कान्तिपुर इन्स्च्यिुट अफ हेल्थ साइन्सको दुई दशक

सराङकोट न्यूज
4 February, 2020 6:20 pm
Advertisements
Advertisements

काठमाण्डौं उपत्यका वाहिरको एकमात्र डेण्टल हस्पिटलका रुपमा स्थापित कान्तिपुर डेण्टल हस्पिटलले आफ्नो दुई दशक पुरा गरेको छ । डा. वि.एम. श्रेष्ठले पोखरामा व्यवस्थित र सुविधा सम्पन्न हस्पिटल खोले पछि दाँत तथा मुख स्वास्थ्यको उपचार खोज्न राजधानी जानु पर्ने समस्या घटेको जानकारहरु अहिले पनि वताउँछन् ।
दुई दशक सम्म आइपुग्दा कान्तिपुर डेण्टल हस्पिटलले काँचुली फेरिसकेको छ । सुविधा सम्पन्न आफ्नै भवनमा डेण्टल हस्पिटल मात्र चलेको छैन डेण्टल पढाउने एकेडेमी नै डेढ दशक अघिबाट संचालनमा ल्याएर ३ सयभन्दा वढि विद्यार्थी स्वदेशी तथा विदेशी श्रमवजारमा आपूर्ति भई सकेका छन् ।
दुई वर्ष अघि मात्र सिटिइभिटिको सम्वन्धन लिएर ३ वटा प्राविधिक स्वास्थ्य शिक्षाको कार्यक्रम संचालनमा रहेको छ । सटिफिकेट इन डेण्टल साइन्स का साथै डिप्लोमा इन फार्मेसी, मेडिकल ल्याव टेक्निसियन र पिसियल रेडियोग्राफी विषयका ३ वर्षे कार्यक्रम संचालनमा रहेका छन् । ९० प्रतिशत महिला कर्मचारीहरु द्धारा संचालित उक्त संयुक्त एकेडेमीको नेतृत्व प्रमुख प्रशासकिय अधिकृत सिता श्रेष्ठले गरेकिछिन् । कुल ७३ जना जनशक्तिले प्रत्यक्ष रोजगारी हासिल गरेको कान्तिपुर इन्स्च्यिुट अफ हेल्थ साइन्सका विभिन्न चार संकायमा गरी प्रत्येक वर्ष १४० जना विद्यार्थीले भर्ना भएर प्राविधिक शिक्षा पाईरहेको प्रमुख प्रशासक सिता श्रेष्ठले वताइन् । जस मध्य १४ जनाले पूर्ण छात्रवृत्तिमा निःशुल्क अध्ययन गर्दै आइरहेको वताइएको छ ।
२० वर्ष लामो सेवा व्यवसायमा आएको कान्तिपुर इन्स्च्युटले स्वास्थ्य शिक्षामा रहेको टेवा र ७३ जनालाई प्रत्यक्ष रोजगार प्रदान गर्दै आएको छ । २१ औं शताव्दीको शिक्षा प्राविधिक शिक्षाको मुल उद्देश्यमा रहेको इन्स्च्यिुटका औचित्य र आवश्यकता झन वढि झन् प्रभावकारिता देखिएको छ । राज्यले तोकेको शुल्कमा पढ्न पाउनुले पनि मध्यम वर्गिय परिवारका जाँगरिया विद्यार्थीको लागि अवसरको रुपमा लिइएका छन् । २० औं वर्ष गाँठको सन्दर्भमा सराङकोटले सम्वद्ध विद्यार्थी र शिक्षक कर्मचारीको धारणा वुझ्ने प्रयास गरेको थियो ।

 

खुसी गुरुङ
विरुवा गा.पा.–७, स्याङ्जा
डिप्लोमा इन फार्मेसी दोस्रो वर्ष
प्राविधिक विषय (फार्मेसी) पढ्न किन मन लाग्यो ?
स्वास्थ्य शिक्षा आफैमा महत्वपूर्ण विषय हो त्यसमा पनि फार्मेसी उत्तिकै आवश्यक सेवामूलक स्वास्थ्य शिक्षाको महत्वपूर्ण भूमिका मनन गरेर फार्मेसी पढ्न मन लाग्यो ।
औषधीको वारेमा समाजमा व्याप्त भ्रम के के हुन् ?
समाजमा औषधीको वारेमा ठूलो भ्रम रहेको छ । औषधी खायो भने साइड इफेक्ट गर्छ अर्को रोग लाग्छ भन्ने धारणा छ तर त्यो सत्य होइन । औषधीले जीवन दान गर्छ । विज्ञ चिकित्सकको राय सल्लाह वमोजिम औषधी खानुपर्छ भन्ने वारेमा आम सर्वसाधारण नागरिकलाई वुझाउनु पर्छ भन्ने मलाई लाग्छ ।
कोरा जनशक्तिले औषधीको काम गर्दा कस्तो असर गर्छ ?
औषधी विज्ञान विशेष शिक्षा हो, प्रविधिको हो हचुवाको भरमा दवाई बेच्नु र खानु दुवै गलत छ । पढेर जानेर मात्र औषधीको काम गर्नु पर्छ त्यसो नगरेमा राज्यले कडा कारवाही गर्नु पर्छ ।
के भन्नु हुन्छ फार्मेसी शिक्षामा आउन चाहानेलाई ?
यो विशेष प्रकारको प्राविधिक शिक्षा हो । राम्रो सँग पढ्न सके वेरोजगार वस्नु पर्दैन रोजगार, विदेश सवै तिर सहजै विक्न सक्ने जनशक्ति भएकोले पढ्न उपयुक्त हुन्छ ।
सन्देश परियार
पोखरा–१४, चाउथे
फार्मेसी दोस्रो वर्ष
फार्मेसी विषय किन रोजेको?
स्वरोजगार पेशा भएकोले । परिवारले फार्मेसी व्यवसाय गर्दै आएकोले त्यसलाई अझ व्यापक वनाउन यो विषय पढेको हो ।
औषधी विज्ञानको महत्व र यसको नियमन कसरी हुन्छ ?
मेडिकल साइन्समा औषधी विज्ञान महत्वपूर्ण छ । जीवन वचाउने अन्तिम उपाय नै औषधी हो तर यसको सही उपयोग जरुरी छ । धेरै खाय विष हुने र फरक खाए, लापरवाही गरे जीवन नै जान सक्छ त्यसैले औषधीमा खेलवाड गर्नेलाई राज्यले दण्डित गर्नुपर्छ ।
फार्मेसी पढ्न इच्छुकलाई के सल्लाह दिने ?
देखा सिकी गर्ने होइन वुझेर मात्र पढ्नुस्। फार्मेसी शिक्षाले तपाईको जीवनमा टेवा दिन्छ । कान्तिपुरमा पढ्ने वातावरण रहेको छ । अनुकुल र निर्धक्कसँग वुझेर मात्र पढ्न आउनुस् ।

रजनी शर्मा 
स्याङ्जा हरिपाला
रेडियोग्राफी दोस्रो वर्ष

 

प्राविधिक शिक्षा किन पढ्ने रहर कसरी आयो ?
अवको जनशक्ति प्राविधिक सिप युक्त हुनु जरुरी महसुस गरे । रेडियो ग्राफी जनशक्ति नेपालमा कम रहेको छ । यस क्षेत्रमा लोकसेवा लडेर जागिर खान स्कोप छ । कुनै नीजि अस्पताल, क्लिनिक हरुमा पनि यो जनशक्ति आवश्यक छ त्यसैले प्राविधिक शिक्षा रोजे रहरले हैन वुझेरै पढेको हो ।
रेडियोग्राफीको वारेमा के छ धारणा ?
रेडियोग्राफी पेशा प्रति आम जनमानसमा भ्रम छ । अझ महिलाहरु वढि डराउँछन् । विकिरणले स्वास्थ्य विगार्छ भनेर डराउँछन् तर यो सवै भ्रम हो । प्रविधिको विकास सँगै त्यसको सुरक्षाको पनि वन्दोवस्त गरिएको हुन्छ । सेफ्टी फ्याक्टर अपनाए पछि केहि असर नपर्ने रहेछ त्यसैले यो विषय अध्ययनको लागि कुनै डर मान्नु पर्दैन ।
चिकित्सा शिक्षामा रेडियोग्राफीको महत्व के रहन्छ ?
रोग पहिचान गर्ने भरपर्दो आधार हो रेडियोग्राफी । सवैखाले रोगमा यसको विशेष रोल रहन्छ । पोखरामा कान्तिपुर इन्स्च्यिुट अफ हेल्थ साइन्समा मात्र रेडियोग्राफी पढाईन्छ ।

रुप्सी श्रेष्ठ
स्याङ्जा, पुतलीबजार
रेडियोग्राफी दोस्रो वर्ष

 

रेडियोग्राफीको पढाइ प्रति किन आकर्षित हुनु भयो ?
सिपको शिक्षा अर्थात् प्राविधिक शिक्षा । कसैसँग झुक्नै नपर्ने आफ्नो दक्षता अनुसार स्वदेश तथा विदेशमा रोजगारी पाइने भएपछि मैले वुझेर यो विषय पढ्न थाले । म पूर्ण सन्तुष्ट छु, आशावादी छु र सवैलाई वुझ पढ्न आग्रह गर्छु ।
स्कोपको वारेमा के वुझ्नुभयो ?
स्कोप राम्रो छ । हातमा सिप भएपछि कामको के दुःख पर्ला र । जागर भने हुनु पर्छ त्यहि जाँगर र विश्वासले रेडियोग्राफी पढ्न आए ।
नया आउने विद्यार्थीलाई के सन्देश दिनुहुन्छ ?
रेडियोग्राफीको वारेमा नवुझ्नेहरुले वजार हल्ला चलाएर वसेका छन् । किरण विकरण केहिले पनि असर पार्दैन । सुरक्षा प्रविधिमा काम गर्ने हो त्यसैले म त ढुक्क ले पढेर आफ्नो भविष्य वनाउँछु तपाई पनि आउनुस् पढ्नुहोस् ।

सुदिक्षा श्रेष्ठ
अन्नपूर्ण गा.पा. १ नौडाँडा
CDS तेस्रो वर्ष

 

डेण्टल कोर्ष पढ्दै हुनुहुन्छ ? के छ महत्व ?
मुख स्वास्थ्य भनेको पुरै शरिरको स्वस्थ्यता हो । शरिरका अन्य रोगको पहिचान मुख स्वास्थ्यवाट हुन्छ । दाँत तथा मुख स्वस्थ्य रह्यो भने शवै शरीर स्वस्थ हुन्छ त्यसैले पनि मैले डेण्टल विषय रोजे ।
प्राथमिकता कसरी दिनुभयो डेण्टललाई ?
थुप्रै प्राविधिक शिक्षा मध्य डेण्टल हाइजेनिष्ट अग्रपंक्तिको महत्वको विषय हो। आफनै देशको रोजगारी, स्वरोजगारी वा वैदेशिक अध्ययन तथा रोजगारी सवैतिर अवसरको ढोका खुलेको हुनाले पनि यो विषय रोजें ।
डेण्टल पढ्न चाहानेहरुलाई के सन्देश दिनु हुन्छ ?
काठमाडौं वाहिर पोखरामा विगत डेढ दशकबाट कान्तिपुर डेण्टल कलेज संचालनमा छ । समयमै आफ्नो सिट सुरक्षित राखेर पढ्न म आग्रह गर्छु । त्यस भन्दा पहिला आफन्त र जानकारहरुसँग वुझ्नु होला ।

श्रेया थापा
CDS को–अर्डिनेटर
कान्तिपुर इन्स्च्यिुट अफ हेल्थ साउन्स

 

कान्तिपुरमा कति सेवा गर्नु भयो ? सन्तुष्टि हुनुहुन्छ ?
म विगत डेढ वर्ष देखि यस कलेजमा कार्यरत छु । मैले अन्य प्राइभेट कम्पनीमा पनि कार्य अनुभव लिए तर मलाई यस कलेजको सिस्टम र सेवाको मूल्यांकन प्रति सन्तुष्ट छु ।
तपाईको अनुभवमा कान्तिपुर ?
यो एकेडेमिक क्षेत्र हो ? यहाँ सवै वर्ग र समुदायका विद्यार्थी पढ्न आउँछन् । आफू ३ वर्ष पढेर अरुलाई रोजगार दिन सक्ने शिक्षा भनेकै डेण्टल हो । त्यसैले मलाई खुसी लाग्छ ।
पढाईको वारेमा गुनासो गर्ने ठाउ छ ?
गण्डकी प्रदेश कै एक मात्र र डेढ दशक पुरानो कलेज भएकोले भौतिक पूर्वाधार जनशक्ति, इक्वीपमेन्ट सवै भएकोले पढ्ने र पढाउने सवैलाई राम्रो छ ।
यस कलेजको नतिजालाई कसरी हेर्नुहुन्छ ?
नतिजा एकदम राम्रो छ । कुल विद्यार्थीको ८० प्रतिशत नतिजा सफल छ। यस वर्ष मात्र ८९ प्रतिशत रिजल्ट ल्याउन कान्तिपुर सफल रहेको छ । हरेक वर्ष पास अनुपात वढ्दो क्रममा छ हामी नेपालकै प्राविधिक शिक्षामा अव्वल छौं ।
डेण्टलको पढाईप्रति विद्यार्थीको रुचि कस्तो छ ?
सुरुका वर्षहरुमा कम थिए विद्यार्थी। अव जनताले कुरा वुझिसकेका हुन् । मुख स्वास्थ्य नै शरीर स्वास्थ्य हो भन्ने चेतनाको विकास भइसकेको छ । यहि कारणले पनि डेण्टल पढ्ने चाप वढेको छ। सचेतना, नागरिक जागरण र शिविरलाई जोड दिएका छौं त्यसले आम जनमानसमा सकारात्मक प्रभाव परेको छ ।
विद्यार्थीलाई केहि सन्देश …. ?
एस.इ.इ. दिने र दिइसकेका भाइ वहिनीहरुले प्राविधिक शिक्षाको वारेमा स्पष्ट वुझेर, दुर दृष्टि राखेर मात्र आफ्नो भविष्यको लक्ष राख्नु हुन अनुरोध गर्दछु। कान्तिपुरले तपाईहरुको भावनाका कदर गर्छ । हामीसँग डेण्टल ल्याव, रेडियोग्राफी र फार्मेसी सहित ४ वटा कार्यक्रम छ रोजेर पढ्न आउनुहोला ।

सृष्टिना होना
डेण्टल सर्जन
कान्तिपुर डेण्टल हस्पिटल

 

आम नेपालीहरुको मुख तथा दन्त स्वास्थ्यको मुख्य समस्या कस्तो पाउनुभयो ?
खास गरी नेपालीहरुले मुख स्वास्थ्य प्रति चासो नै राख्दैनन् । त्यसले गर्दा दाँते किरा र गिजामा ठूलो समस्या आएपछि मात्रै हस्पिटल खोज्ने चलन छ । जान अन्जानमै दुख पाइरहेका छन् आफ्नै कारणले ।
मुख तथा दन्त स्वास्थ्य वारे चेतना दिन के गर्नु पर्छ ?
रोग लाग्नु अगावै आफ्नो मुख तथा दाँत स्वास्थ्य वारे सचेत हुनु पर्छ । वेला वेलामा मुख तथा दन्त परिक्षण गरिरहनु पर्छ ।
दन्त उपचार महंगो भनिन्छ नि हो र ?
दाँत उपचार महंगो होइन, महंगो वनाइएको हो । सामान्य अवस्थामै परिक्षण गरिए सामान्य खर्चमा उपचार हुन्छ तर दाँत तथा गिजाको अवस्था जटिल भएपछिमात्र अस्पताल आउने प्रवृति रहेका कारण सामान्य रोग जटिल वन्छ र उपचार पनि महंगो हुन जान्छ । उपचार भन्दा जनचेतना मुख्य कुरा हो । कान्तिपुरले जनचेतना प्रदान गरिरहेको छ। हामी आग्रह गछौं रोग लाग्ुन अगाडि नै ख्याल गरौं ।
हामीले कान्तिपुर डेण्टलमा दिने सेवा के के हुन् ?
मुख तथा दन्त सेवा परिक्षण, रोग पत्ता लगाउने, बाल दन्त रोग पहिचान र उपचार, कन्सल्टेण्टद्धारा अर्थो डन्टिस सर्जरी, माइनर ओटी लगायत सवै सेवा उपलव्ध छन् ।
दन्त उपचार सेवामा हुने लापरवाहीवाट वच्न के गर्नुपर्छ ?
विरामी सचेत हुनुपर्छ । दर्ता नगरिएका क्लिनिक, लाइसेन्स नभएका चिकित्सक तथा डेण्टल हाइजनिष्टहरुकोमा उपचार गर्नु भएन । सहि ठाउँमा सही मान्छे पुग्नु पर्छ त्यसो भए भने जोखिम हुदैन नत्र उपचार गर्दा झन् रोग थपिन सक्छ ।

सुिशला गुरुङ
प्रशासन सहायक
कान्तिपुर इन्स्च्यिुट अफ हेल्थ साउन्स

 

कलेज प्रशासन र डेण्टल हस्पिटल दुवैको व्यवस्थापन हेर्दै हुनुहुन्छ कतिको सहज छ ?
हामी टिमवर्कमा विश्वास गछौं । ९० प्रतिशत महिला कर्मचारी भएको यस प्रतिष्ठानमा सवै कर्मचारीहरु आफ्नो काममा व्यस्त छन् । सवैको विश्वास सवैलाई छ । केहि समस्या आए सवै जुटेर समाधानमा जुट्ने गरेका छौं ।
कलेजको व्यवस्थापन र काउन्सिलिङ कसरी गर्नुहुन्छ?
विद्यार्थी भर्नाको वारेमा खास भिड हुन्छ। धेरै थरिका अभिभावक, विद्यार्थी आउने हुँदा शुल्क पढाई र पाठ्यक्रमको विषयमा काउन्सिलिङ गछौं खासै विवादको कुरा पनि हुदैन ।
विद्यार्थीहरुको आकर्षण प्राविधिक शिक्षामा कस्तो छ ?
सीपमुलक विषय भएकाले सवैको आकर्षण छ । फार्मेसीमा सवैभन्दा वढि आकर्षण छ । रेडियोग्राफीमा पनि कुरा वुझेका हुनाले चाप वढ्दै छ । ल्याव र डेण्टल पनि राम्रो चाप छ । यहि क्रमले जाने हो भने धान्न गाह्रो छ ।
कान्तिपुर इन्स्च्यिुट अफ हेल्थ साइन्सले अवको वारेमा के सोचेको छ ?
भइरहेको पाठ्यक्रमलाई व्यवस्थित गर्ने । अव्वल नतिजा ल्याउने । डेण्टल अस्पताललाई सेवाग्राहीको भरपर्दो गन्तव्य वनाउने गुणस्तरिय सेवा प्रदान गर्ने ।

निश्चल छिमाल
सिएमएलटी को–अर्डिनेटर
कान्तिपुर इन्स्च्यिुट अफ हेल्थ साउन्स

 

ल्याव सम्वन्धि कार्यक्रममा कस्तो छ आकर्षण ?
सवै तिर विक्ने जनशक्ति भएका कारण पछिल्लो समय यस विषय प्रति राम्रो आकर्षण छ । नयाँ पुस्ताले रुचाएको विषय मध्य ल्याव पनि एउटा रहेको छ । रोजगारी, स्वरोजगारी वैदेशिक अध्ययन तथा रोजगारी सवैमा ल्याव टेक्निसियनको माग राम्रो छ, त्यस कारण पनि आकर्षण छ ।
ल्याव शिक्षा कस्तो हो ?
एकदम महत्वपूर्ण शिक्षा हे । रोगको पहिचानको महत्वपूर्ण खुड्किलो भनेकै ल्याव हो ।
सिएमएलटी पढ्न पछि के–के गर्न पाइन्छ ?
रुटिन टेष्ट मृगौला कलेजो, सुगर जाँच लगायतका डाइग्नोष्टिक कार्य गर्न मिल्छ । यो स्वरोजगार जन्य व्यवसाय भएकोले यस तर्फ नागरिकको आकर्षण वढि देखिएको छ ।
नव आगन्तुक विद्यार्थीहरुलाई के सन्देश दिनुहुन्छ ?
कहिल्यै पुरानो नहुने शिक्षा । जन उपयोगी, जीवन उपयोगी शिक्षा । अस्पताल क्लिनिक, रिसर्च सेन्टर, लोकसेवा जता पनी मार्ग प्रशस्त भएकोले समयमै मेल्याटे पढेर ढुक्क हुन आग्रह गर्दछु ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: