पोखरामा ३० हजार बढिलाई राहत वितरण

सराङकोट न्यूज
6 May, 2020 10:20 am
Advertisements
Advertisements

कोरोना महामारीबाट वच्न भएको वन्दावन्दीका कारण श्रृजित खाद्य अभावका वखत पोखरा महानगरपालिकाबाट मात्र ३० हजार ७ सय पचपन्न जनालाई राहत वितरण गरिएको छ । चैत्रको तेस्रो साता पछि पोखरा महानगर पालिकाले आफ्ना ३३ वटा वडा भित्रमा उक्त संख्यामा राहत वितरण गरिएको विवरण सार्वजनिक भएको छ ।


वितरण गरिएका राहत विवरण अनुसार २७ नं. वर्डा मा सवै भन्दा वढि १९९५ जनाले राहत पाएका छन् । यस्तै दोस्रोमा ३१ नम्वर वार्डमा १९७१ जनालाई राहत वितरण गरिएको छ । भने सवभन्दा कम राहत ७ नं. वार्ड का २२४ जनाले पाए का छन् भने दोस्रो कम राहत वार्ड नं. ८ का २३० जनालाई प्रदान गरिएको छ ।
महानगरमा राहत वितरण लगभग २० हजार जनालाई गरिने आंकल गरिएको थियो मापदण्ड नाघेर राहत वितरण गरिँदा अनावश्यक संख्या थपिएको प्रष्ट हुन आउँछ । वितरित जम्मा ३०७५५ वटा प्याकेज मध्य करिव २० हजारलाई महानगरबाट र करिव १० हजार लाई विभिन्न संघ संस्था तथा वाह्य श्रोतबाट राहत वितरण गरिएको प्राप्त तंथ्यांक समाचारमा उल्लेख छ ।
वितरित राहतबाट २० हजार ६ सय ९७ घर धुरी राहत सुचिमा देखिएका छन् । जसमध्य ३ जना सम्म सदस्य रहेका ९ जना ८ सय ५४ र ३ जना भन्दा वढि सदस्य भएका परिवारको घरधुरी संख्या १० हजार ८ सय ४४ रहेका छन् । परिवार संख्याको आधारमा ३ जना सम्म भएकालाई हाफ प्याकेज रु. एक हजार वरावर र ३ जना भन्दा वढि सदस्य संख्इा भएको परिवारलाई फुल प्याकेज रु. दुई हजार वरावरको राहत दिइएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: