पानीमा वेइमानी गर्नेलाई कारवाही तयारी

सराङकोट न्यूज
29 January, 2020 9:05 am

वोतल पानी उत्पादकहरुको मिति २०७६ मंसिर ७ गतेको साधारण सभाले पानीको मूल्य प्रति वोतल रु. २५ वाट घटाएर १६ रुपैयाँ मात्र उपभोक्ता मूल्य तोक्यो । तोकिए वमोजिम अधिकांसले कार्यान्वयनमा पनि ल्याए तर केहि उत्पादकले भने अझै मूल्य घटाएका छैनन् ।
नेपाल वोतल वाटर उद्योग संघले मूल्य घटाएको निर्णयको जानकारी उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयलाई च.नं. ०३५ वाट जानकारी गराएको मूल्य सूची वमोजिम जारपानी को मूल्य ७० वाट ५० र वोतलको मूल्य २५ वाट रु. १६ वनाउने उल्लेख छ ।
पानी उत्पादक संघले उपभोक्ता मूल्य घटाएपनि केहि उद्योगीहरुले मूल्य घटाएका छैनन् । २०१९ डिसेम्वर २० बाट मूल्य घटाउने भनिएपनि यो समाचार तयार पार्दा सम्म २५ रुपैयाँ नै प्रिन्ट एम.आर.पि. राखेर पानी वजार पठाइएको छ । वजार पठाइएको पानीमा उपभोक्ताले दोव्वर मूल्य तिर्नु पर्ने भएको छ । एक कार्टुन पानीको १४० मा पसलमा दिने उद्योगीहरुले विक्री मूल्य २५ रुपैयाँ नै राखिदा प्रति वोतल १३ रुपैयाँ ४० पैसा फाइदा हु आउँछ । यो सत प्रतिशत भन्दा वढि नाफा हुन आउँछ ।
प्रचलित कानून वमोजिम २० प्रतिशत वढि नाफा खाने कार्यलाई कालावजारी ऐन वमोजिम कारवाही हुने व्यवस्था छ तर खुद्रा विक्रेतालाई वढी नाफा दिने गरी उद्योगीले दोव्वर एम.आर.पि. राख्दै आएका छन् । खुद्रा पसल प्रति माया रोखर उपभोक्ताको ढाड सेक्ने गरी पानी उद्योगीहरुले दोव्वर मूल्य राखिएको कार्यप्रति राज्यका निकायले चासो व्यक्त गरेका छन् । कास्कीका प्रजिअ रमेश कुमार केसीले वजार स्वच्छता कायम राख्नु सवैको कर्तव्य हुने हुँदा कानूनले तोके भन्दा वढि मूल्य राखेर कारोवार गर्ने जो कोहीलाई कानून वमोजिम कारवाही गरिने वताए । पानीको मूल्य अस्वभाविक राखिएको वारेमा छानविन गरी कारवाही गरिने प्र.जि.अ. केसीले वताए ।
मूल्य निर्धारण गरेको संख्या वोटल वाटर उत्पादक संघका अध्यक्ष रविन्द्र मोहन अधिकारीले राज्य प्रशासनको प्रेसरमा मूल्य घटाइएको वताए । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश सरकारले पनि घटाइएको मूल्य कार्यान्वयन गर्न उद्योगीहरुलाई निर्देशन दिइएको वताए । निर्देशनालयमा निमित्त निर्देशक गोकुल शर्माले घटाइएको मूल्य कार्यान्वयन नगर्ने र वढी मूल्य तोकेर वढि नाफा खानेहरु उपर कानून वमोजिम कारवाही गरिने वताए ।
यता पुरानै मूल्य प्रति वोतल रु. २५ नै राखेर पानी आपूर्ति गर्दै आइरहेका सोल्टी व्राण्डको पानी उत्पादक कम्पनीका संचालक यदुनाथ अधिकारीले उद्योगीहरुको हित विपरित मूल्य घटाउने कार्य भएको उक्त मूल्यमा उद्योगी वाच्न नसक्ने वताए । वजारमा विचौलियाको नाफा वढी भएकोले मूल्य समायानुकुल समायोजन गरिनु पर्ने अधिकारीले वताए ।
तर उपभोक्ता अधिकारकर्मी कपिलनाथ कोइराला भन्छन् आफ्नै संस्थाले मूल्य तोक्ने अनि आफैेले उल्लंघन गर्नु राम्रो नभएको वताउँछन् । खुद्रा विक्रेतालाई वढि दोव्वर नाफा दिएर उपभोक्ताको ढाड सेक्ने मूल्य हटाउनु पर्ने उनले वताए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: