कास्कीमा निर्वाचन आचार संहिता उल्लंघन गर्दै शिक्षक सरुवा

सराङकोट न्यूज
13 November, 2019 7:52 am

२०७६ मंसिर १४ गते हुने उप निर्वाचनको आचार सहित जारी भइसके पछि पोखरा महानगर पालिकाले त्यसको ठाडो उल्लंघन गर्दै शिक्षकको सरुवालाई तिव्रता दिएको छ । कास्कीको क्षेत्र नं. २ मा प्रतिनिधि सभाको निर्वाचन हुदैछ जसमा पोखरा महानगरपालिकाका ११ वटा वडा उक्त क्षेत्रमा रहेका छन् ।
निर्वाचन हुने वडाहरुका विद्यालयमा शिक्षकहरुको सरुवा गरिएको पाइएको छ । कार्तिक ८ गते शुक्रवारवाट निर्वाचन आचार संहिता लागू भएका ति वडाहरु मध्य पोखरा महानगरपालिका वार्ड नं. १६ निर्मला आधारभूत विद्यालयकी शिक्षक दुर्गा कुमारी शर्मालाई जानकी आधारभूत विद्यालय पोखरा १७ महतगौडामा कार्तिक २० गते सरुवा सहमती दिइएको छ ।
यस्तै पोखरा १६ ज्ञानज्योती मा.वि.का शिक्षक जमुना कुमारी आचार्यलाई कार्तिक १९ गते पोखरा ११ को काहुँ आधारभूत विद्यालयमा सरुवा गरिएको छ । यि दुवै शिक्षक सरुवा सहमती दिने ४ वटा विद्यालयको वडा नं. १६, १७ र ११ नम्वरका वडामा मंसिर १४ गते उप निर्वाचन हुदैछ ।
ति वाहेक पनि पोखरा महानगरपालिका शिक्षा महाशाखाले अरु एक जना शिक्षकको पनि काज सरुवा गरेको छ । पोखरा १९ स्थित भारती भवन मा.वि.का शिक्षक तारानाथ पौडेललाई पोखरा १ स्थित संस्कृत मा.वि. मा सट्टा शिक्षकको ठाउँमा काज सरुवा गरिएको पाइएको छ ।
यस पटकको निर्वाचन हुने १ प्रतिनिधि सभा, ३ प्रदेश सभा र वाँकी ४८ स्थानिय तहमा आयोगले जनाएको छ । आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्न मुख्य निर्वाचन अधिकृत काजी वहादुर राईको संयाजेकत्वमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख निर्वाचन कार्यालय प्रमुख सहितका कार्यदल रहेको छ । कार्यदलले आचार संहिता उल्लंघन भएको पाइए कानून वमोजिम कारवाही गर्ने जनाएको छ ।
निर्वाचन सम्वन्धि आचार संहिता २०७२ को १ वमोजिम आचार संहिता लागू भए देखि निर्वाचन सम्पन्न नभए सम्म नयाँ कार्यक्रम गर्न नहुने, पद सिर्जना गर्न नहुने, विज्ञापन, सुविधा वृद्धि, पुरस्कार सरुवा वढुवा वा काजमा पठाउने कार्य गर्न नहुने उल्लेख छ ।
आचार संहिता लागेको अवधि भित्र शिक्षकको सरुवा गरेको विषयमा पोखरा महानगरपालिका का शिक्षा महाशाखा प्रमुख गंगा वहादुर गुरुङले आफूलाई आचार संहिता लागू भएको मिति थाहा नभएको वताएका थिए । निर्वाचन आचार संहिता उल्लंघन गर्दै हतार हतार गरिएको सरुवा के हुन्छ भन्ने हाम्रो जिज्ञाशामा जिल्ला निर्वाचन कार्यालय कास्कका प्रमुख तथा अनुगमन समितिका सदस्य सचिव महेन्द्य्रराज सुवेदीले अनुगमन समितिले आवश्यक छानविन गरी उल्लंघन भएको पाइए सरुवा वदर हुने वताए ।
निर्वाचनको संघारमा गरिने शिक्षक, कर्मचारीको सरुवाले निर्वाचनलाई प्रभावित पार्ने विज्ञहरु वताउँछन् । शिक्षक महासंघ कास्कीका अध्यक्ष समेत रहेको महेन्द्र मा.वि. पोखरा २० भलामका प्राचार्य वोधराज पौडेलले निर्वाचन हुने क्षेत्रमा शिक्षक सरुवामा आचारसंहिता लागू हुने वताउँछन् ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: