भ्रम फैल्याउने १७ अनलाइन ब्लक, ३६ लाई स्पष्टिकरण

सराङकोट न्यूज
1 April, 2020 9:48 am

नेपाली मिडियाहरुको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालले भ्रमपूर्ण समाचार प्रकाशन गर्ने अनलाईन मिडियाहरु प्रति निगरानी बढाएको छ । नेपालका विभिन्न ठाउँबाट प्रकाशन हुँदै आएका विभिन्न नामका अनलाइन मिडियाहरुलाई कारवाही समेत गरेको छ । जसमध्ये १७ वटा अनलाइन संचारमाध्यमलाई नेपाल भित्र प्रकाशन प्रसारण हुन नसक्ने गरी व्लक गर्न दुर संचार प्राधिकरणलाई प्रेस काउन्सिल नेपालले पत्राचार गरेको छ ।
मिति २०७६ चैत्र १० गते देखि चैत्र १६ गतेसम्म एक हप्ताको अवधिमा प्रेस काउन्सिलले गरेको अनुगमनमा कोरोना भाइरस सम्वन्धि भ्रमपूर्ण खबर प्रकाशन गरेर आतंक मच्चाएको आरोप लगाइएको छ । काउन्सिलले जारी गरेको सूचना वमोजिम वेवसाइट व्लक गर्न सिफारिस भएका १७ वटा अनलाईन संचार माध्यमहरुमा (१) कास्की खवर डटकम, (२) नेपाल अनलाइर्न न्यूज डटकम लगायत रहेका छन् ।
यस्तै ३६ वटा अनलाईन संचार माध्यमहरुलाई २४ घण्टे स्पष्टिकरण सोधिएको काउन्सिलले जनाएको छ । स्पष्टिकरण आएपछि तिनिहरुलाई कस्तो कारवाही गर्ने भन्ने एकिन गरिने प्रेस काउन्सिलले वताएको छ । यो कारवाहीले संचारमा काम गर्नेहरुलाई सचेत रहन वाध्य तुल्याएको छ । पत्रकारहरुले आफ्नो मिडियालाई चर्चित वनाउन अनावश्यक र अतिरञ्जित सामग्री प्रकाशन कार्य रोकेर महासंकटबाट जोगिने उपायका बारेमा जिम्मेबार हुन जरुरी छ। आम संचार जगतले मुुलुकमा व्याप्त कोरोना संकटबाट जोगिने उपायको बारेमा भूमिका खेल्न छोडेर भ्रम फैलाउने कार्य गर्नुलाई किमार्थ राम्रो मान्न सकिदैन ।
नेपाल भित्र प्रकाशन-प्रसारण हुन नसक्ने गरी ब्लक भएका अनलाईन संचारमाध्यमहरु यसप्रकार रहेका छन् ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: