जन अस्वीकृत नेतालाई प्रधानमन्त्री बनाउन संविधान संसोधन गर्दै नेकपा

सराङकोट न्यूज
26 February, 2020 9:07 am
Advertisements
Advertisements

जुत्ता सानो भए खुट्टा काट्ने प्रवृत्ति नेपालको सत्ताधारी दल नेकपामा हावि भएको छ । जनताको वहुदलिय जनवादको नारा घोेकेर स्थापित भएको नेकपा एमाले र जनसंघर्ष बाट सत्ताको भ¥याङ हासिल गरेको नेकपा माओवादी दुवै दल मिलेर अहिले नेकपामा रुपान्तरण भएको छन् ।
यि दुवै र हाल एउटै भएको दलको मुख्य केन्द्र जनतालाई नै मानिएको देखिन्छ हाल भोग गरिरहेको सत्ताको आधार पनि सार्वभौम जनता नै हुन तर नेकपाले जनताको अस्तित्वलाई अपमान गर्ने जमर्को गरेको छ । लोकतन्त्रमा सर्वाधिकार सम्पन्न जनतालाई तिरस्कार गरेर मनोमानी गर्ने प्रयास गरेका छ । त्यसप्रति आम नागरिकलाई संशकित तुल्याएको छ ।
व्यक्तिको लागि संविधान सच्चाउने खोजिदैछ । यति ग्रुपलाई राज्यको अरवौंको सार्वजनिक, सरकारी सम्पत्ति जिम्मा लगाउन कानूननै सच्चाएको थियो । ६ वर्ष सम्झौताको म्याद वाँकी रहँदै यति समूहलाई सरकारी जग्गा न्यून मूल्यमा दिन कानून नै सच्चाए र सरकारले देश र जनहित विपरित कार्य गरेको छ ।
पछिल्लो पटक अर्को डर लाग्दो प्रकरणको श्रृंंखला सुरु गरिएको छ । निर्वाचनमा पराजित भएका वामदेव गौतमलाई सत्तामा लैजान संविधान संसोधन तयारी गरिएको पार्टी निकट श्रोतले दावी गरेको छ । पुष २३ गते गौतम निवास भैसीपाटीमा अध्यक्ष प्रचण्ड सहितका हाइकमाण्डको वैठक वसेर यस्तो तयारी भएको थियो । हाल उपाध्यक्ष रहेका वामदेव गौतम आफ्नै गृहजिल्ला वर्दियामा कांग्रेसका उम्मेद्वार संजय गौतम सँग पराजित भएका थिए । आफ्नै गृहजिल्लामा जन अस्वीकृत नेतालाई राष्ट्रिय सभामा तानेर प्रधानमन्त्री बनाउने खेल सुरु भएको छ । वामदेव गौतमलाई यस अघि पनि रामविर मानन्धरलाई पदवाट शहिद वनाएर गौतमलाई प्रति निधि सभामै लैजाने कुरा उठेको थियो । निर्वाचनमै फेस हुनु पर्ने भएपछि वामदेव धरापमा पर्ने अवस्थावाट वाल वाल वचेका थिए । रोल्पा डोल्पा र कास्की २ मा समेत वामदेवलाई उठाउन खोजिएको थियो । गृहजिल्ला मै निर्लज्ज घर व्यहोरे पछि मनोवैज्ञानिक रुपमै हारेका वामदेव गौतम चुनावै नलडी सत्तामा पुग्ने दाउमा रहेका छन् । उनले प्रचण्ड कमरेडलाई विश्वासमा लिइसकेको स्रोतले दावी गरेको छ । तर वामदेव हामी भए भने उनि भन्दा माथिका नेताहरु झलनाथ, माधव नेपालको अवसर गुम्न सक्ने अवस्थालाई पनि सोचनिय वनाएको छ ।
नेपालको अहिलसम्मको विधि अनुसार प्रतिनिधि सभाबाट निर्वाचित भएका सदस्य मात्र प्रधानमन्त्री वन्न पाउने व्यवस्था छ । यसलाई काटेर अव राष्ट्रिय सभाका सदस्य पनि प्रतिनिधि सभा सो सरह हुने र प्रधानमन्त्री सम्म बन्न सक्ने गरी संविधान संसोधन गरिने तयारी नकेपाले गरेको छ यो प्रकरणमा पार्टी भित्रै विरोध वल्झिएको छ ।
प्र.म. ओलीका सर्वप्रिय पात्र गोकुल वास्कोटा राज्यकोषबाट कमिशन कुम्ल्याउने दाउमा लागेर व्रम्हलुट गरिरहँदा काभ्रेमा पुगेर उनै गोकुलको अस्वभाविक प्रशंसा गरेका थिए । उनको प्रशंसा भित्र पनि जाल झेल र कुटलिता रहेको पुष्टि हुन आएको छ । १ महिना पहिला थाहा भएर पनि मौन वसेका ओलीलाई अहिले निर्लज्ज भएर पुत्र समानका गोकुललाई घोक्र्याक लगाउन वाध्य भएका छन् । अव वामदेवलाई फेरि काँधमा वोकेर हिड्ने कार्य सुरु भएको छ ।
व्यक्तिवादी सोचका कारण नेकपा भित्रकै इमान्दार कार्यकर्ता पछि परेका छन् । विधिको साशनको धज्जी उडेको छ । विधिमा जनता भन्दा ठूलो र कानून भन्दा माथि कोही हुदैनन् तर यो सरकार वनेको दुई वर्ष सम्म भित्र कानूनी भन्दा मनोमानी साशन वढेको तितोसत्य नै वनेको छ । निष्ठा भन्दा अभिष्ट पुरा गर्ने प्रवृत्ति हावी भइरहँदा इमान्दार कार्यकर्ताहरु पाखा लाग्दै गएका छन् । संगठनमा पद्दति नभएकै कारण चाकडी वाज हावी हुने अवस्था आएको छ ।
संविधाननै फेरेर वामदेव गौतमलाई किन काखी च्याप्ने भन्ने कुरा नेकपाकै कार्यकर्ताको लागि रहस्यमय कुरो वनेको छ । आफ्नै घरमा हारेका हरु देशमा कसरी जित्छन् पात्रको प्रवृत्ति नै शंकाको घेरामा चाहे वामदेव हुन वा प्रचण्ड केपी ओली हुन या झलनाथ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: