सुपरमार्केटमा दाल चामल वेच्ने कि रक्सी ? लकडाउनमा वढ्यो मदिरा कालोवजारी

सराङकोट न्यूज
29 April, 2020 12:18 pm
Advertisements

कोरोना महामारीवाट देश र जनतालाई वचाउन भनेर सरकारले लकडाउन गरेको छ। लकडाउनमा अत्यावश्यक सेवा वाहेक सवै सेवा काम वन्द रहन्छन् । पास लिएका र अति आवश्यक काममा वाहेक घरवाहिर निस्केर हिंड्डुल गर्न पाइदैन।
खाद्यन्न पसल, दुध, तरकारी, पशुपक्षीको दानाको पसल खोल्न कानुनले नै छुट दिएको छ । खाद्यन्न पसलमा दाल, चामल, नुन, तेल जस्ता दैनिक जीवनमा नभई नहुने खाद्य पदार्थहरु मात्र विक्री गर्नु पर्ने हो तर लकडाउनको समयमा ठूला खाद्यान्न पसल तथा डिपार्टमेन्ट स्टोर्सहरुले रक्सी, वियरको कारोवार गर्ने गरेको पाइएको छ । पोखराको भाटभटेनी सुपर स्टोस् यतिखेर मदिराको विक्री केन्द्र नै वनेको छ ।
भाटभटेनी लगायतका पोखरामा खुलेका डिपार्टमेन्ट स्टोर्सहरुले खुल्लम खुल्ला मदिरा विक्री वितरण गर्दै आएका छन्। अत्यावश्यक वस्तु खाद्यान्न किरानाको मात्र व्यापार गर्न पाएको छुटको फाइदा उठाएर लकडाउनको निति विपरित मदिरा कारोवार गरिरहेका छन्। यसरी मदिरा खरिद विक्री हुँदा त्यसले लकडाउनको उल्लंघन त भएको छ नै सामाजिक सद्भाव र पारिवारिक कलहलाई वल पु¥याएको छ ।
कास्की प्रहरी प्रवक्ता डि.एस.पि. राजकुमार केसी लकडाउनमा मदिरा वेचविखन गर्न नहुने वताउँछन् । मदिरा अत्यावश्यक वस्तु नभएकोले कुनै पसल वा डिपार्टमेन्टल स्टोर्सहरुले वेचविखन गर्न नहुने गरेमा कारवाही हुने डि.एस.पि. केसीले वताए । अव मदिरा विक्री भए नभएको वारे निगरानी गरिने पनि डिएसपी केसीले वताए । यहि मौका छोपेर कतिपय किराना पसलहरुले पनि महंगो मूल्यमा लुकिछिपी मदिरा विक्री गर्ने गरिएको भेटिएको छ । मदिरा प्रेमीहरु महंगोमा रक्सी किन्नु परेको भन्दै आएका छन् ।
जे होस् यो कोरोना महामारीले निम्त्याएको संकटको वेलामा अनियमित र असोभनिय कार्य कोही कसैले गर्न हुन्न । अत्यावश्यक वस्तु मात्र कारोवार गर्नु पर्नेहरुले मदिराको विक्री गरेमा त्यस्ता पसलहरु वन्द गर्नु नै उचित हुनेछ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: