सामुदायिक विद्यालयमा महानगरको हस्तक्षेप

सराङकोट न्यूज
4 March, 2020 6:59 pm
Advertisements
Advertisements

पोखरा १ टुडिखेलमा रहेको राष्ट्रिय मा.वि.को स्वामित्व मा रहेको साविक वालज्योती प्रा.वि.को भवनमा वडा कार्यालय सार्न भन्दै सुरक्षा दलवल सहित हस्तक्षेपको प्रयास गरिएको छ । फागुन १४ गते वुधवार विद्यालय वन्द भएको दिन पोखरा महानगरपालिका वार्ड नं. १ को पहलमा नगर प्रहरी, जनपद प्रहरी सहित विदालय परिसर प्रवेश गरी घन र खन्ती प्रयोग गरी विद्यालय कोठाको ताल्चा तोड्ने कार्य गरिएको थियो । ताल्चा फुटाउने र विद्यालयको भवन र जग्गा हस्तक्षेप गर्ने कार्यको विरुद्धमा विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीले प्रतिकारमा उत्रिएपछि केहि वेर त्यहाँ तनाव सिर्जना गराएको थियो ।
पोखरा महानगर कार्यपालिका २९ औं कार्यपालिका वैठकले निर्णय गरी राष्ट्रिय मा.वि. को नाममा रहेको स्कुल भवन र जग्गामा वार्ड नं. १ को कार्यालय सार्ने तयारी गरिएको थियो । साविक वाल ज्योती प्रा.वि. को भवन र जग्गा तत्कालिन जिल्ला शिक्षा समितिको मिति २०७३/०४/३२ को निर्णय अनुसार राष्ट्रिय मा.वि. लाई हस्तान्तरण गरिएको थियो । विद्यालयको स्वामित्व रहने गरी हस्तान्तरण गरिएको उक्त विद्यालयको चल, अचल, भौतिक, नगदी जिन्सी सामग्री सहितको संरक्षण सम्वर्धन र उपयोग गर्न स्पष्ट निर्देशन दिइको थियो । जिल्ला शिक्षा कार्यालय कास्कीको च.नं. ३३४ मिति २०७३/६/१० को पत्र वाट त्यस्तो निर्देशन जारी गरिएपछि वालज्योती प्रा.वि. राष्ट्रिय मा.वि. समायोजन भएको थिया ।
यतिखेर उक्त विद्यालयमा स्थानिय सरकारको आँखा लागेको छ । संघियता कार्यान्वयन पछि मा.वि. तहसम्मको विद्यालय महानगर पालिका मातहत रहेको भन्दै पोखरा महानगर पालिकाले सामुदायिक विद्यालयको जग्गा र भवनमा वडा कार्यालय राख्न जोडवल गरेको छ । विद्यालयको व्यवस्थापकीय दायित्व स्थानिय सरकारको भएपनि घर जग्गा नै हड्प्ने कार्य कानून सम्मत नहुने कानून विदहरु वताउँछन् ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख उप सचिव गंगा वहादुर गुरुङ पनि सरकारी विद्यालयको जग्गा र भवन अरु कार्यालयलाई दिन नमिल्ने वताउँछन् विद्यालयले पनि सरकारी जग्गा दिन निर्णय गर्न नमिल्ने गुरुङले वताए ।
विद्यालयले उक्त स्थानमा नयाँ शैक्षिक सत्र बाट थप कक्षा संचालन गर्ने तयारी गरेको वताइरहँदा वडाले हस्तक्षेप गर्न खोज्नुले विवाद विजारोपण भएको छ । आफै वडा शिक्षा समितिको अध्यक्ष रहने वडा अध्यक्षले सल्लाह सहमती र सहकार्य समेत नगरी चावी फोरेर विद्यालय कव्जा गर्न खोज्नु उचित नभएको जानकारहरु वताउँछन् । राष्ट्रिय मा.वि.का प्राचार्य सूर्य तिवारी स्पष्ट कानूनी प्रकृया पुरा नगरी विद्यालयको घर जग्गा महानगरलाई दिन नसकिने बताउँछन् । हामीले कुन कानुनको कुन दफा वमोजिम विद्यालय वडालाई दिने भन्ने किटान नगरी दिनु गैह्रकानूनी कार्य हुने हुँदा यहि अवस्थामा कार्यपालिकाको ठाडो निर्णयका भरमा साविक वालज्योतीको घर जग्गा वडालाई नदिइने प्राचार्य तिवारीले वताए ।
महानगरपालिकाले नियम कानून नै नवनाई कार्यपालिकाको ठाडो निर्णयको हवाल दिएर सरकारी तथा सामुदायिक विद्यालयको सम्पत्ति कव्जा गर्दै जाने हो भने त्यसले चरम विकृति र वेथिति भित्र्याउने निश्चित छ। महानगरले संघिय कानून सँग नवाझिने गरी कानून वनाएर मात्र विद्यालयको सम्पत्तिको प्रयोग गर्न तिर कदम चाल्न जरुरी देखिन्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: