३ नं. वडा कार्यालय अगाडि मापदण्ड विपरित घर

सराङकोट न्यूज
24 March, 2020 9:51 am
Advertisements
Advertisements

अधिकार सम्पन्न भनिएका स्थानिय तहका सरकारका प्रतिनिधि कानून कार्यान्वयनमा व्यक्ति परस्त कदम चाल्ने गरेका छन्। आफैले बनाएका कानून कार्यान्वयनमा तजविजी अधिकार प्रयोग गरेर कसैलाई काखा कसैलाई पाखा गर्ने गरेको पाइएको छ ।
पोखरा महानगरपालिकाले आफैले जारी गरेको घर निर्माण सम्वन्धि मापदण्ड आफैले उल्लंघन गर्दै आएको छ भने नागरिकको काम पनि अनुहार हेरेर निर्णय गर्ने, कारवाही गर्नेलाई पुरस्कृत गर्ने र पुरस्कृत गर्नेलाई हैरानी गर्ने घटना नयाँ हैन । धेरै जसो घटनाहरु थाहा नपाए झै गर्ने र कतिपय घटनाहरु खोजेर हैरान पार्ने गरिएको छ । यस्ता उदाशिनताका कारण कतिपय संवेदनशिल विषयहरु ओझेल परेका छन् । संयौ प्रकरणहरुमा कानून मिचिएका छन् ।
पोखरा महानगरपालिका वडा नं. ३ कार्यालयको ढोकै अगाडि नक्सा पास नगरी सडकको मापदण्ड मिचेर ढलान घर निर्माण भइरहेको छ । तर नियमन गर्नु पर्ने वडा अध्यक्ष आफै संरक्षण गरेर अनियमित कामलाई संरक्षण गर्दै आएका छन् । वडा अध्यक्ष रविन्द्र बहादुर प्रजुलाई सडकको मापदण्ड मिचेर नक्सा पास समेत नगरी भवन निर्माण भइरहेको वारे ध्यानाकर्षण गराउँदा त्यो कारवाही महानगरले गर्नु पर्ने हो भन्दै निरिहता व्यक्त गरे । केहि हप्ता अघि सोही निर्माण कार्य वडा अध्यक्ष प्रजु आफैले रोकेको वताएका थिए ।
फलामको मोटो विम पिल्लर राखेर ढलान गरिएको घर बनिरहेको उक्त सडकको मापदण्ड केन्द्रबाट १५ फिट टपमा लाग्ने पोखरा महानगरका एक प्राविधिकले वताए । १ सय मिटर लामो उक्त सडकमा गैह्रकानूनी ढंगबाट वनिरहेको उक्त घर बनाउन वडा नं. ३ कार्यालयले के आधारमा मौन स्वीकृति प्रदान ग¥यो र अरु निर्माण हुने संरचनामा कस्तो निति लिन्छ त्यो भने खोजीको विषय वनेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: