नेपालमा चौथो व्यक्तिमा देखियो कोरोना संक्रमण

सराङकोट न्यूज
27 March, 2020 7:31 pm
Advertisements
Advertisements

नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एकलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। उनी दुबईबाट आएका प्रवक्ता देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा थप एक जनामा कोभिड- १९ रोग पोजेटिभ रिपोर्ट आएको छ,’उनले भने।  ‘हामीले उहाँको विस्तृत विवरण संकलन गर्दैछौं। उहाँ उपचारको लागि २४ मार्चमा (गत ११ गते) भर्ना भएका हुनुभएको थियो’,उनले भने,‘आज रिपोर्ट आएको हो,’उनले थप भने।

यो उपत्यका बाहिर देखिएको पहिलो केस हो। यसअघि तीन जनामा संक्रमण देखिएको छ। जसमध्ये एक जना निको भएर फर्किएका छन् भने दुई जनाको शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा उपचार भइरहेको छ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: