कोभिड–१९ परीक्षण गर्ने पिसिआर मेसिन आयो तर परीक्षण स्थल र जनशक्ति विवादमा

सराङकोट न्यूज
1 April, 2020 9:37 am
Advertisements

यदुनाथ बञ्जारा

नेपाल सरकारले गण्डकी प्रदेशलाई पठाउनुपर्ने पिसिआर मेसिन नपठाएको भन्दै सर्वत्र विरोध भएपछि सानो पिसिआर मेसिन पठाएर झारा टारेको छ । चैत्र १८ गते विहान आएको मेसिन कहाँ जडान गर्ने भन्ने विषयमा स्पष्ट कुरा नमिल्दा नमिल्दै अन्य प्रयोगशाला भएकै भवनको भाइरल लोड मेसिन रहेको कोठामा कोभिड–१९ जाँच्ने पिसिआर मेसिन जडान गरिएको छ ।
हाल पिसिआर मेसिन जडान गरिएको ठाउँ क्षेत्रीय अस्पतालको प्रयोगशाला हो । उक्त स्थानमा पिसिआर मेसिनबाट ल्याव परीक्षण सुरु गरिएपछि त्यस विल्डिङमा हाल संचालनमा रहेका अन्य सवैखाले ल्यावको सेवा वन्द हुने र त्यसवाट हजारौं विरामीहरु प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।
कोभिड–१९ को संक्रमण भएको ३ महिना हुँदासम्म सरकारले ल्याव परीक्षण गर्ने एउटा नेगेटिभ प्रेसर जडित कोठाको व्यवस्था समेत गर्न नसक्नुले नेपालको सावधानीको स्तर कति तल रहेको छ भन्ने स्पष्ट हुन्छ।
कमन हलमा कोभिड–१९ को परीक्षण गरिनुले थप जोखिम निम्त्याएको छ । प्रदेश सरकारले प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेपछि कोभिड परीक्षण ल्यावको व्यवस्थित गर्न सकेको छैन। प्रदेश ल्याव प्रमुख सपना सुवेदी लेकोभिड परीक्षण गर्ने स्थलमा अन्य ल्यावको काम गर्न नहुने वताउँछिन् तर विकल्प दिने वारे आफूले केहि बताउन चाहिनन् ।

पिपिइ र दक्ष जनशक्ति पनि छैनन्

कोभिड १९ परीक्षणका लागि स्याम्पल कलेक्सन सवैभन्दा वढि जोखिम मानिन्छ तर उनिहरुलाई १ जना वाहेक कसैलाई पिपिइ तालिम दिइएको छैन । अन्य प्रयोगशालामा कार्यरतहरुलाई तालिम दिएर कार्यस्थलमा पठाउनु पर्नेमा तालिम नै नलिएकालाई फ्रन्टलाइनमा खटाउने गरी काम अगाडि बढाइएको भन्दै ल्याव प्राविधिकहरुले गुनासो गरेका छन् । न हामीलाई तालिम, न पिपिइ र मास्क नै कसरी काम गर्ने ? एक प्राविधिकले भने ।
प्रदेश प्रयोगशालाले तालिम दिइएका जनशक्तिलाई भने खटाइएको छैन । तालिम नलिएका हरुलाई काममा खटाउने तर तालिम प्राप्त जनशक्ति पछाडि हट्ने हो भने परीक्षणको नतिजा कस्तो अपेक्षा राख्ने ? राज्यका निकायले सोच्ने वेला भएको छ ।
विग्रेको थर्मोमिटर देखाएर विरामी जाँच्ने क्षेत्रीय अस्पताल र कच्चा जनशक्ति राखेर कोभिड परीक्षण गर्ने प्रयोगशालालाई जिम्मेवार हुन आम नागरिक तहबाट खबरदारी गरिएको छ । यहि ख्याल ख्यालको देखावटी कार्य मात्रै गर्ने हो भने नेपालले इटाली, स्पेन र अमेरिकाको नियती वेहोर्न नपर्ला भन्न सकिन्न।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: