सम्भावना वोकेको घोडाघोडी तालको वेहाल, मेयर चौधरी भन्छन्ः ‘कानून नै वाधक वन्यो’

सराङकोट न्यूज
29 November, 2019 3:48 am

घोडा घोडी ताल सुदुर पश्चिमकै आकर्षक गन्तव्य हो। पूर्व पश्चिम राजमार्ग सँग जोडिएको कैलाली जिल्लाको यो ताल सुगम ठाउँमा छ तर पनि विकास र व्यवस्थापनमा ध्यान नदिइदा तालको वेहाल वनेको छ ।
घोडा घोडी नगरपालिका वार्ड नंं ४ मा पर्ने यो ताल सिमसार क्षेत्रमा सूचिकृत ताल हो । साना ठूला गरी १९ वटा ताल रहेको यस क्षेत्र पुरा परिक्रमा गर्न करिव १५ किलोमिटर पैदल यात्रा गर्न पर्छ तर वाटोको निकास केवल ३–४ किलोमिटर मात्र खोलिएको छ ।
उक्त ताल संघिय सरकार मातहत रहेको छ । दैनिक जसो संघ र प्रदेशका नेता निति निर्माण र मन्त्री हरु तालकै छेउवाट ह्वीकिन्छन् तर वत्ति मुनिको अधेरो भने जस्तै उक्त ताल संरक्षण, प्रवद्र्दन र विकासको लागि छायाँमा परेको छ । नेता निर्माताहरुको उदासिनका कारण सुनको फुल पार्न सक्ने क्षमता राख्ने घोडा घोडी ताल को वेवास्ता प्रति सकृयता दिएर काम गर्नेहरु एक अर्कालाई दोष थोपरेर उम्कने दाउमा रहेको पाइन्छ ।
संघिय सरकारका क्याविनेट मन्त्री (कृषिमन्त्री) समेत भइसकेका नेकपाका सांसद गौरीशंकर चौधरीको निर्वाचन क्षेत्र हो त्यो । आफ्नै निर्वाचन क्षेत्रमा पर्ने संघ अन्गर्तको उक्त घोडाघोडी तालको विकास र व्यवस्थापनमा उनको कति ध्यान नगएको स्थानिय हरु वताउँछन् । त्यहि राजमार्ग प्रयोग गर्छन् तर केहि योजना र चासो छैन उनि सँग। संघिय सरकारले कमाई खाने राष्ट्रिय स्तरको पर्यटन गन्तव्य सुनसान जस्तै छ ।
प्रदेश सरकारको पनि कुनै नजर परेको छैन त्यहाँ । उसले संघिय सरकारको मुख तोकेर वसेको छ । न कुनै योजना छ न रेखदेख नै । स्थानिय तहको नामनै घोडा घोडी नगरपालिका रहेको छ। घोडा घोडी नपाको वार्ड नं. १ मा पर्ने उक्त तालको पर्यटन प्रवद्र्धन र व्यवस्थापन वारे स्थानिय सरकार प्रमुख घोडा घोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरी आफूले केहि गर्न खोज्दा कानून वाधक रहेको वताउँछन् ।
सिमासार क्षेत्रमा सुचिकृत भएका कारण सिमसार कानूनले विकास निर्माण र ट्रयाक खोल्ने वारेमा हुनै नदिने र वन सम्वन्धि कानूनले उस्तै वाधा व्यवधान दिएर निकास नदिएको मेयर चौधरीले हामीलाई वताए । वन कार्यालय आफू पनि गर्दैन हामीलाई गर्न पनि दिदैन उनले भने ।
गुरुयोजना वनाउने कार्य अन्तिम चरणमा पुगेको पनि मेयर चौधरीले वताए । गुरुयोजना वने पछि कामले गति लिने उनले विश्वास दिलाए । ताल प्रवेश गर्न जम्मा ५ रुपैयाँ मात्र टिकट लाग्ने रहेछ । हेरालोहरुको समेत राम्रो प्रवन्ध नभएको कारण पशु पक्षीको रेखदेख र आगन्तुकहरु को गाइडिङ पनि नहुने गरेको तर्फ पनि ताल व्यवस्थापन प्रभावकारी हुन सकेको छैन ।
घोडाघोडी क्षेत्र संरक्षण तथा जागरण मञ्चले राखेको सूचना केन्द्रले दिएको विवरण अनुसार दैनिक डेढ दुई सय मात्र अवलोकन कर्ताहरु आउने गरेका छन् । उक्त क्षेत्र मा खानपिन र वासको समेत प्रवन्ध नहुँदा अवलोकन कर्ता अडिने अवस्था पनि छैन ।
घोडा घोडी तालको किवंदन्ती वारेमा जानकारहरुको आफ्नै धारणा रहेको पाइएको छ । परापूर्व कालमा भगवान विष्णुले वाक्क दिक्क वनाएपछि देवी लक्ष्मी ले घोडीको रुप धारणा गरेर ताल छेउमा वसेको र भगवान विष्णु पनि घोडाकै रुप धारणा गरी सोही तालमा पुगेर देह त्याग गरेको अनुसार उक्त तालको नाम घोडी घोडा राखिएको र पछि वोल्दै जाँदा घोडा घोडी ताल नाम रहन गएको एक वृद्ध नागरिक तथा तालका हेरालु पदम प्रसाद ढकालले वताए।
नेपाल सरकारले भ्रमण वर्ष मनाउने तयार गरिरहेको छ तर यस्ता आकर्षक गन्तव्यको व्यवस्थापन प्रवर्धन गर्ने वारे तीनै तहका सरकार उदासिन रहेका छन् । यसले पर्यटन प्रवद्र्धनमा सरकार कति गैह्र जिम्मेवार छ भन्नें यों ंएउंटा उदांरंण हो । तिनै तहरमा नकेपारका सररकार छ त्यो पनि दुई तिहाई वहुमतमा तर पनि सरकारका जिम्मेवार व्यक्तिहरु कानूनलाई दोष दिएर उम्कन खोजका हुन् । आफै कानून वनाउनेहरुवाट कानूनलाई दोष दिएर कामै नगर्नुलाई किमार्थ राम्रो मान्न सकिन्न । एतिहासिक, जैविक र धार्मिक महत्व रहेको घोडाघोडी तालको व्यवस्थित व्यवस्थापन र प्रवर्धन हुन जरुरी छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: