प्रेस युनियनद्वारा पत्रकार नेपालीमाथि गरिएको दुव्र्यवहारको निन्दा

सराङकोट न्यूज
6 May, 2020 7:16 pm

पोखरा, २४ वैशाख । नेपाल प्रेस युनियन कास्कीले पोखराका युवा पत्रकार प्रेम नेपालीमाथि प्रहरीले गरेको दुव्र्यवहारको निन्दा गरेको छ ।

समाचार सम्प्रेषणका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको परिषरमा पत्रकार नेपालीमाथि दुव्र्यवहार गरिनु प्रेसमाथिको ठाडो हस्तक्षेप भएको भन्दै त्यस्ता गतिविधि नगर्न चेतावनी दिइएको छ ।

Advertisements

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले विज्ञप्ति प्रकाशित गरी पत्रकारलाई स्वतन्त्र र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्न सक्ने वातावरण बनाउन माग गरिएको छ ।

राष्ट्रिय पत्रकारिता दिवसको पूवसन्ध्यामा पत्रकार नेपालीमाथि गरिएको दुव्र्यवहारको घटनाले सरकार पत्रकारिता क्षेत्रप्रति अझै पनि निरंकुश बन्न खोजिरहेको प्रमाणित भएकाले त्यसप्रति आपत्ति जनाइएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: