‘दुधको पोका’मा कन्सल्टेन्सीको नम्वर !

सराङकोट न्यूज
4 September, 2019 3:36 am

डेरीवाट उत्पादित दुधलाई खान पिउन योग्य मानिन्छ । सरकारी निकायमा दर्ता भई अनुज्ञा इजाजत पत्र लिएर संचालनमा रहेको डेरी उद्योगहरुले पुर्याउनु पर्ने प्रकृया समेत नपु¥याई दुध प्याकिङ गरेर वजारमा पठाउने गरेको पाइएको छ ।
कास्कीको लेखनाथमा रहेको वजगाई डेरी द्धारा उत्पादित सञ्जिवनी व्राण्डको दुधको ¥यापरमा गलत फोन नम्वर छापिएका कारण उपभोक्ताहरुले उक्त दुधको वारेमा कुनै सिकायत समेत गर्न पाएका छैनन् ।
सञ्जिवनी दुधको पाउंचमा ०६१–५६०६७८ नम्वर प्रिन्ट गरिएको छ । उक्त नम्वरमा उपभोक्ताले सम्पर्क गर्दा मिराई कन्सल्टेन्सीमा उठ्ने गरेको छ । मिराइ कन्सल्टेसी लेखनाथको तालचोकमा रहेको छ । कन्सल्टेन्सीका प्रोपाइटरले दुधको पोकामा रहेको नम्वर भन्दै पटक पटक फोन आउने र कतिपय उपभोक्ताले गाली गर्ने गरेको गुनासो गरे । कल्सन्टेन्सीले ५–६ वर्ष पहिल्यै उक्त नम्वर लिएको दावी गरेको छ ।
वजगाई डेरीले ५–६ वर्ष पहिलाको ¥यापरमा गलत फोन नम्वर राखेका कारण दुधका उपभोक्ताहरुले गुनासो गर्ने अवसरवाट वञ्चित भएका छन् । यस वारेमा उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाको ध्यानाकर्षण गराउँदा ¥यापरमा गलत सूचना राख्नुले व्यवसायी कर्तव्य पुरा नगरेको वताए ।
यता वजगाई डेरीका संचालक ज्ञानेन्द्र वजगाई भुलवशं कामदारले पुरानो ¥यापरमा दुध प्याकिङ गरेकोले गल्ती भएको स्वीकार गर्छन्। डेरी उद्योगको लापरवाहीलाई यसले प्रष्ट गरेको छ । सोही डेरीको अर्को उत्पादन सञ्जिवनी दहीमा प्रिन्ट गरिएको नम्वर ०६१–४११६७८ नम्वर भने डेरी कै रहेको छ । डेरी उद्योगले आफ्नो उत्पादनको प्रकृया समेत पु¥याउन नसक्नुलाई विडम्वना मानिएको छ। राज्यका निकायले छानविन गर्न जरुरी छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: