सिद्धार्थ इन्स्योरेन्सको ढिलासुस्तीले किसान दिक्क, ३५ दिनभित्र पाउनुपर्ने विमा दावी ९० दिनमा पनि आएन

सराङकोट न्यूज
27 August, 2019 3:51 pm
Advertisements
Advertisements

पशुधनको सुरक्षा गर्ने उद्देश्यले सरकारले अनुदान दिएर ल्याएको विमा निति विमा कम्पनीहरुको ढिलासुस्तीका कारण भुक्तानीमा समस्या निम्तिएको छ । विमितले पशुधनको क्षति वापत पाउनु पर्ने विमा रकम महिनौ सम्म पेण्डिङ हुन थालेपछि पशु पालक किसानहरु मर्कामा परियो भन्दै गुनासो गर्न थालेका छन् ।
पोखरा २८ कालिकाको सरोज पशुपालन तथा अर्गानिक फार्मका संचालक प्रकाशरमण अधिकारीले आफ्नो दुई वटा माउ वाख्रा जेष्ठ २३ गते मरेको र २५ गते सवै कागज पत्र सहित राखेर विमा रकम दावी गरेको भए पनि ३ महिना वित्न लाग्दा पनि विमा दावी नपाएको अधिकारीले दुःख व्यक्त गरे ।
प्रकाशले पालेको वाख्राको विमा सिद्धार्थ इन्स्योन्समा गरिएको छ । सरकारले किसानको पशुधनको लगानी सुरक्षित गर्न ७५ प्रतिशत प्रिमियम अनुदान दिदै आएको छ । सरकारको विमा नितिले किसानलाई प्रत्यक्ष राहत पुगेको छ उनिहरुको लगानी सुरक्षा को सुनिश्चित भएको छ तर विमा कम्पनीहरुको ढिलासुस्तीको रोगका कारण सरकारको निति नै लगंडो वन्ने अवस्थामा पुगेको वताइएको छ ।
विमा कम्पनीहरु प्रिमियम उठाउन दिनको हिसाव गर्छन् र दवाव दिन्छन् तर किसानले आफ्नो पशु चौपाया दोपाया मरेको विमा दावी महिनौं सम्म पनि नपाउने अवस्थाले विमा क्षेत्र प्रति आम मानसिक नकारात्मक धारणा वन्न पुगेको छ । सिद्धार्थ इन्स्योरेन्स पोखरा कार्यालयका कर्मचारी नवराज पौडेलसँग प्रतिकृया लिँदा आफूहरुले सवै कागजपत्र केन्द्रिय कार्यालय पठाइदिएको वताए । उता केन्द्रिय कार्यालयका विमा दावी भुक्तानी हेर्ने अधिकारी नविन सुवेदी सँग सम्पर्क गर्न खोज्दा उनि सम्पर्कमा आउन चाहेनन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: