सामुदायिक भवनले निम्त्याएको विवाद

पदम श्रेष्ठ
28 April, 2020 5:22 pm

सार्वजनिक हितका खातिर निर्मित पोखरा–१६ गैह्राखोरको सामुदायिक भवनमा मृत्यु संस्कार सम्वन्धि कार्य गर्न नपाएको भन्दै स्थानिय मोहन सुनार र किरियापुत्री भवन निर्माताहरुवीच विवाद निम्तिएको छ । हेल्थपोष्ट निवासी मोहन सुनारका भाई ४९ वर्षिय सम्मर बहादुर सुनारको दुवइमा निधन भएको थियो । भाईको शव नेपाल ल्याउन सम्भव नभएपछि उतै दाह संस्कार गरिएको थियो । दाह संस्कार गरिएकै दिन वैशाख ३ गते बाट १३ दिने मृत्यु संस्कार गर्न गैह्राखोरको किरियापुत्री भवन उपलव्ध गराउन मोहन सुनारले माग गर्दा विभिन्न वहाना वनाएर भवन उपलव्ध नगराइए पछि मोहन सुनारले भाइको किरिया आफ्नै भवन वडहरबोटमै राखेर गरिरहेका छन् ।

मोहन सुनारले सार्वजनिक स्थानमा वनेका सामुदायिक भवन सवैले प्रयोग गर्न पाउनु पर्ने दावी गरिरहँदा स्थानिय डाँडाथोक र चण्डिका टोलका कतिपय व्यक्तिहरुले भने उक्त भवन सुनार परिवारलाई मृत्यु संस्कार कार्य गर्न दिन नहुने तर्क गरेको प्रतिकृया पाइएको थियो। मोहन सुनार स्वयम्ले माननीय कृष्ण थापा, कुमार खड्का, रामु जिसी, भरत थापा देखि वडा अध्यक्ष समेतलाई किरियापुत्री भवन उपलव्ध गराउन माग्दा कसैले सुनुवाई नगरेको बताए । सार्वजनिक जग्गामा महानगरको वजेट लगानी गरेर वनाइएको सामुदायिक भवन प्रयोग गर्न माग्दा आफूलाई दलित भएको कारण नदिएको सुनारले गुनासो गरेका थिए ।
यता चण्डिका टोल र डाँडाथोक टोल वासी कतिपयले मृतक सम्मर सुनारको घर वडहरवोटमा भएकोले उतै पायक पर्ने जनाएर सल्लाह दिएको विषयलाई अनर्थ आरोप लगाएको भन्दै भ्रम छरेर निहुँ नखोज्न आग्रह गरेका थिए ।
तर मोहन सुनार आफू माथि जातिय विभेद राखेर अन्यायपूर्ण व्यवहार गरेको मात्र नभई केहि व्यक्तिहरुले आक्रमणको धम्की दिएकोले आफू न्यायको लागि अदालत जाने वताउँछन् । वडा नं. १६ का अध्यक्ष जीवन आचार्य पीडित मोहन सुनारले चाहेमा दुवै पक्ष राखेर छलफल गरेर सामाजिक सद्भावका लागि सामान्जस्यता कायम गर्न सहयोग गर्ने वताउँछन्।
२१ औं शताव्दीमा हामी आम नागरिक समान व्यवहार र सहअस्तित्व स्वीकार गरेर अघि वढ्नको विकल्प नरहेको सर्वविदित हुँदा हुँदै विभिन्न विभेद र विवादमा अल्झिरहनुलाई किमार्थ राम्रो मान्न सकिदैन ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: