३० महिना पछि वल्ल चल्यो मेमो ग्राफि

सराङकोट न्यूज
19 December, 2019 8:10 pm
Advertisements
Advertisements

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खरिद गरिएको मेमो ग्राफी मेसिन ३० महिना पछि संचालनमा ल्याइएको छ । २०७४ असारमा खरिद गरिएको ५१ लाख मूल्यको मेमोग्राफी मेसिनि मंसिर ८ गतेवाट संचालनमा आएको हो ।
मेमो ग्राफी मेसिन स्तन क्यान्सर भए नभएको जाँच गर्ने उपकरण हो । ३० महिना अगाडि उक्त मेसिन गरिद गर्दा प्रिन्टरको टेण्डर गर्न छुट भएको भन्दै मेमो संचालनमा ल्याइएको थिएन । २०७६ असारमा वल्ल प्रिन्टरको टेण्डर गरिएको थियो ।
५१ लाखको उक्त उपकरणको वारेण्टी सयम दुई वर्ष मात्र हो । वारेण्टी म्याद सकिएपनि मेसिनले राम्रै काम गरेको मेमो अपरेटर इश्वरी क्षेत्रीले वताए ।
प्रति केशमा रु. एक हजार रुपैयाँ शुल्क लाग्ने मेमोग्राफी परिक्षण पछि स्तन क्यान्सर भए नभएको एकिन गर्न सकिने वताइन्छ । यो उपचार गर्न प्राइभेट क्लिनिकमा रु. ३ हजार लाग्छ । सरकारी हस्पिटलमा उपकरण जडान गरिएपछि सुपथ मुल्यमा मेमो ग्राफी गर्न पाइने भएको छ । सुरुआती दिनमा मेमो गर्न आउनेहरुको संख्या वढ्दै गएको पाइएको छ । गुणस्तरिय मेसिनबाट गुणस्तरीय सेवा प्रवाह गर्न सकिएपछि आम नागरिकले राहत महसुस गर्न सक्ने विश्वास लिइएको छ । हाल सम्म ९ जना सेवाग्राहीले मेमो ग्राफी सेवा लिइसकेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले भाइरल लोड उपकरण पनि सिघ्र संचालनमा आउन लागेको वताए । जनशक्ति उत्पादन भइसकेकोले केहि दिन भित्रै भाइरल लोड मेसिनवाट सेवा सुचारु हुने वताए । यो सेवा सुरु गरिएपछि मासिकि सय भन्दा वढि सेवाग्राहीले पोखरावाटै सेवा पाउने छन् । सराङकोटले दुवै उपकरण संचालन को लागि निरन्तर खवर प्रकाशन गरेको थियो ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: