प्यूठानमा पुलिस छ पुलिसिङ छैन, ५ जनाको सिटमा २४ जना यात्रु

सराङकोट न्यूज
20 November, 2019 2:27 pm
Advertisements
Advertisements

पुलिस अर्थात् प्रहरीको काम शान्ति सुरक्षा कायम गर्ने, सडक यातायात पुगेको ठाउँ भए ट्राफिक नियमको पालना गर्न लगाई दुर्घटना न्यूनिकरण गर्ने तर्फ विशेष ध्यान राख्नु पर्ने हो तर कतिपय पहाडी जिल्लाहरुमा पुलिसले पुलिसिङ नै नगर्ने गरेको पाइएको छ ।
प्यूठान जिल्लाको प्रसिद्ध तिर्थस्थल स्वर्गद्धारी तर्फ चल्ने यात्रु वाहक सवारी साधनहरु कसैले पनि ट्राफिक नियम मान्दैनन् । ५ जना वस्ने सिट स्वीकृति लिएका जिपहरुले २४ जना सम्म यात्रुहरु वोकेर कच्चि उकालो, घुम्ती र साँघुरा सडकहरुमा जोखिमपूर्ण यात्रा गराउँदै आइरहँदा पनि त्यहाँ कार्यरत प्रहरीहरु मुकदर्शक वनेर जागिर पकाई रहेको पाइएको छ ।
स्वर्गद्धारी नगरपालिकाको भिङ्रीमा इलाका प्रहरी कार्यालय छ । प्रनानीको कमाण्डमा प्रहरी दस्ता छ । दुई जना ट्राफिक प्रहरी पनि छन् तर विडम्वना डवल क्याव वोलेरो जिपले २४ जना सम्म यात्रु छतभरी कोचेर स्वर्गद्धारीको उकालो चढ्दा पनि कारवाहीका के कुरा वास्ता समेत छैन ।
सिमित जिपहरुले सिण्डिकेट गरेर मनपरी ढंगले यात्रु कोचिरहँदा निरिह छन् यात्रु । कानूननै नभएको राज्य जस्तै अवैध जिपमा चढेर यात्रा गर्न विवस छन् निरिह जनता।
गएको कार्तिक २८ गते स्वर्गद्धारी जादै गर्दा ५२४९ नम्वरको प्राइभेट नम्वरको जीपले पानीको जार लोड माथि पाँच जना यात्रु लैजाँदा जीप व्याक भई भिरवाट खस्दा ३ जना ठहरै भएका र दुई जना गंभिर घाइते भएको घटनावाट प्रहरीले पाठ सिक्न सकेको छैन । यातायात व्यवसायीलाई जोखिम मोलेरै भएपनि यात्रु कोचेर कुस्त पैसा कमाउनु पर्ने त्यहि पैसाको चटनी चाटेर हो कि प्रहरी देखे नदेखेझै गर्ने । यस वारेमा कसले गर्ने विधिको शासन ।
गाउँ गाउँमा आएको सिंहदरवारले पनि न्याय दिन सकेन । सिण्डिकेट अझ उस्तै छ। यातायात व्यवसायी सँग मिलेर स्थानिय जनप्रतिनिधिले प्रहरीलाई दवाव र प्रभावमा राख्ने गरेको पाइयो । १५ जना यात्रु कोचेर स्वर्गद्धारी गएका जिप चालकले भने हामी यहाँको लोकल हौ हामीले स्थानीय वासिन्दा र जनप्रतिनिधि सहित गएर वढि यात्रु वोक्ने जीपहरुलाई कारवाही नगर्न सहमत गराएका छौं । उनको कुरा र त्यहाँका प्रहरीको व्यवहार ठ्याक्कै मिल्यो । प्रहरी रोडमै छ, ५ जना सिट कायम भएको जीपमा १४ देखि २४ जना यात्रुलाई गुन्द्रुक झै कोच्दा पनि कुनै प्रतिकृया नै छैन । युनिफर्ममै ठाटिएर उभिएका एक जना थारु थरको नेम प्लेट टाँसेका प्रहरी जवानलाई एक यात्रु उत्तम कडेलले जिज्ञाशा राखे भाई यस्तो खतरा पूर्ण यात्रु ओसार्दा किन चुपचाप ? ति प्रहरीले भने यहाँ यस्तै हो कसैले सुन्दैनन् ।
प्रहरी निरिह हुन् कि निरिह वनाइएका हुन् त्यो भने वुझ्न सकिएन । हामीले इप्रका स्वर्गद्धारी भिङ्ग्रीका इञ्चार्ज प्रहरी नायव निरिक्षक भुपेन्द्र भण्डारीसँग सहि पुलिसिङ यस्तै हुन्छ भनेर जिज्ञाशा राख्दा आफूले वेला वेलामा चेक जाँच गर्ने गरे पनि सुधार हुन नसकेको वताए । हामी अव कडाई गछौं प्र.ना.नि. भण्डारीले भने ।
पटक पटक दुर्घटना भइरहने उक्त ठाउँमा कहिले हुन्छ असल पुलिसिङ ? दुर्घटना भएर धनजनको क्षति भइरहँदा पनि प्यूठान प्रहरी किन चल्दैन ? नेपाल प्रहरीको कानून कार्यान्वयनमा किन कठोर हुन सक्दैन हामीले प्यूठानका प्रहरी प्रमुख सँग ९८५७८१५५५५ मा सम्पर्क गर्न खोज्दा मोवाइल उठेन । लौन आइजिपी सा प कानून कार्यान्वयनमा ध्यान जाओस् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: