मा गर्ने वाहेक कुनै लाभको काम गर्न नपाउने भएको छ । कर्मचारीको तलव भत्ता देखि पाटी भुक्तानी समेत नहुने भएपछि नर्सिङ होम थप संकटमा फसेको छ ।
यस अघि संचालकहरु वीचको विवादमा परेका कारण राज्यका विभिन्न निकायमा मुद्दा झेल्दै आएको छ । स्वामित्व विवादको छुट्टै मुद्दा कम्पनी रजिस्टारको कार्यालयमा जारी नै छ । नरेन्द्र वास्तोला सँगको मुद्दा छिनो फानो गर्न नसकेका नर्सिङ होमका संचालकहरुले प्रहरी प्रशासनमा वास्तोला विरुद्ध उजुरी हालेका छन् ।

नर्सिङ कलेज संकटमा

प्रयोगात्मक अध्ययन गर्ने नर्सिङ होमले वैधानिक हैसियत गुमाएका कारण पद्म नर्सिङ कलेज स्कूल अफ नर्सिङ वन्द हुने अवस्थामा पुगेको छ । सिटिइभिटीले असार १० गते र दोव्वर दस्तुर तिरेर असार १७ गते सम्म कार्यक्रम नविकरण गर्न प्रकाशित गरेको म्याद समाप्त भइसकेको छ । तोकिएको म्याद भित्र नर्सिङ होमले कर चुक्ता गर्न सकेन, कम्पनी रजिस्टार कार्यालयवाट २०७५÷७६ को संस्था नविकरण गर्न सकेन, वेड संख्या विवरण सहितको स्वीकृति र नविकरण गरिएको पत्र वनाउन नसकेका कारण आफै थला परेको छ नर्सिङ होम ।
डा. यज्ञमान शाक्य, डा. विनोद तुलाचन डा. कालु शर्मा डा. कुमार शमशेर जस्ता नामी दामी डाक्टरहरुले संचालन गरेको चर्चित नर्सिङ होम आज वदनाम वनेको छ । कर मारा मात्र भएको छैन चलिराखेका नर्सिङ कलेज समेत वन्द हुने अवस्थामा पु¥याएका छन् । कलेज वन्द हुने वित्तिकै त्यहाँ अध्ययनरत ८० जना विद्यार्थीको अध्ययन भविष्य समेत संकटमा पर्ने अवस्थामा पुगेको छ भने यहि हालतमा नयाँ भर्ना समेत रोकिने अवस्था आएको छ । अध्ययनरत विद्यार्थी र अभिभावकले न्याय निकासको लागि कास्की प्रशासन अख्तियार सिटिइभिटी, नर्सिङ काउन्सिलमा समेत उजरी गर्दा समेत अहिले सम्म केही नभएको गुनासो गरेका छन् ।
अझै पनि नर्सिङ कलेजका केहि संचालकहरु नियामक निकायलाई दवाव र प्रभावमा पारेर कलेज चलाउन सकिने सपना वाडीरहेका छन् तर नियम, प्रकृया केहि अंगिकार नगरेको नर्सिङ होमलाई देखाएर कलेज चलाउन अनुमती दिएर आफूलाई दाउमा राखेर गैह्रकानूनी काम गर्न कुन पात्रले दुस्साहस गर्लान् त्यो भने समयले वताउँला प्रतिक्षा गरौं ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: