सरकारी विद्यालयका घर जग्गा वोर्डिङलाई !

सराङकोट न्यूज
12 November, 2019 3:53 am

कसरी उठ्छ शिक्षामा राज्यको लगानी ?

सरकारी लगानीमा चलेका सामुदायिक विद्यालयहरु उसै त गुणस्तरीय शिक्षा दिन असफल छन् भने छेवैमा निजि वोर्डिङ खुलाउन आफ्नै घर र जग्गा भाडामा दिदै आएका छन् । त्यसले झनै सामुदायिक विद्यालयलाई ओझेलमा पारेको छ सर्पले भ्यागुतो निले जस्तै गरी वोर्डिङले सामुदायिक विद्यालय निल्दै लगेको थुप्रै फेहरिस्तहरु साक्षी छन् ।
७५ रोपनी जग्गाको धनी संस्कृत मा.वि. आफ्नो घर जग्गा भाडा उठाएर स्कुल चलाउदैछ । सरकारी वजेटमा वनेको सुविधा सम्पन्न पक्की भवन निजि मन्टेश्वरीलाई भाडामा लगाएको छ । छेउका जग्गाहरु उद्योगलाई दिएको छ, वाँकी चौर वसपार्क वनेको छ।
संस्कृत मा.वि. सँगै दुई वटा निजि विद्यालय छन् लिटिल स्टेप र पास्कल । यि दुवै घर र जग्गा संस्कृत माविले भाडामा दिएको हो। संस्कृत मा.वि. शैक्षिक प्रतिष्ठान हो कि भाडा उठाउने प्रतिष्ठान सोच्न वाध्य भइन्छ ।
सरकारी वजेटम वनेको भवन निजि वोर्डिङलाई दिइएको विषयमा यस अघि पनि सराङकोटले खोज खवर प्रकाशन गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान पोखराले समेत छानविन गरिरहँदा उक्त प्रकरणमा अझ सम्म ठोस निकास केहि आएको छैन ।
यस्तै पोखरा १ टुडिखेलको राष्ट्रिय मा.वि.ले आफ्नो कम्पाउण्ड सँगैको जग्गा अञ्जुली वोर्डिङलाई भाडामा लगाएको छ । वर्षौ देखि भाडामा लगाएको मध्य १६ लाख रुपैयाँ भाडा वकौता रहेको समेत वुझिन आएको छ । राष्ट्रिय मा.वि. व्यवस्थापन समितिले अञ्जुली वोर्डिङलाई भाडामा दिएको जग्गा फिर्ता ल्याउन पहल गरेको दावी गरेको छ तर आजसम्म कुनै उपलव्धी हासिल हुन सकेको छैन ।
सरकारी विद्यालय राष्ट्रिय मा.वि.मा हाल २४ सय विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यार्थीको चाप हरेक वर्ष वढिरहेको छ । अवका दिनमा वोर्डिङलाई दिएको जग्गा र वालज्योती प्रा.वि. रहेको भवन समेतलाई एकिकृ गरी नमूना माध्यमिक विद्यालय वनाएर कम्तिमा चार हजार भए खाने वर्गका छोराछोरीलाई शिक्षा दिने कार्ययोजना वनाउने चुनौती राष्ट्रिय मा.वि. माथि रहेको छ ।
सरकारी जग्गा र घर निजि कम्पनीका वोर्डिङलाई प्रदान गर्नु किमार्थ राम्रो होइन । राज्यले गरेको लगानीलाई जिवन उपयोगी शिक्षामा लगाउन दिर्घकालिन योजना ल्याउन र स्थानिय सरकारले त्यसलाई पछ्याउन उत्तिकै अपरिहार्य विषय वनेको छ । आम नागरिकको पक्षमा राष्ट्रिय मा.वि. संस्कृत मा.वि.ले वेलैमा सोच्न जरुरी छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: