दमौलीबाट नक्कली खुकुरी रम वरामद

सराङकोट न्यूज
12 March, 2020 9:58 am
Advertisements

तनहुँ प्रहरीको सहयोगमा आन्तरिक राजस्व कार्यालय दमौलीले नक्कली खुकुरी रम वराम गरी थप अनुसन्धान गरिरहेको छ । फागुन दोस्रो हप्ता तनहुँको व्यास नगरपालिका ४ स्थित तनहुँ वाइन सपबाट ८ कार्टुन (३८४ वोतल) क्वाटर साइजका खुकुरी रम वरामद गरेको थियो । वाइन सपका संचालक श्रीराम खनाललाई तनहुँ प्रहरीको हिरासतमा राखिएको छ भने राजस्व कार्यालय दमौलीले थप अनुसन्धान गरिरहेको वुझिएको छ।
यस्तै दमौली कै एक रेष्टुरेण्टवाट ३० वटा नक्कली खुकुरी रमका क्वाटर वोतल पनि वरामद गरिएको थियो । राजस्वको स्टिर समेत नभएका ति रक्सी फालिएका वोतल जम्मा पारे अखाद्य रक्सी भरेर विक्री गरिरहेको पाइएको थियो । कवाडीवाट संकलित खुकुरी रमका खाली वोतलमा नक्कली रक्सी भरेर ठूलो अवैध धन्दा गरिरहेको गिरोह सम्म पुग्न राजस्व कार्यालय तनहुँले छानविनलाई लम्व्याएको वुझिन आएको छ ।
सक्कली खुकुरी रमको व्यापारमा रहस्यमयी ढंगले मन्दी आएपछि डिलरले नक्कली रक्सी वनाएर कारोवार गरिएको आशंकामा सुराकी लगाएको र शंकास्पद रम विक्री भइरहेको स्थान पहिल्याएर राजस्व कार्यालय र प्रहरीसँग समन्वय गरी तनहुँ वाइन सपमा छापा छानिएको थियो ।
यस्ता अखाद्य र अवैध स्टिकर लगाइएका रक्सी, मदिराले राजस्व ठगि र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने हुँदा मदिरा पारखीहरु र राज्य पक्ष सवैले सोच्न जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: