अस्पतालको उडुस पोलेर सकाइने, मूल्य नै नतोकी काम सुरु

सराङकोट न्यूज
23 July, 2019 12:43 pm
Advertisements

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उडुस आतंक अन्त्य गर्न कार्य सुरु भएको अस्पताल प्रशासनले जनाएको छ । उपचारको लागि वार्डमा सुत्ने विरामीहरु उडुसको टोकाइवाट हैरान खेप्न वाध्य भएका थिए । साँझ परे पछि देखि रात भर लस्कर लागेर सल्वलाउने उडुसले टोकेर विरामी र कुरुवाहरु पिडित रहदै आएका छन् ।
क्षेत्रीय अस्पताल पोखरा हालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुरानो वड र प्वालै प्वाल परेको भित्ताहरु उडुसको गुड वनेका छन्। विरामी र आफन्त कुरुवाहरु उडुस आतंकवाट ग्रस्त भएपछि सर्वत्र आलोचना भएको थियो। आलोचना वढेपछि अस्पताल प्रशासनले ग्यासवाट चल्ने व्लोर ल्याम्पले उडुस पोलेर सक्ने गरी क्लिन कन्सर्न प्रा.लि. वैदामलाई जिम्म लगाइएको सूचना अधिकारी शाखा अधिकृत नारायण प्रसाद आचार्यले वताए ।
उडुस मार्ने काम सर्जिकल वार्डवाट सुरु गरिएको छ । यसलाई प्रसुती वार्ड वच्चा वार्ड मेडिकल वार्ड सम्म लगिने आचार्यले वताए। उडुस उन्मुलन नै गर्न भने नसकिने देखिएको छ । पोलेर उडुस मार्ने कार्य वाहिर वाहिर मात्र सफल हुने देखिएको एक कर्मचारीले वताए । क्लिन कन्सनका एक संचालन हरि प्रसाद दवाडी वाहिरी भागमा केमिकल र खाट वेड, पलङ दराजका चेपहरुमा व्लू ल्याम्प जलाएर उडुस मार्ने काम सुरु गरिएको वताए ।
मूल्य नै नतोकी काम सुरु
सामान्य तथा सरकारी तथा सार्वजनिक निकायहरुमा कुनै सेवा लिदाँ होस् या दिदा सार्वजनिक खरिद ऐन नियम आकर्षित हुने गर्छ । के कति काम कति मूल्यमा गर्ने भन्ने कुरा घटाघटवाट निश्चित गरिन्छ तर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै दर रेट नै नतोकी उडुस मार्ने कामको जिम्मा क्लिन कन्सर्न प्रा.लि. वैदामलाई लगाएको पाइएको छ । ४ दिन अघिवाट काम सुरु भइसकेको छ तर कति काम गर्ने, कति मूल्यमा गर्ने भन्ने एकिन गरिएको छैन । क्लिन कन्सर्नका संचालक हरि दवाडीले भने हामीले दिने सेवाको मूल्य एकिन भएको छैन । कामको इष्टिमेट र मूल्य नै एकिन नगरी काम गरिदा त्यसमा दिइने भुक्तानीमा विवाद आउन सक्ने देखिएको छ । क्लिन कन्सर्नमा सामुदायिक सेवा केन्द्र वैदामकी पूर्व अध्यक्ष हिरु पुन समेत छिन् । सरकारी अस्पताल सँग गरिने कार्य नियमानुसार र पारदर्शि हुनु पर्छ । घरको काम लगाए झै गरेर गरिने कार्यको भुक्तानी बेरुजु हुने मात्र हैन अनियमित पनि हुन सक्ने जानकारहरु वताउँछन् ।
क्षेत्रीय अस्पताल पोखराको उडु्स आतंक नयाँ रोग हैन । त्यसको उन्मुलन कार्य पहिलै देखि जरुरी थियो । ढिलै भए पनि अस्पतालले उडुस मार्ने कार्य अगाडि वढाउनु राम्रो कुरा हो तर इष्टिमेट नै नगरी हचुवाको तालमा प्रकृया पुरा नगरी काम गराउनुलाइृ आर्थिक ऐन नियम र सार्वजनिक खरिद सम्वन्धि विद्यामान कानून अनुकुल हुन सक्दैन।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: