फार्मेसी र नर्सिङ दुवै अलपत्र

सराङकोट न्यूज
23 October, 2019 12:11 pm

निजी क्षेत्रका कलेज सञ्चालकहरुको चलखेलका कारण फार्मेसी र नर्सिङ पढने पाइपलाइनमा रहेका विद्यार्थीहरु अलपत्र परेका छन । पोखरा–११ को काँहु भञ्ज्याङमा रहेको वेस्र्टन हेल्थ साइन्स एकेडेमीले अन्य प्रदेशवाट बढि शुल्क उठाउने विद्यार्थी भर्ना गर्ने नियतले कलेजले भर्ना आह्वान नै गरेन। अहिले कटअप लिस्टवाट अन्य प्रदेशको भर्ना लिने खेल भइरहेको छ । यस विषयमा सिटिइभिटी केन्द्रका स्तर निर्धारण महाशाखा प्रमुख जिवनारायण काफले समेत अन्य प्रदेशवाट कटअप लिस्ट भर्ना लिने निर्देशन दिइरहेका छन। वेस्र्टन हेल्थ साइन्स एकेडेमीको सेटिङमा भइरहेको यो प्रपञ्च सिटिइभिटीकै गण्डकी प्रदेश प्रमुख भुवनेश्वर ढुङगानालाई मन चित्त परेकै छैन । उनि गण्डकी प्रदेशभित्रकै प्रतिक्षा सूचिबाट नतिजा निकाल्नुपर्ने वताइरहेका छन । गण्डकी प्रदेश सरकार पनि आफनै प्रदेशका विद्यार्थी भर्ना गर्नुपर्ने बताँउदै आएका छन ।
१६३ जनाले आवेदन दिएका छन । फाराम सिटीइभिटीमा सुरक्षित तर नतिजा निकाल्न सकिएको छैन । विद्यार्थीहरु अन्योलको भुवरीमा छन । साढेको जुधाइमा विद्यार्थीहरु मिचिएका छन । केन्द्र र प्रदेशबीच दोहोरी चलिरहेको छ । प्रदेशले निर्णय दिन नसकेपछि केन्द्रमा नै फाइल फिर्ता गर्ने तयारी गरिएको वुुझिन आएको छ । यसरी प्रदेशले निर्णय नदिएपछि केन्द्रले प्रदेश ५ र २ वाट झिकाइएको विद्यार्थीहरुलाई भर्ना गर्ने र गण्डकी प्रदेश भित्रको कान्तिपुर ईन्सीच्युट अफ हेल्थ साइन्सका विद्यार्थीहरुलाई अलपत्र पार्ने खेल भइरहेको छ । तिहारको विदा छेउमा पारेर सिटिइभिटी केन्द्रले गण्डकी प्रदेशका विद्यार्थीहरुलाई पन्छाएर छिन्नमस्ता र भैरहवाका विद्यार्थीलाई भर्ना लिने गरी निर्णय हुने वुझिएको छ । यो निर्णयपछि सिटीइभिटी प्रदेश कार्यालयलाई पेण्डुलम बनाउने अवस्था आएको छ । यस्तै ताण्डव पद्य नर्सिङ होम सिटीइभीटी र नर्सिङ काउन्सिल वीच चलिरहेको छ । कलेज चलाउन नसक्ने पद्य नर्सिङ होम आफै धरापमा छ ।
२०७६ असार मसान्त वाट घर धनी र हस्पिटल वीचको भाडा सम्झौता सकिएको छ। पद्य नर्सिङ होमले आफनो सेवा नदिपुर स्थित साविक बुद्ध हस्पिटलवाट सेवा सुरु गर्ने गरि अघिल्लो आर्थिक वर्षमै ठाँउ सारीएको सूचना प्रकाशन भएको थियो । तर पनि पद्य नर्सिङ होम न्युरोडवाटै सेवा सञ्चालन गरिरहेको छ । आर्थिक तथा राजस्व कानुनमा त्यसो गर्नुलाई अवैध मानिने जानकारहरु बताँउछन ।
अस्पतालको ठाँउ सारी गरिएको सुचना दिएपनि काम सारी नभएवाट पद्यले कानुन विपरित जोखिम उठाएको छ । मेजर अप्रेशन हुने पद्य नर्सिङ होममा क्रिटिकल केयर युनिट आइसियु एनआइ.सि.यु.समेत छैन जसले अस्पतालको मापदण्ड र कानुनलाई लत्याएको मात्र छैन अपरेशन हुने विरामीको स्वास्थ्यमा गंभिर जोखिम उठाएको छ । क्रिटिकल केयर नहुँदा अप्रेशन गरेका विरामीको स्वास्थ्य गंभिर भएमा क्रिटिकल केयर नपाई ज्यानै जान सक्ने अवस्थाबाट पद्य नर्सिङ होमले उपचार गरिरहेको छ । कानुनी रुपले अस्पताल नदिपुरमा छ भने हस्पिटल संझौता सकिएको भवनमा उपचार गर्दा पनि हस्पिटल व्यवस्थापन रितपूर्वक काम गर्न आनाकानी गरिरहेको छ ।
नियमकारी सरकारी निकायको अकर्मण्यताको हिसाब किताव झन बुझिनसक्नु कै छ । दुई वर्ष देखि करचुक्ता नभएको भवन सम्पन्न समेत नलिएको पद्य नर्सिङ होम जसले अख्तियारको छानविन पछि भर्ना रोकिएकोमा मिति २०७६ असोज १७ गते रहस्यमय ढंगले सिटीइभिटीले पद्यकै नाममा भर्ना अनुमती प्रदान गरेको सुचना प्रकाशन गरेको थियो । तर झण्डै साढे दुई करोड खर्च गरेर किनेको दावी गर्ने रिजनल हस्पिटलले आफुले नर्सिङका विद्यार्थी भर्ना लिई सकेको दावी गर्दै पत्रपत्रिकामा विज्ञापन समेत गरेको छ । कानुनी प्रकृया समेत नपुगेको भन्दै सिटिइभिटी प्रदेश कार्यालयले पद्य नर्सिङको विद्यार्थी भर्ना आवेदन फार्म रिजल्ट नै नगरी कात्तिक ४ गते केन्द्रमा पठाइदिएको प्रदेशका निर्देशक ढुंगानाले बताए । फार्मेसी र नर्सिङ दुवैको फाइल केन्द्र पठाइदिएँ ढुंगानाले भने । गण्डकी प्रदेश सरकार र अख्तियारले समेत छानविन गर्ने संकेत पाएपछि प्रकृया नपुगेको काम आफुले गर्न नपाएकोले केन्द्र पठाइएको ढुंगानाले बताएका छन्।
रिजल्ट नै नभएको विषयमा नर्सिङ कलेज सञ्चालन गर्ने भन्दै भ्रमपुर्ण विज्ञापन गर्ने विद्यार्थी र आम नागरिकलाई झुक्याउने कार्य उपर स्थानीय प्रशासनको छानविन हुनुपर्ने माग गरिएको छ ।
चिकित्सा शिक्षा कानुन सम्मत र गुणस्तरीय हुनुपर्छ भन्ने विषयमा सरोकारवाला निकाय सबै एकमत हुनुपर्छ । चिकित्सा शिक्षालाई व्यापारिक दृष्टिले हेर्ने कार्य अन्त्य गर्नु आवश्यक छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: