बोर्डर सिल गर्न ढिलाई हुँदा नेपालमा उच्च जोखिम

सराङकोट न्यूज
24 March, 2020 9:45 am
Advertisements
Advertisements

सन् २०१९ ले कोरोना भाइरस उत्पादन गरेर विदा लियो । चीनको वुहानवाट सुरु भएको कोरोनाले आजसम्म १८० वढि देशमा आफ्नो साम्राज्य विस्तार गरेको छ । सुरुमा चीनमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण हावाको वेगमा फैलिएको छ । युरोप अमेरिका समेतलाई तहस नहस वताएको कोरोना दक्षिण एसियाली राष्ट्रहरु पाकिस्तान, श्रीलंका, वंगलादेश र भारतमा समेत व्यापक रुप लिइसकेको छ ।
नेपाललाई धेरै पाटोबाट उच्च जोखिम रहेको छ । भारत र चीनका खुल्ला सिमाना रहेका कारण हजारौं मान्छेहरु नेपाल प्रवेश गरेका छन्। २५ जना भन्दा वढि भिडभाड नगर्न निर्देशन जारी गरेको नेपाल सरकारले २५ हजार मान्छे खचाखच लाइन लागेर नेपाल छिर्दा मुकदर्शक भएर हेरिरहेछ । वीरगंज नाका, गड्डा चौकी नाका, रुपैडिया नाका जोगमनी, वेलहिया नाकावाट हजारौंको संख्यामा नेपाली, भारतीय र चाइनिजहरु नेपाल छिरेका छन् ।
चैत्रको ९ गतेसम्म भारतका यि ठूला नाकावाट जनताले कति कोरोना भित्र्याए भन्ने वारेमा राज्य वेखवर रहेको छ । हेल्थ डेस्क हात्तीको देखाउने दाँतमात्र भएको देख्न सकिन्छ तापक्रम नापेर खुल्ला प्रवेश अनुमती दिने राज्यको निकायले कोरोना संक्रमणको गंभिर्यतालाई मूल्यांकन गर्न सकेको छैन यो राज्यको निकम्वा पन सिवाय केहि हुन सक्दैन ।
वेला घर्कि सकेपछि मात्र आँखा खुलाउने नेपाल सरकारको पुरानो शैलीमा केहि अन्तर र परिवर्तन आएको छैन । खुल्ला नाकावाट नेपाल हिडेकाहरुको अवस्था के छ भन्ने वारेमा राज्य प्रशासन उदासिन रहेको छ ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले ७ गते साँझ राष्ट्रको नाममा दिइएको सन्देशमा नेपालसँग सिमाना जोडिएका नाकाहरु सिल गर्ने निर्णयको अपेक्षा गरिएको थियो तर प्रधानमन्त्रीबाट त्यस्तो निर्णय आएन प्रधानमन्त्रीको संवोधनले भारतमा रहेका नेपालीलाई स्वदेश फर्कन् संकेत दियो ।
भारतमा कोरोनाबाट ६ जनाको ज्यान लिइसकेको छ । हजारौंमा संक्रमण फैलिएको छ । भारतमा कोरोनाको त्रासदीका कारण स्वयम् भारतीय नागरिक नै त्रासमा छन् उनिहरु लर्को लाएर नेपाल छिरिरहेका छन् यसवाट आम नेपालीहरुलाई थप जोखिममा डुवाएको छ ।
नेपाल सरकारले कोरोनालाई आफ्नो विवके वुद्धि र वर्कतले भन्दा पनि विश्व स्वास्थ्य संगठन लगायतका दाता राष्ट्रको दवावमा कोरोना संक्रमण विरुद्ध वोल्न थालेको छ । विदेशी जहाजहरुमा प्रतिवन्ध लागउन भाका दिएको छ । रोगले कुन रुप लिन सक्छ भन्ने वारेमा कसैले आंकलन गर्न नसकेको अवस्था छ । कति खेर भयावह अवस्था आउने हो थाहा छैन । यथार्थमा राज्यले कुनै ठोस तयारी समेत गर्न सकेको छैन ।
सिंहदरवार र वालुवाटारवाट गरिएको वैठक र घोषणालाई कार्यान्वयनमा ल्याउन समेत आलटाल भइरहेको छ । रोग लागि हालेमा उपचारमा खटिने डाक्टरलाई दिइने सुरक्षा कवज पिपिइ सेट र सुरक्षित मास्क समेत उपलव्ध गराइएको छैन । वरिष्ठ चिकित्सकहरु आफ्नो जीवन दाउमा राखेर उपचार गर्न नसकिने घोषणा गर्न थालेका छन् ।
कोरोनाबाट जोगिन अरवौं रुपैया वजेट छुट्याइएको छ तर लक्षित ठाउँमा वजेटले प्रभावकारी काम गर्न सकेको छैन । सरकारको यो निरिहता, निर्लज्जता कहिले सम्म । निति नियम तत्काल वनाउन सक्ने सरकारको हैसियत भएर पनि गति लिन सकेको छैन । रोगी प्रधानमन्त्री भएको नेपाल सरकारले अपेक्षाकृत उच्च सकृयता नपाउनु पनि सामान्य मान्न पर्ने अवस्था रहेको छ ।
कोरोनाको कहरले त्रस्त छ विश्व, त्रस्त छ नेपाल, त्रस्त छौ हामी आम जनता । कतिखेर कसलाई कहाँ के हुने हो भन्ने वारेमा अन्यौल छ अवस्था । देशभित्रै वन्धक हुनु सामान्य कुरा हो अव प्रदेश जिल्ला स्थानीय तह वडा टोल हुदै घरमै वन्धक हुन पर्ने दिनको प्रतिक्षमा वाच्नु पर्ने अवस्था नजिक हुँदै गएको छ । राज्यले वोल्ड निर्णय लिनु पर्ने यो अन्तिम मौका वनेको छ । असावधानिका कारण जनताले ठूलो क्षति वेहोर्नु प¥यो भने त्यसको परिणाम र जिम्मेवारी राज्यको हुनेछ । यो कहर जहर वन्न नपरोस् सरकार जनताप्रति वेला छदै उत्तरदायी र उचित कदम उठाओस्।
सोमबारमात्रै गण्डकी प्रदेश लगायतका भारतसँग सिमा जोडिएको विभिन्न प्रदेशले नाका लक गरेका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: