टेण्डर विनै हेमजामा खानी संचालन, अख्तियारले थाल्यो छानविन

सराङकोट न्यूज
4 March, 2020 4:29 pm
Advertisements
Advertisements

पोखरा महानगरपालिका वडा नं. २५ स्थित सुइखेतमा रहेको वालुवा खानी विना टेण्डर संचालन गर्ने क्रममा आर्थिक अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । महानगर पालिकाले टेण्डर नै नगरी ३० लाख मूल्य वरावरको ढुंगा, गिट्टि, वालुवा उत्खनन् गर्दा वडाले नै राजस्व संकलन गरी राजस्व रसिद हराएको भन्दै साढे दुई लाख मात्र राजस्व खातामा जम्मा गरी वाँकी रकम मिलेमतोमा भ्रष्टाचार गरेको उजुरी अख्तियार मा परेपछि उक्त प्रकरण अख्तियारले छानविन अगाडि वढाएको खवर प्राप्त भएको छ ।
अख्तियारले सुइखेत घाट खानी संचालन समवन्धमा भएको यथार्थ विवरण पोखरा महानगर पालिका सँग माग गरेको छ । अख्तियार कार्यालय पोखराले चालु आ.व. र विगत आ.व.मा विना टेण्डर गिट्टि वालुवा उत्खनन् गरेको हो वा होइन राजस्व खातामा के कति रकम जम्मा गरिएको हो भन्ने विषयमा स्पष्ट राय प्रतिकृयाको साथै उक्त कार्य सँग सम्वन्धित सवै कागज पत्र ३ दिन भित्र झिकाउन पत्राचार गरेको छ ।
यस्तै पोखरा २५ हेमजाको सहश्र धारा घाट को सम्वन्धमा पनि अख्तियारले पोखरा महानगर सँग राय सहितको प्रतिकया माग गरेको छ । महानगरले उक्त घाट खानीको टेण्डर सूचना प्रकाशित गरेतापनि म्याद भित्र टेण्डर नपरेको भन्दै राजस्व परामर्श समितिको निर्णयलाई हवाला दिएर मिति २०७६÷६÷१६ गते साविक हेमजा गाविस वार्ड नं. १ र २ को कि.नं. ८१५, ८१६ र ४१ लगायतका कित्ताका जग्गा धनी रामचन्द्र थापाको नाममा २०७७ असार मसान्त सम्मका लागि कार्यदेश जारी गरेको थियो । उक्त अवधि सम्म का लागि १४ लाख २४ हजार ६९६ रोयल्टी राजस्व असुल गरेको थियो । यता महानगर आफैले दिएको ठेक्का रद्ध गर्ने तयारीमा लागेको छ । तोकिएको अवधि नसकिदै ठेक्का रद्द गरिए आफू न्यायको ढोका ढक्काउन वाध्य हुने रामचन्द्र थापाले बताए ।
अख्तियारले सहश्रधारा खानीको सम्वन्धमा पनि विस्तृत विवरण सहित स्थलगत अवस्था माग गरेको छ । उक्त घाट ठेक्का खोल्नु अगाडि महानगरका प्राविधिक सहितको टोलीले स्थलगत अनुगमन र प्रतिवेदन समेत दिएको दावी गरेको छ । उक्त कित्ताका जग्गा व्यक्तिगत हो वा होइन भनि एकिन गर्न अख्तियारको टोली स्वयम्ले स्थलगत अध्ययन गरेर सत्य तथ्य विवरण वाहिर आउने अपेक्षा गरिएको छ ।

२७ लाख अझै गायव

वालुवा खानीको ठेक्का वापत मिर कन्स्ट्रक्सनले दिनु पर्ने ३० लाख रुपैयाँ वाट ३ लाख मात्र रकम जम्मा गरी २७ लाख रुपैयाँ गायव भएको प्रकरण अझै सुल्झिएको छैन । महानगरको मुक्तिनाथ विकास वैंकको खातामा जम्मा हुने गरी दाखिला भएको सेवा ग्राहीको ३० लाखको चेकवाट ३ लाख मात्र क्लियरिङ गर्ने माछापुच्छ«े वैकको लापरवाहीको कारण पोखरा महानगरपालिकाले २७ लाख रुपैया २०७६ श्रावण देखि गुमाएको छ ।
२७ लाख रकम घोटाला काण्डमा संलग्न मुक्तिनाथ विकास वैंक र माछापुच्छ«े वैंकलाई अझ सम्म उन्मुक्ति मिलिरहेको छ । महानगरले १५ दिन अघि २४ घण्टे पत्राचार गरेर सोको वोधार्थ राष्ट्र वैंक जिल्ला प्रशासनलाई दिदा सम्म आज सम्म कुनै रकम जम्मा हुन आएको छैन ।
महानगरको रकम हिनामिना प्रकरणमा अख्तियारले छानविन गर्न जरुरी रहेको महानगर कै कर्मचारीले भन्दै आएका छन् तर यस वारेमा अख्तियार मौन रहेको फाइदा उठाएर रकम गायव गर्ने तत्वलई उन्मुक्ती प्रदान गरेको छ । यस्ता यावव रकमको अंक ठूलो हुनसक्ने जानकारहरु आशंका व्यक्त गरेका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: