सडक महोत्सवका नाममा रक्सीको प्रचार, राज्य प्रशासन र महानगर निरिह

सराङकोट न्यूज
31 December, 2019 9:37 am
Advertisements
Advertisements

यदुनाथ बञ्जारा

पोखराको लेकसाइडमा यतिखेर सडक महोत्सव चलिरहेको छ । शहिद चोक देखि खहरे चोक सम्म सवारी आवागमन समेतलाई वन्द गरेर रेष्टुरेण्ट एण्ड वार व्यवसायीहरुको संस्था रेवानको आयोजनामा सडक महोत्सव भइरहेको छ ।
पर्यटन प्रवद्र्धनका लागि गरिने मेला महोत्सव प्रचलित कानुनको दायरामा गर्नु पर्दछ तर सडक महोत्सवको २१ औं श्रृंखला सम्म आइपुग्दा रेवानले कानूनलाई चुनौती दिएर आफ्नो स्वार्थ पूर्ति गर्दै आएको छ । सडक नै भाडामा लगाएर भट्टी चलाउदै आउने देखि सडकमा हिड्नलाई समेत टिकट काट्नु पर्ने सम्मका कार्य गर्दै आएको सडक महोत्सवको आयोजक रेवानलाई हाम्रो निरन्तरको खवरदारीले सडकको भट्टीलाई पेटीमा धकेलेको छ भने सडकमा हिड्ने सँग टिकट काट्ने कार्य रोक्न वाध्य भएको छ ।
अझै कानून मिचेको छ रेवानले रक्सीको विज्ञापन सार्वजनिक सडकमा गरेको छ । स्वागत गेटमा काल्सवर्ग वियरको लेक्स टाँगेको छ । प्रवेश गर्ने मुख्य सडकको गेटमा रुस्लान भोड्का र काल्सवर्गको वेडमानका होर्डिङ वोर्ड राखिएका छन् । वसुन्धरा पार्क जो सार्वजनिक प्रयोग हुदै आएको सरकारी चौरभरी मदिराका व्यापक प्रचार वोर्ड टाँगिएका छन्। प्रचार वोर्ड हेर्दा लाग्छ लेकसाइड रक्सीको मेला लाग्ने सहर हो ।
कानूनतः यि कामहरु वर्जित छन् । मेला महोत्सवको अनुमती दिने पोख रा महानगरपालिकाका मेयर मान वहादुर जिसी भन्छन् “सार्वजनिक स्थलमा मदिराका प्रचार वोर्ड राख्न पाइदैन राखेको पाइए तत्काल हटाउन लगाउछु।” तर सोही महागरका उप मेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा अनुगमन समिति छ । अनगुमन अधिकृत रोमनाथ उपाध्याय सहित अनुगमनमा पनि गएका थिए । अनुगमन टोलीले मदिराको वोर्ड नराख्न भनेको तर नमानेको वताउँछन् उपाध्याय।
महानगरले अनुमती दिँदा मदिराको वोर्ड व्यानर स्वागत गेट राख्न नपाउने सर्त राखेको राजस्व शाखाका प्रमुख छविलाल शर्माले वताए तर रेवानले महानगरको सर्तलाई ठाडो चुनौती दिएर सडक भरी मदिराको होर्डिङ वोर्ड मात्र हैन स्वागत गेट समेत वियरको वोत्तल राखेको छ ।
एउटा रेष्टुरेण्ट व्यवसायीहरुको संस्थाले राज्यको कानूनलाई ठाडो चुनौती दिइरहँदा यहाँका प्रहरी, प्रशासन, स्थानिय सरकार महानगरपालिका निरिह वनेका छन् । महानगरका कर्मचारी अनुगमनमा जाँदा देखिएको अराजकता मेयरलाई रिपोर्टिङ गरिएको छैन, वडा नं. ६ का अध्यक्ष भरत राज पहारी आफूले आयोजक सँग भन्दा पनि अटेर गरेको वताउँछन् । अझ रहस्यको कुरा के छ भने महानगरका कार्यपालिका सदस्य समेत रहेका रानिवन आर्किड होटल एण्ड रेष्टुरेन्टका संचालक वुधराज भुजेल (भिमसेन) आफै सडक महोत्सव को आयोजक पक्षधर हुन उनकै छत्रछायाँमा मदिराका वोर्ड सार्वजनिक ठाउँमा राख्न ढाडस दिएको वताइएको छ।

यस विषयमा महानगरका प्रमुखले मंगलवार विहानै गैह्र कानूनी ढंगवाट राखिएका मदिराका होर्डिङ वोर्ड हटाउने वताएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले मेला महोत्सवका नाममा गरिने कानून विपरित कार्यमा कसैलाई छुट नदिने बताए। महानगरको कार्य क्षेत्र भएकोले आवश्यक परामर्श गरेर मदिराको वोर्ड हटाउन आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: