कोरोना (COVID-19) को उच्च जोखिम बन्दै कास्कीकोट

पदम श्रेष्ठ
28 March, 2020 6:36 pm

पोखरा महानगरपालिका २४ कास्कीकोट कोरोना (कोभिड–१९) को उच्च जोखिममा रहेको छ। देश ५ दिन देखि लकडाउन को अवस्थामा छ। यस्तो अवस्थामा कुनै १ जनामा मात्र कोरोना (कोभिड–१९) को संक्रमण भएमा सिंगो गाउँलाई नै असर पार्ने देखिएको छ।
बोरिङको खानेपानी करिब ५–६ दिनबाट विग्रदा वडा नं। २४ का स्थानीयले खानेपानीको जोहो गर्न स्माली चर्तुघाटको पुरानो पँधेरो, रोटे लगायत काली पँधेरोमामा पानी लिन जानु परेको छ।
करिब २०० घरको धारामा खानेपानीको हाहाकार मचिदा सिंगो गाउँ नै त्रसित अवस्थामा परेको छ । स्थानियले पहिलेदेखिनै प्रयोग गरेको खानेपानी पाउदुर मरैचे खानेपानी बिगत ९ महिना देखि कास्की नाडडाँडामा बिग्रिराखेको छ। नयाँ ३ वटा वोरिङको मोटर विग्रिएपछि गाउलेहरु नै खानेपानीको थप समस्या झेल्दै आएका छन्। करिब ३–४ किलोमिटरको दुरी पार गरी आएका एक स्थानीयले भन्छन्। “सरकार भिडभाड नगर्नु भनेपनि जोखिम मोलेर पानी लिन पुरानो पँधेरोमा आएको हो ।”
पुरानो पँधेरोमा पानी लिन जाँदा करिब ५०–६० जना भन्दा बढी पानी लिनको लागी भीड भएको देख्न पाइन्छ। भने विहान र वेलुकाको समयमा त्यो भन्दा पनि बढी मानिसहरु पानि लिन आउने गरेको स्थानीयहरु बताउछन्। भने खानेपानी प्राविधिक चक्र बस्ताकोटी १ घण्टाको पैदल यात्राबाट आफूले पानी ल्याउएको बताएका थिए।
पानी लिन आउँदा स्थानीयहरु न माक्सको प्रयोग हुन्छ न सामाजिक दुरीको नै। लाग्छ कुनै मेला हेर्न आएको जस्तो गरी साना दुधेबालक देखि बृद्ध सम्म नै पानीको लागि गेलिन र गाग्री बोकेर दैनिकी टालीरहेका छन्। यस्तो अवस्थामा स्थानीय सरकारले उचित कदम नउठाउने हो भने यसले ठूलै भय निम्ताउन नसक्ला भन्न सकिन्न।

यस विषयमा वडा नं। २४ का वडाध्यक्ष ओम प्रकाश सुवेदी सँग कुराकानी गर्दा ३ वटा मौला वोरिङ सञ्चालन बाट १७५ घरमा १ घर १ धारा जोडिएको भएतापनि मोटरको पाता विग्रिएर बनाउँदा समेत नबनेको हुँदा पुन मोटरनै बनाउनुपर्ने र मोटर ८० मिटर तल भएको हुँदा समस्या आएको बताएका छन् र लकडाउनको प्रभावले गर्दा दक्ष प्राविधिक र मोटर इक्युपमेन्ट ल्याउनमा समस्या भएको जानकारी गराएका थिए। यस समस्या समाधानको लागि आफू तत्पर लागि परेको र १–२ दिनमा नै पानीको समस्या समाधान गरी प्रत्येक धारामा पानी आउने बताएका छन्।
विभिन्न मितिमा स्वदेश तथा विदेशबाट कास्कीकोटमा आएकाहरुलाई सुरक्षित क्वारेन्टाइलमा नराखिएको हुँदा कास्कीकोटमा थप जोखिम निम्त्याएको भन्दै स्थानीयहरु त्रास व्यक्त गरेका छन्।

Advertisements

यो समाचार तयार पार्दा सम्म नेपालमा ५ जना कोरोना संक्रमण देखिएको छ भने १ जनाको उपचार पश्चात निको भई घर फर्किसकेका छन् भने विश्वमा ६ लाख जना भन्दा बढी मानिसमा संक्रमण देखिएको छ भने २७ हजार जना भन्दा बढी मानिसको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: