नर्सिङ कलेजको मनपरी कार्यशैली रोकिएन

सराङकोट न्यूज
29 January, 2020 9:08 am
Advertisements
Advertisements

चिकित्सा सम्वन्धि शिक्षा पढाउने प्राविधिक कलेजहरुको मनपरीतन्त्रले हद नाघिसकेको छ। जनस्वास्थ्य सम्वन्धि जनशक्ति उत्पादन गर्ने नर्सिङ कलेजहरु कानूनलाई मुठ्ठीमा लिएर मनि र मसल्सको पाहुर देखाएर मनलागि गर्ने कार्यलाई निरन्ता दिइँरहदा पनि नियमक निकायहरु नर्सिङ काउन्सिल र व्यवसायिक सीप तथा तालिम परिषद् (सिटिइभिटि) कलेजहरुको अनियमितता लाई गोडमेल गरेर कारवाहीको सट्टा पुरस्कृत गरिरहेको पाइएको छ ।
सिटिइभिटी र नर्सिङ काउन्सिल कति निकम्वा छन् भन्ने कुरा नेपाल भरका ९० भन्दा वढि नर्सिङ कलेजहरु को संचालन निरन्तरताले छर्लङ् पारेको छ । आफ्नो अस्पताल नभएका, अस्पताल भएपनि वेड संख्या नपुगेका, मापदण्ड पुरा नगरेका अस्पतालनै नविकरण फेल भएर आफै विरामी झै थला परेका अस्पताल लाई भजाएर कलेज चलाइरहँदा पनि नियामक भनिने सिटिइभिटि र नर्सिङ काउन्सिलले खुरु खुरु संचालन गर्न दिइरहनु पर्ने कारण सवैले वुझेकै विषय हुन् ।
कानुनको दायरामा नचलेका त्यस्ता नर्सिङ कलेजहरुवाट कस्तो जनशक्ति उत्पादन होलान् पाठकहरु स्वयम् मूल्यांकन गर्नुहोस् । विधि र प्रकृया मिचेर सिट निर्धारण गर्ने नर्सिङ काउन्सिल र मापदण्ड नपुगेका कलेजहरुलाई भर्ना अनुमती दिने सिटिइभिटिको गृह्य धन्दाको कारण नेपालको नर्सिङ शिक्षा गुणस्तर हित वन्दै गएको छ ।

विक्री भएको पद्म नर्सिङलाई पनि भर्ना अनुमती

नर्सिङ कलेज चलाउँदा अस्पताल प्रत्यक्ष जोडिन्छ । कलेज नविकरण र भर्ना स्वीकृति पाउन अस्पताल नविकरण हुनु पर्छ । ६० प्रतिशत वेडमा विरामी भर्ना भएर उपचार गरेको अभिलेख हुनु पर्छ । कर चुक्ता अनिवार्य पेश गर्नु पर्छ । भुकम्प प्रतिरोधी भवन पास हुनु पर्छ तर पोखरामा रहेको पद्म नर्सिङ होमलाई यि कुनै प्रकृया पुरा नगर्दा पनि सिटिइभिटिले विद्यार्थी भर्ना अनुमती के आधारले प्रदान ग¥यो गंभिर रहस्यकै विषय वनेको छ ।
पद्म नर्सिङ होमसँग जोडिएर चलेको पद्म नर्सिङ कलेज, स्कुल अफ नर्सिङलाई नर्सिङ होमले कलेज विक्री गरेको झण्डै ४ महिना पुरा भयो तर विक्री भएको कलेज पद्म नर्सिङ कलेजकै नाममा सिटिइभिटिले विद्यार्थी भर्ना गर्न अनुमती दिएको छ । आधिकारिकता विनाको कलेजलाई आर्थिक चलखेलकै भरमा भर्ना अनुमती दिने कार्यमा सिटिइभिटि का स्तर निर्धारण महाशाखाका प्रमुख जीवनारायण काफ्ले न्वारानदेखि नै वल लगाएका थिए । काफ्ले गत महिना देखि स्तर महाशाखाबाट प्रशासन महाशाखा सारिएका छन् ।
पद्म नर्सिङ होम संचालक समितिले आफूले १० वर्ष देखि संचालन गर्दै आएको नर्सिङ कलेज रोश गुरुङ नामका व्यक्तिलाई विक्री गरेको संचालक समितिको निर्णयलाई पुष १९ गतेको साधारण सभाबाट अनुमोदन पनि भइसकेको छ । स्वास्थ्य शिक्षा पठाउने कलेज एउटा व्यक्तिको नाममा विक्री गर्ने कार्य आफैमा विवादास्पद छ नै विक्री वापतको पुजिगत लाभकर छल्ने नियतले व्यक्तिगत विक्री गरिएको छ भने विक्री मूल्य समेत गोप्य राखिएको छ । संचालकहरु मध्यकै एक पात्र जगत खड्काले संचालन गरेको रिजनल हस्पिटलले नर्सिङ कलेज खरिद गरे पनि उक्त अस्पतालले मापदण्ड, पूर्वाधार र विरामी अकुपेन्सी पुरा गर्न नसक्दा विक्री भएकै पुरानो संस्था पद्म नर्सिङ होम स्कुल अफ नर्सिङकै नाममा भर्ना अनुमती को निर्णय गराउन रिजनल हस्पिटलको जगत खड्का को टिमले स्तर महाशाखा सँग मिलेमतो गरी स्वामित्व छोडिसकेको पद्म नर्सिङलाई दुरुपयोग गरिरहेको छ ।
विक्रीको निर्णय पुष १९ को विशेष साधारण सभाले अनुमोदन गरिसकेको संस्था को नाममा विद्यार्थी भर्ना लिएर मनोमानी कार्य गर्नेहरुलाई किन हुदैन छानविन ?
विद्यार्थीहरुबाट मोटो पैसा उठाएर उनिहरुको भविष्यलाई अन्यौल र अस्तव्यस्त वनाउने काम भइरहँदा सिटिइभिटि र नर्सिङ काउन्सिल राजधानीमा वसेर मुख मिठ्याइ रहेको दृश्य टिठ् लाग्दो त छ नै उक्त अनियमित भर्ना प्रकरणमा सिटिइभिटिका गण्डकी प्रदेश प्रमुख भुवनेश्वर ढुंगानाको सरुवा तानिएको छ । ढुंगानाको ठाउँमा पोखरामा कलेज संचालहरुको अनुकुलका पात्रलाई गण्डकी प्रदेश प्रमुख वनाएर ल्याइएको छ ।
भक्तपुरको हवि चक्रवर्ती नर्सिङ कलेजका विद्यार्थी यति खेर रुवावासी गर्दै न्याय खोज्दा राज्यले न्याय दिन सकेको छैन । पोखराको पनि उहि हालत नहोला भन्न सकिन्न । व्यक्तिको नाममा विक्री अनुमोदन भइसकेको पद्म नर्सिङ कलेज हावाको वीचमा छ । कलेज व्यक्ति लाई विक्री गरिएको छ तर पनि भूपू संस्थाको नाममा भर्ना दिने दुस्साहस के को आधारमा गरियो त्यो भने अनुसन्धनकै विषय वनेको छ । चिकित्सा शिक्षा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सकृय भूमिकामा रहेको नेपालमा यो वेथिति र अराजकतालाई गोडमेल गर्ने कार्य तत्काल छानविन गरी कमाउ धन्दाको फन्दामा विद्यार्थीलाई पार्ने कार्य तत्काल रोकेर चिकित्सा शिक्षालाई व्यवस्थित, गुणस्तरिय र कानून सम्मत वनाउने प्रयत्न गर्न पर्छ । झण्डै १२० जना विद्यार्थीको भविष्य सँग जोडिएको यो विषय संवेदनशिल र थप पेचिलो वन्दै गएको छ ।

छानविन प्रतिवेदन खै ?

पोखराको अवैध नर्सिङ कलेज वारे सर्वत्र चासो उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौंले सत्य तथ्य छानविन गर्न नेपाल नर्सिङ काउन्सिललाई आदेश जारी ग¥यो । छानविन गरी आवश्यक कारवाही समेत गरी सो को जानकारी अख्तियारलाई दिन निर्देशन भयो । निर्देशन वमोजिम मन्दिरा वन्न, जिता वराल र सकुन्तला प्रजापती सम्मिलित ३ सदस्यीय कार्यदल वनाएर नर्सिङ काउन्स्लिले पोखरा पठाएको थियो । तीन दिन लगाएर उक्त टोलीले छानविन गरेर काठमाडौं फर्कियो । छानविन टोलीले गरेको छानविनको दुरुस्त प्रतिवेदन तयार हुन सकेन न मनोमानी भर्ना गर्ने पद्म नर्सिङलाई कारवाही भयो न सो को प्रतिवेदन अख्तियार पठाइयो ।
नर्सिङ काउन्सिल सम्वद्ध उच्च अधिकारी हरुको चित्त वुझाएर कलेजले सत्य तथ्य प्रतिवेदनलाई रोक्न सफल भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फस्ल्याङ फुस्लाङ पार्ने गरी कलेज संचालकको हित अनुकुलको प्रतिवेदन दिने तयारी भइरहेको वुझिएको छ । ढिलो गरी रहने र विद्यार्थी भर्ना लिइ सकेपछि अनियमितता नै भएपनि ढाक छोप गर्ने पूर्व तयारी वमोजिम ढिलाई गर्ने योजनामा छानविन समिति रहेको पाइएको छ । यस अघिको स्थलगत छानविनमा आएको लक्ष्मी तामाङको टोलीको सेटिङलाई समर्थन गर्ने गरी मन्दिरा वन्न, सकुन्तला प्रजापती र जीता वराल लागेको वुझिन आएको छ । यस वारेमा अख्तियारले चासो दिनु जरुरी छ ।
चिकित्सा शिक्षा आयोग र अख्तियारले विक्री भएको कलेजको नाममा भर्ना अनुमती दिने कार्य के को आधारमा भयो भन्ने खोजेमात्र पनि सहि नतिजा र सेटिङको पटाक्षेप हुन सक्छ । कर नतिर्ने, कर चुक्ता पेश नगर्ने पद्म नर्सिङ कलेजको नाममा कसरी दिइयो भर्ना अनुमती ? नविकरण नै नभएको संस्थाको नाममा भर्ना अनुमती दिइयो ?
पद्म नर्सिङ मात्र हैन नोवेल एकेडेमी न्यूरोड चरक एकेडेमी भदकालीले कहाँ लगेर क्लिनिक अभ्यास गरे ? ति कतिको कानुन सम्मत छन् भन्ने विषयमा छानविन गरी नर्सिङ शिक्षालाई व्यवसायिक, मर्यादित र गुणस्तरिय वनाउन कानूनके अक्षरस पालना गरिनु आवश्यक छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: