नोवेल एकेडेमी र चरक एकेडेमीले झुक्याए, अख्तियारको मौनता काउन्सिललाई राहत

सराङकोट न्यूज
27 August, 2019 3:46 pm
Advertisements

स्वास्थ्य मन्त्रालयले करिव १० वर्ष अगाडि २०६७ सालमै परिपत्र गरेर चिकित्सा शिक्षा पढाउने कलेज, एकेडेमी वा इन्स्टिच्युटहरुलाई आफ्नै अस्पताल खोल्न निर्देशन गरेको थियो। मन्त्रालयले सिटिइभिटी नसिङ काउन्सिल समेतलाई जवाफदेहि हुन आग्रह ग¥यो तर आजसम्म मन्त्रालयको निति, निर्देशनलाई अधिकांस स्वास्थ्य शिक्षा कार्यक्रम चलाउने एकेडेमीहरुले अवज्ञा गर्दै आए ।
राजनीतिक आडमा र पैसाको वलमा निति नियमलाई पंगु वनाउने काम अझै पनि रोकिएको छैन । नेपालका सय भन्दा वढी स्वास्थ्य शिक्षा कार्यक्रम चलाउने संस्या हरुको आफ्नो अस्पताल छैन । सरकारी अस्पतालका मेसुलाई चित्त वुझाएर होस् वा निजि मेडिकल कलेज र अस्पताल संग टासिएर व्यापार चलाउदै आएका छन् ।

नोवेल एकेडेमीको अस्पतालनै छैन

पोखराको न्यूरोडमा रहेको नोवेल एकेडेमीले वि.एस.सि. नर्सिङ कार्यक्रम चलाउँदै आएको छ । पूर्वाञ्चल विश्वविद्यालय विराटनगरवाट सम्वन्धन पाएको नोवेल एकेडेमी सँग क्लिनिकल अभ्यास गर्ने अस्पतालको सम्झौता समेत नरहेको पाइएको छ । एकेडेमीका अपरेशन मेनेजर दिनेश भण्डारीसँग क्लिनिकल अभ्यास गर्ने अस्पतालको सम्झौता पत्र माग्दा आफूलाई थाहा नभएको वताए । उनले चरक मेमोरियलमा अभ्यास गराउने वताए पनि त्यसको आधिकारिकता केहि नरहेको पाइयो ।
एकेडेमीको सिट निर्धारण गर्ने नियामक निकाय नेपाल नर्सिङ काउन्सिलले समेत निरिक्षण अनुगमन नै नगरी एकेडेमीको कमजोरीलाई ढाक छोप गरिदिएको पाइएको छ। नयाँ शैक्षिक सत्रको भर्ना गर्नु दुई महिना अगाडि नै अस्पताल सम्बन्धी शैया निर्धारण गर्नु पर्छ तर एक वर्षमा एक पटक पनि अनुगमन नगरी नर्सिङ परिषद्ले आफ्नो अस्पताललै नभएको नोवेल एकेडेमीलाई वि.एस.सि. नर्सिङ कक्षाको भर्ना गर्न वाटो खुलाइदिएको अप्रेशन मेनेजर दिनेश भण्डारीले वताए । विश्व विद्यालय, नर्सिङ काउन्सिल कोही पनि अनुगमनमा नआई वि.एस.सि. नर्सिङ भर्ना स्वीकृत भयो ।
नियमनकारी निकायको यो मौनता रहस्यमयी वनेको छ । वि.एस.सि. नर्सिङ पढ्ने विद्यार्थीहरु ले कहाँ कुन अस्पतालमा क्लिनिकल अभ्यास गर्ने भन्ने एकिन छैन । यस अघि फेवा सिटी अस्पताल सँग सम्झौता गरेका थिए । उसको आफ्नै पि.सि.एल नर्सिङ कार्यक्रम भएका कारण वि.एस.सि. नर्सिङ प्रयोगात्मक गर्नु गैह्रकानूनी हुने भएपछि सम्झौता तोडिएको थियो ।

गैह्र जिम्मेवार नर्सिङ काउन्सिल

राज्यकोषबाट सेवा सुविधा खाएर नर्सिङ शिक्षालाई व्यवस्थित र नियमन गर्न गठित नेपाल नर्सिङ काउन्सिल कार्यक्षेत्रमा निरिह पाइएको छ । राजधानी काठमाण्डौं हप्तै पिच्छे अनुगमनका नाममा टिएडिए काटेर पोखरा आउने पदाधिकारी तथा सदस्यहरुले पोखरामा रहेका नर्सिङ कलेजहरुको अनुगमन तथा निगरानी नगरी भ्रमण भत्ता पचाउने गरेका छन् । अनुगमन गर्दा विभिन्न कमि कमजोरी देखिने भएपछि कलेज संचालक र काउन्सिलको मिलेमतो राम्रै जम्ने गरेको कुरा यहाँको कलेजहरुको वेथितिलाई वेलगाम छोडिसबाट स्पष्ट वुझ्न सकिन्छ ।
नर्सिङ काउन्सिल आफ्नै वेवसाइट अपडेट गर्न असक्षम प्रमाणित भएको छ । वेभरनाइटमा नोवेल एकेडेमीले गण्डकी मेडिकल कलेजलाई क्लिनिकल अभ्यास गर्न अस्पताल तोकिएको छ तर उसले चरक मेमोरियलसँग सम्झौता भएको वताएको छ । कुन अस्पताल सँग सम्झौता भएको छ भन्ने वारे एकिनै नभई कसरी भयो सिट निर्धारण कसरी दिइयो भर्ना अनुमती ? हचुवाको भरमा चिकित्सा शिक्षाको कार्यत्रम चलाउन दिँदा मोटै आर्थिक चलखेल भएको आंशका गरिएको छ।
यस्तै पोखरा १३ मा रहेको चरक एकेडेमीको पनि आफ्नो अस्पताल छैन । उसले किराना पसल जस्तै गरि नर्सिङ कलेज चलाएको छ । वि.एन. का. विद्यार्थीलाई फेवासिटी लगेको छ, पिसिएल नर्सिङका विद्यार्थीलाई गण्डकी मेडिकल कलेजमा पठाएको छ तर पनि नर्सिङ काउन्सिलको आधिकारिक वेवसाइटमा भने ३ सय वेडको चरक अस्पतालमा क्लिनिकल प्राक्टिल गर्ने उल्लेख गरेको छ । काउन्सिलले ३ सय वेडको चरक अस्पताल कहाँ छ जनतालाई देखाउन सक्ला ?
यसले के पुष्टि गर्छ भने नेपाल नर्सिङ काउन्सिल हचुवाको भरमा चलाइएको छ । अवैध कार्यलाई वैधता दिन पार्टीका कार्यकर्तालाई जागिर खुवाएर पार्टीकै नर्सिङ कलेजहरुलाई संरक्षण गरिएको छ । फिल्ड अनुगमन पनि नगर्ने वेवसाइट अपडेट पनि नगरिएवाट काउन्सिल र कलेज वीचको मिलेमतो पुष्टि गरेको छ ।

विएससि नर्सिङ पढ्न १२ लाख

आफ्नो अस्पताल वनाउँछु भने र गतवर्ष प्रेस मिट गरेका विश्वेश्वर आचार्यले स.चालन गरेको नोवेल एकेडेमीले अहिले सम्म हस्पिटलले निर्माण सुर सार समेत गरेका छैनन् । विद्यार्थीलाई चार तिर दौडाएर प्राक्टिकल गराए पनि विद्यार्थी सँग मोटो शुल्क उठाउने गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालय सँग सम्वन्धन लिएको नोवेल एकेडेमीले वि.एस.सि. नर्सिङ पढ्ने विद्यार्थीवाट ११ लाख ९० हजार असुल्ने गरेका छन् । नोवेल एकेडेमीले उपलव्ध गराएको शुल्क चार्ट अनुसार चार वर्षे नर्सिङ कोषको ११ लाख ९० हजार वाहेक विश्वविद्यालय दर्ता शुल्क, परिक्षा शुल्क क्लिनिकल अभ्यास र समुदाय सम्म पुग्ने भाडा अलग तिर्नुपर्ने छ । यस्तै वि फार्मेसी पढ्ने विद्यार्थी वाट मासिक शुल्क र भर्ना शुल्क वाट मात्र ८ लाख २० हजार ५ सय रुपैयाँ असुल गर्ने गरेका छन् ।
पूर्वाञ्चल विश्व विद्यालयका स्वास्थ्य विज्ञान महाशाखा विराटनगरका कर्मचारी राजन गुरागईका अनुसार विश्व विद्यालयले वि.एस.सि. नर्सिङका लागि ७ लाख पुरा शुल्क तोकिएको वताउँछन् । कलेजले शुल्क हेरफेर गर्न सक्ने जुरागाइले वताए तर अस्वभाविक ढंगले चर्को शुल्क लिन नमिल्ने वताउँछन् तर नोवेल एकेडेमीका मेनेजर दिनेश भण्डारी भन्ने एलाइड साइन्स एसोशिएसनले शुल्क निर्धारण गर्ने गरेको वताउँछन् । उनको भनाइवाट नर्सिङ शिक्षाको शुल्क निर्धारण मा संस्थाको सिण्डिकेटलाई हावी रहेको पुष्टि हुन्छ ।
चिकित्सा शिक्षा ऐन जारी भइसक्दा पनि अझै विकृति घटेको छैन । मापदण्ड पुरा नगर्ने हस्पिटलै नभएका, कम वेडका अस्पताल भएका वाट दिइने नर्सिङ शिक्षामा गुणस्तरको अभाव निश्चित छ । जनतासँग असुल गरेका लाखौं रुपैयाँबाट सुविधा सम्पन्न अस्पताल वनाएर पूर्ण तथा प्रयोगात्मक गराएर मात्र गुणस्तरिय जनशक्ति आपुर्ति हुन सक्छ । जनताको स्वास्थ्य उपचारमा प्रत्यक्ष संलग्न रहनु पर्ने क्षेत्र भएक कारण कहि कतैवाट कमि कमजोरी हुन दिनु हुन्न ।
मनोमानी ढंगबाट भर्ना अनुमती दिने, अनुगमन, निरिक्षण नै नगरी सिट संख्या निर्धारण स्वीकृति प्रदान गर्ने कार्य, पदिय दायित्व निर्वाह नगरी स्वार्थ समूहलाई मद्दत पुग्ने गरी कार्य गर्ने नर्सिङ काउन्सिल, सिटिइभिटी, पूर्वाञ्चल विश्व विद्यालय र चर्का शुल्क असुल गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने कलेज र एकेडेमीका गतिविधि छानविन गर्न अख्तियारको सकृय छानविन जरुरी रहेको वताइएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: