दर्ता र वर्गिकरण विनाका स्वास्थ्य प्रयोगशाला छ्याप्छ्याप्ती, अनुगमनलाई तिव्रता दिने फ्रोसो दावी

सराङकोट न्यूज
13 August, 2019 8:02 am
Advertisements
Advertisements

अधिंकास हस्पिटलका ल्याव दर्ता नै छैनन्

मानवको स्वास्थ्य उपचारको भरपर्दो माध्यमको रुपमा स्थापित स्वास्थ्य प्रयोगात्मक दर्ता नै नगरी सञ्चालन गरिएको पाइएको छ। सामान्य किराना पसल समेत दर्ता नगरी चलाउन पाइँदैन तर प्रयोगशालाहरु अधिकांश दर्ता विना नै चलाइदै आइएको छ ।  प्रयोगशाला सञ्चालन सम्वन्धी कानुनी प्रावधान नभएको भने होइन । सरकारले केन्द्रमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जिल्ला र स्थानिय तहसम्म प्रयोगाशाला दर्ता गरी सञ्चालकहरुले कारणलाई चुनौती दिदै विना दर्ता प्रयोगशाला सञ्चालन गर्दै आएका छन् ।
सरकारले प्रयोगाशाला दर्ता सम्वन्धि अनुसुची नै वनाएर मापदण्ड निर्धारण गरेको छ। ल्यावको क्षमता जनशक्ति भौतिक पूवार्धारको आधारमा प्रयोगाशालाको वर्गिकरण गरी सटिफिकेट दिने प्रवन्ध मिलाएको छ । ल्यावको दर्ता र वर्गिकरणको लागि तोकिएका मापदण्ड अनिवार्य पुरा गर्नु पर्नै वाध्यकारी व्यवस्था लागु भएपछि अधिकांश ल्यावहरु दर्ता भएका छैनन् भने दर्ता भएकाहरुले वर्गिकरणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निवेदन दिएका छैनन्।
पोखरामा दर्ता भएका केहि ल्यावहरुको मापदण्ड, जनशक्ति र भौतिक पुर्वाधार पुरा भए नभएका बारे केहि हप्ता अगाडि पोखरामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौबाट खटिएको टोलीले अनुगमन गरेको थियो । पोखरामा रहेका मध्य ए र बि लेबलका सर्टिफिकेट पाएका ल्यावहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ए र बि लेवलका प्रयोगशालाहरुको मापदण्ड जनशक्ति र भौतिक पुर्वाधार तर्फ निगरानी वढाइएको थियो । ति मध्य कतिपय ल्यावको ग्रेडिङ र यथार्थ अवस्था नमिलेको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौका सुचना अधिकारी राजेश गुप्ताको अनुसार मापदण्ड पूरा नगरी ए र बि ग्रेडिङ भएकाहरुको अवस्था कमजोर देखिएकाले नियमानुसार अपडेट गर्न एक महिनाको समय सिमा तोकिएको र त्यस अवधि भित्र अपडेट नगरे घटुवा गरेर नतिजा सार्वजनिक गरिने छ । विगत वर्षहरुमा ग्रेडिङ गर्दा भएका कमी कमजोरीलाई सच्चाएर यथार्थमा जे छ त्यहि रिजल्ट सार्वजनिक गरिने पनि राजेश गुप्ताले सराडकोटलाई वताए ।
नेपाल भरमा ए वर्गका ७ वटा ल्याव सुचीकरण भएका छन ति मध्य पोखराको लाइफकेयर डाइनोष्टिक सेन्टर पनि ए वर्गका सुचिकृत गरिएको छ । केन्द्रीय अनुगमनले उक्त ल्यावको पनि अनुगमन गरेको छ । उक्त ल्यावले प्रकृया पुरा नगरेको र सो विषयमा एक महिनाको समय सिमा प्रदान गरेको वताइएको छ । खास गरी उक्त ल्यावको कार्य क्षेत्र (वर्किड स्पेस) दुई हजार वर्ग फिट नरहेको वुझिन् आएको छ । जनशक्ति खटन पटन र हाजिर तथा भुक्तानीमा पनि कमजोरी रहेको स्रोतले वताएको छ अवको नतिजा कति वस्तुगत र यथार्थ आँउछ त्यो भने हेर्न बाँकी नै छ ।

अधिकांश अस्पतालका ल्याव अवैध
पोखरामा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र सेवा अस्पतालको ल्याव वाहेक अधिकांश निजि अस्पतालका ल्याव प्रयोगशालाहरु भाडामा र ठेक्कामा चलाइएका ल्यावहरु राज्यका निकायमा दर्ता अनुमति नै लिइएका छैनन् भने तिनिहरु सुचीकृत समेत भएका छैनन् ।
फिस्टेल, फेवासिटी, चरक, मेमोरियल लगायतका अस्पतालका ल्यावहरु अन्य व्यापारीहरुले ठेक्का कमिशन वा भाडामा चलाई रहेका छन् । भाडामा चलेका अधिकांश ल्यावहरु दर्ता नै नगरी चलेका कारण राज्यले त्यसतर्फ अनुगमन र नियगमन गर्न जरुरी रहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका ल्याव प्रवक्ता राजेश गुप्ताले हस्पिटलका ल्यावहरु कानुन विपरित चलिरहेको बताउँछन् । हस्पिटल दर्ता छ भन्दैमा ल्याव विना दर्ता चलाउन नपाइने गुप्ताले लवी गरे अस्पतालले चलाएका ल्यावहरुको वैधानिकता उनिहरुले सुचिकरणका लागि चासो नदिएकाले समस्या वढेको र अवका दिनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेशका सम्वृद्ध स्वास्थ्य निकायसँग समन्वय गरेर अनुगमन र कारवाही गरिने केन्द्रीय प्रयोगशालाका प्रवक्ताले घोषणा गरेिका छन् ।
जन स्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्यका नियमनकारी निकायको मौनताले खास अर्थ राख्दछ । कानुनी दायरामा नआएपनि पेशा व्यवसाय गर्न पाउने भएपछि प्रयोगशाला क्षेत्रका व्यापारीहरु हौसिएका छन यसले रिति प्रकृया मापदण्ड पुरा नगका ल्यावहरुलाई जनस्वास्थ्यसंग खेल्ने अवसर प्रदान गरेको र गुणस्तरीय सेवा लिनबाट नागरिक वञ्चित भएका छन ्।
ल्याव प्रयोगशाला व्यवसायीहरुले आफनो ल्याव कुन तहको हो भन्ने आधिकारीक सूचिकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालावाट गराउन अनिवार्य हुन्छ त्यसको नियमन गर्ने जिम्मा लिएको सरकारी स्वास्थ्य निकाय ल्याव व्यवसायिलाई अनुकुल वातावरण वनाउन सञ्चालित सय वेडका अस्पतालहरु समेतले आफनो ल्याव अन्यलाई भाडा ठेक्का र कमिशनमा दिएका छन् तर ति मध्य कतिपय दर्ता ग्रेडिङमा छैनन यसले गर्दा सय वेडको हस्पिटल भित्र चलेका ल्याव कुन वर्गको हो त्यसको नतिजा कति गुणस्तरको हो भन्ने वारेमा सेवाग्राहीहरु वेखवर छन ।

कुन वर्गका कति ल्याव छन्
A वर्गका जम्मा सात वटा ल्याव सुचीकृत भएका छन् । मेडिसिटी हस्पिटलका ल्याव सहित ४ वटा काठमाण्डैमा छन् भने पोखरा, विरगंज र बुटवल सहित ३ वटामा मोफसलमा छन् । यस्तै B वर्गका २९ वटा ल्याव सुचीकृत छन् । C वर्गका १९६ वटा ल्याव दर्ता तथा सुचीकृत रहेका छन् । D वर्गका ५९ वटा ल्याव सुचीकृत छन् । नेपालभरमा सञ्चालित हजारौ ल्यावका मध्य २९१ वटा ल्याव मात्र दर्ता भई सेन्टर ल्यावको अभिलेखमा सुचिकरण भएका छन् वाँकी कानुन विपरित सञ्चालन भइरहँदा पनि सरकार मौन छ ।

पोखराका कति ल्याव वर्गीकरणमा सफल छन् ?
पोखरा महानगरपालिकामा कति वटा ल्याव सरकारी अभिलेखमा वर्गिकरण भित्र छन् भन्ने तथ्यांकको सुची लामो छ । यहाँका न्युन संख्यामा ल्यावमात्र वर्गिकरणमा दर्ता भएको केन्द्रिय प्रयोगशालले वताएको छ । एक सय भन्दा वढी ल्याव पोखरामा सञ्चालित रहेका छन जसमा पनि करिव ३० वटा अस्पतालमा ल्याव चलिरहेका छन जनस्वास्थ्य प्रयोगशालामा वर्गिकरण भएका छन ।
वर्गिकरण भएका मध्य ए वर्गका लाइफ केयर डाइग्नोस्टिक रहेको छ । उक्त ल्यावको मापदण्डको वारेमा प्रश्न उठेकाले एक महिना भित्र ग्रेडिङ पुनरावलोकन हुन सक्ने वताइएको छ । यस्तै वि श्रेणीमा युनाइटेड रेफरेन्स ल्याव्रोटरी सुचिकृत भएको छ । केहि हप्ता अघि मात्र यु.आर. एलको पनि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गरेको छ ।
यस्तै सि वर्गका सिद्धार्थ प्याथालोजी ल्याव रहेको छ । वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्नै सुचिकृत संस्थामा सिद्धार्थ प्रयोगशाला रहेको छ । सि वर्गमा हिमालय पोली क्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रस्याङ नमस्ते ल्याव सेन्टर कास्की मोडेल ल्याव सर्भिस र रत्न पोली क्लिनिक एण्ड मेडिकल रहेको पाइएको छ । पोखरामा भएका कुल ल्यावहरु मध्य १० प्रतिशत ल्याव पनि कानुन वमोजिम वर्गिकरणमा नजानुलाई अरजताको पराकाष्ठाको रुपमा हेरिएको छ ।

 

के भन्छ महानगर?
संघियता कार्यान्वयन संगै स्वास्थ्य संस्था अनुगमन तथा नियमन गर्न दायित्व पालिका सरकारसम्म आइ पुगेको छ । २५ शैया सम्मको अस्पताल र त्यसभित्र सञ्चालित ल्याव एक्सरे र सि भन्दा तलका श्रेणीमा ल्यावहरु हेर्ने अधिकार महानगर पालिकामा सरेको छ । महानगरका स्वास्थ्य महाशाखा प्रमुख समेत रहेका हेमन्त शर्मा अनुगमनलाई निरन्तरता दिने वताँउछन् ग्रेडिङ नगरी वर्षौ देखि चलिरहेका प्रयोगशालाको नविकरण गर्दा ग्रेडिङ सर्टिफिकेट मागिएको शर्माले दावी गरे । शर्माले भने जस्तै ग्रेडिङ सटिफिकेट नल्याई नविकरण नगर्नै हो भने सवै प्रयोगशाला वर्गिकृत र नियमित हुन सक्ने अपेक्षा गरिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: