हेविवेट भनिनेहरुको सम्पत्ती छानविनमा, विभागले दवाव थेग्न सक्ला ?

सराङकोट न्यूज
25 September, 2019 12:43 pm

सम्पत्ती शुद्दिकरण अनुसन्धान विभागले नेपालका हेविवेटहरुको सम्पत्तीको स्रोत खोज्ने तुरुप फालेर चर्चा बटुलेको छ । यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन सुरु गरेको यस प्रकरणमा स्रोत नभएको अकुत सम्पत्ती छानविन गर्ने तत्परता देखाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सयभन्दा बढी हाइ प्रोफाइलका व्यक्तिहरुका बारेमा भ्रष्टाचार निवारण ऐन बमोजिम छानविन भइरहेको भन्दै केहि दिन भित्रै छानविन नतिजा सार्वजनिक गरिने दावी गरेको थियो । अख्तियारको दावी पुष्टी हुने गरी नतिजा बाहिर नआएपछि सम्पत्ती शुद्दिकरण अनुसन्धान विभागले झण्डै दुई दर्जन व्यवसायी घरानाका सञ्चालक र केही उच्च सरकारी अधिकारी विरुद्ध एक्सन लिएको छ ।
विभागले अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यात र आयुक्त राजनारायण पाठकसँग ठुलो सम्पत्ती विवरणको स्रोत नभएको ओशका गरेको छ । सरकारी उच्च अधिकारी रहँदा आकर्षक अड्डामा प्रमुख हुने मौका पाएका बस्न्यात पछि अख्तियार प्रमुख रहंदा उनले थुप्रै मुद्दाका फाइलहरु तामेलीमा पठाएका थिए ।
यस्तै छानविनमा रहेका मध्य अख्तियारकै आयुक्त राजनारायण पाठक अख्तियारमा रहंदा विभिन्न ठुलो भ्रष्टचारीसँग मिलेमतो गरि अकुत सम्पत्ती जोडेका थिए । उनि हाल सेवा निवृत रहेका छन् ।
यस्तै मेडिकल कलेजका सञ्चालकहरु पनि विभागको छानविनमा परेका छन्। गण्डकी मेडिकल कलेजका सञ्चालक अध्यक्ष खुमा प्रसाद अर्यालको करोडौ सम्पत्तीको श्रोत नभेटिएपछि तत् सम्बन्धमा सम्पत्ती शुद्दीकरण अनुसन्धान विभागले छानविन गरिरहेको छ । मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीबाट नियम भन्दा बढि पैसा असुल गरेको आरोपमा प्रकाउ परेका उनि १७ लाख धरौटी राखेर वैशाखमा रिहा भएका थिए ।
मेडिकल कलेज खोल्ने तयारीमा रहेका मार्सी भाते दुर्गा प्रसाई विरुद्ध पनि विभागले छानविन जारी राखेको छ । उनी ठुला दलमा नेता समेतको चित्त बुझाएर करोडौ अनियमित सम्पत्ती जोड्न खप्पीस मानिन्छन् ।
यस्तै नेशनल मेडिकल कलेजका सञ्चालक वसुरुद्धिन अन्सारी, नोवेल कलेजका सञ्चालक सुनिल शर्मा विरुद्ध पनि विभागले छानविन गरिरहेको पाइएको छ ।
अख्तियार र विभागले स्वतन्त्र रुपले काम गर्न पाए ठुलै नतिजा दिन सक्छन तर काम गर्न स्वयम् सरकारका जिम्मेवार व्यक्तिले रोक्ने गरेका छन् । लहरो तान्दा पहरो नै लड्ने भएपछि शक्ति केन्द्रहरु नै छानविन रोक्न मरिमेटेर लाग्ने गरेका छन् ।
वौद्ध धर्म गुरु आनी छोइङ डोल्माको हङकङवाट आएको झण्डै २० करोड रुपैयाँको स्रोत नखोज्न प्रधानमन्त्री कार्यालयबाटै दवाव आएपछि विभागको अनुसन्धान प्रभावित हुने देखिएको स्रोतले बताएको छ । आनी जस्ता दर्जनौ धर्म गुरुहरुको करौडौ सम्पत्ती स्रोत खुल्न सकेको छैन । सुशासनका लागि होस कदम चाल्न निर्मम भएर लाग्नु पर्ने अवस्था छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: