क्रसरको कर छलिबारे छानविन गरिने

सराङकोट न्यूज
13 November, 2019 7:50 am
Advertisements
Advertisements

निर्माण सामग्री उत्पादक कम्पनीहरुले भ्याट छल्न न्यून विजक जारी गर्ने गरेको पाइएको छ । कास्की र तनहुँको सिमानामा रहेका अधिंकाश क्रसर उद्योगहरुले ढुंगा, गिटी वालुवाको विक्रीमा न्यून विजक दिएको प्रमाण सराङकोट साप्ताहिकलाई प्राप्त भएपछि यस्तो रहस्य वाहिर आएको हो ।
ति कम्पनीहरुले हजारौं विल जारी गर्ने गरेका छन् । ६ हजार पाँच सयमा विक्री गरेको १ ट्रिप वालुवा को विल जम्मा एक हजार पाँच सयको मात्र काटिएको छ । भने यस्तै ६ हजार पाँच सयमा विक्री गरेको एक ट्रिप गिटीको एक हजार रुपैयाँ मात्र विल काटिएको छ ।
पोखरा २९ मुसेटुडेमा रहेको कार्य सिद्धि विनायक निर्माण सामाग्री उद्योग प्रा.लि.ले कार्तिक तेस्रो सातामा काटेको विल अनुसार ४ महिनामा करिव ७ हजार विल काटिएको देखिन्छ । प्रति विल पाँच हजार कम काटिँदा महिनाका १० औं लाख भ्याट छलि हुन सक्ने अनुमान गरिएको छ ।
यस अघि प्रहरीले राजमार्गमा चेक गर्ने गरेको थियो । पछिल्लो समय प्रहरीको चेकिङ समेत नभएको मौका छोपी क्रसर उद्योग व्यवसायीहरुले कर छल्ने धन्दालाई निरन्तरता दिएको वुझ्नि आएको छ ।
उक्त कम्पनीले कति कर छलेको छ भन्ने वारेमा आन्तरिक राजस्व विभागले गर्ने छानविन पछि मात्र खुल्ने छ । प्राकृतिक स्रोत साधन माथि गरिने दोहन र तत्सम्वन्धि हुने व्यापार कारोवारमा व्यापाक चुहावट हुने गरेका छन् । कतिपय निर्माण सामाग्री उत्पादन गर्ने (क्रसर) उद्योगहरुले मापदण्ड समेत पुरा नगरेको सर्वत्र आलोचना हुदै आएको छ यद्दपि राजनीतिको आड र प्रहरी प्रशासनको मिलेमतोमा गुण्डागर्दी शैलीमा क्रसर व्यवसाय संचालन हुने गरेका छन् ।
तनहुँ र कास्कीको सिमानामा मापदण्ड विपरित क्रसर उद्योग संचालन हुदै आएका छन् भने गुण्डागर्दी डनवाद र धनवाद पनि सोही ठाउँमा मौलाएको छ क्रसर उद्योगमा हुने अवैध धन्दा र भ्याट छलि नियन्त्रणका लागि प्रहरी र राजस्व प्रशासनले खुट्टा नकमाइकन चेक जाँच र अनुसन्धान गर्न जरुरी छ । आन्तरिक राजस्व कार्यालय पोखराले पनि भ्याट छलि प्रकरणमा छानविन गरिने जनाएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: