युवा दिवसमा कास्की ट्रेड युनियन कांग्रेसको युवा नेतृत्व विकास प्रशिक्षण

सराङकोट न्यूज
13 August, 2019 3:09 pm

पोखराः अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस कास्की जिल्ला समितिले युवाहरूलाई नेतृत्व विकास प्रशिक्षण आयोजना गरेको छ ।

प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नु हुँदै नेपाली कांग्रेसका नेता देवराज चालिसेले बेरोजगारी समस्याका कारण विदेशिन बाध्य युवाहरुलाई दिगो रोजगारी व्यवस्था नगरी वर्तमान सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा राज्यको अरबौ रुपैयाँ सकाएर अनुत्पादक कार्यमा राज्यको ढुकुटी रित्याएको आरोप लगाउनु भयो ।

Advertisements

उहाँले थप्नु भयो – हेल्मेट र बुट किन्नमै एक अरब भन्दा बढी खर्च गरेको देखिन्छ के यो स्वाभाविक छ रु नतिजा नआउने कार्यमा ढुकुटी दोहन गर्नु र अस्वाभाविक खर्च भ्रष्टाचार नै भएकोले युवा शक्तिले यस्ता गलत कार्यहरुको सशक्त विरोध गर्नु पर्ने विचार राख्नु भयो । ट्रेड युनियन कांग्रेसका उपमहासचिव राजेश पालिखेले बेला बेलामा सरकारको ट्रेड युनियनलाई नियन्त्रण गर्ने विचार आउनु दुखद रहेको बताउनु भयो ।

प्रेस युनियन कास्किका अध्यक्ष नविन सिग्देलले युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्नु पर्ने बताउनु भयो । कास्की जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत श्रमिक युवा नेतृत्वहरुलाई नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङले ट्रेड युनियन आन्दोलन एवं युवा नेतृत्व र निर्मल कुमार घिसिङ र सुदिप बुढाथोकी लगायतले प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षण कार्यक्रमको उदघाटन सत्रमा ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य जित ब गुरुङ, गण्डकी प्रदेशका अध्यक्ष मुररी शर्मा, नेपाल नाई संघका वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुर, कास्की ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष कुलदेवी बराल,कारखाना श्रमिक संघका उपमहासचिव केशव भट्टराई, छापाखाना तथा सम्बद्ध श्रमिक संघ, गण्डकी प्रदेशका अध्यक्ष निर्दोष डुम्रे, कास्की जिल्ला कार्य कार्य समितिका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कास्की जिल्ला युवा समिति अध्यक्ष सुर्य पराजुलीले स्वागत, सचीव गणेश कार्कीले संचालन र ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: